npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

गण्डकीमा निर्वाचन सुरक्षा चुस्त

इन्द्र कमल रोक्का 14 hours ago

गण्डकी। आगामी बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै गण्डकी प्रदेशका ११ जिल्लामा सुरक्षा व्यवस्था कड

उनका अनुसार शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न गराउन सुरक्षा संयन्त्र सक्रिय बनाइएको छ। सोमबारसम्म सबै मतदानस्थलमा सुरक्षाकर्मी पुगिसकेका छन्। मतदानको दिन नजिकिँदै गर्दा सुरक्षा व्यवस्थामा कुनै कमी हुन नदिन सम्बन्धित निकाय परिचालित रहेको उनले बताए। एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार सुरक्षाकर्मी परिचालन गरिएको छ।

जिल्ला कमाण्ड पोस्टसँग समन्वय गरी मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य श्रेणीमा वर्गीकरण गरिएको छ। सोहीअनुसार सुरक्षा विश्लेषण र रणनीति तयार गरिएको जनाइएको छ। प्रदेशमा ठूलो सुरक्षा चुनौती नरहेको र निगरानी नियमित रूपमा भइरहेको बताइएको छ। सोमबारदेखि मतदानस्थल केन्द्रित सुरक्षा तयारी तीव्र बनाइएको छ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक तुलबहादुर कार्कीका अनुसार सबै मतदानस्थलमा प्रहरी टोली परिचालन गरिएको छ। प्रदेशभर सात हजारभन्दा बढी नेपाल प्रहरी परिचालित छन्। शङ्कास्पद गतिविधि गर्ने व्यक्ति र समूहलाई निगरानीमा राखिएको प्रहरीले जनाएको छ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले सुरक्षा विश्लेषणका आधारमा मतदानस्थलको अनुगमन र सुरक्षा व्यवस्था सुदृढ गरिएको बताए। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी निर्वाचन सुरक्षामा खटिएका छन्।

नेपाली सेना र सशस्त्र प्रहरी बलले प्रदेशका विभिन्न निर्वाचन क्षेत्रमा सुरक्षा बेस स्थापना गरेका छन्। एक महिनाअघि नै निर्वाचन केन्द्रित सुरक्षा योजना तयार गरी कार्यान्वयनमा ल्याइएको थियो। सुरक्षा निकायले नियमित गस्ती र निगरानी बढाएका छन्।

एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार नेपाल प्रहरी मतदानस्थलको भित्री घेरामा, निर्वाचन प्रहरी पहिलो तहमा, सशस्त्र प्रहरी बल दोस्रो तहमा र नेपाली सेना बाहिरी घेरामा खटिने व्यवस्था गरिएको छ।

प्रदेशभर झण्डै २१ हजार कर्मचारी र स्वयंसेवक परिचालन गरिएको छ। १८ निर्वाचन क्षेत्रमा ३० स्वतन्त्रसहित २३४ उम्मेदवार प्रतिस्पर्धामा छन्। कुल १८ लाख ७० हजार ६५ मतदाता, एक हजार २९७ मतदानस्थल र दुई हजार ३९६ मतदान केन्द्र रहेका छन्।

Read more news from Kendrabindu

Explore by Source or Category