npl.977 Nepal News Stream

RONB post logo

RONB post

We deliver authentic information

निर्वाचन अवधिभर नेपाल–भारत आवतजावतमा रोक

RONB Post | 5 hours ago
पाँचथर । जिल्ला प्रशासन कार्यालयले भारतसँग सीमा जोडिएका स्थानमा निर्वाचन अवधिभर सीमाबाट आवतजावतमा रोक लगाएको छ । प्रशासनले फागुन १८ गते मध्यराति फागुन २१ गते मध्यरातिसम्म नेपाल–भारत सीमाक्षेत्रको आवागमनमा रोक लगाएको हो ।

आयल निगमले भन्यो– ‘इन्धन नियमित हुन्छ,अनावश्यक भण्डारण नगरौँ’

RONB Post | 6 hours ago
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न आमसर्वसाधरणमा आग्रह गरेको छ । निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले अनावश्यक भण्डारण गर्दा दुर्घटनाको जोखिमसमेत हुने भएकाले अनावश्यक भण्डारण नगर्न अनुरोध गर्दै इन्धन नियमित भइरहेको र चुनावभरि नियमित हुने जानकारी दिए ।

निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

RONB Post | 6 hours ago
काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई थप निर्देशन दिएको छ । आयोगले आजदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरण प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो । फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।

बझाङमा १८३ मतदान केन्द्रमा मतदान सामग्री र कर्मचारी खटाइयो

RONB Post | 15 hours ago
बझाङ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बझाङका अधिकांश मतदान केन्द्रमा मतदान सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी खटाइएको छ । मुख्य निर्वाचन अधिकृत सुवर्णमान बनेपालीका अनुसार जिल्लाका १८९ मतदान केन्द्र र १३७ मतदानस्थलमा आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । दुईवटा अस्थायी मतदान केन्द्रसमेत स्थापना गरिएको छ ।

रामेछापमा निर्वाचन सामग्री बोकेको गाडी दुर्घटना, एक सुरक्षाकर्मीको मृत्यु

RONB Post | 20 hours ago
काठमाडौं । रामेछापमा निर्वाचन सामग्री तथा कर्मचारी लिएर गइरहेको गाडी दुर्घटना हुँदा एक जना सुरक्षाकर्मीको मृत्यु भएको छ। सदरमुकाम मन्थलीबाट मतदान केन्द्र कालिका देवी माध्यमिक विद्यालय र देउराली माध्यमिक विद्यालयको निर्वाचन सामग्रीसहित कर्मचारी लिएर जाँदै गरेको ना ४ ख ६७६८ नम्बरको गाडी दुर्घटनामा परेको हो ।

निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन प्रधानमन्त्रीको आह्वान (पूर्णपाठ)

RONB Post | 1 day ago
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले यही फागुन २१ गते हुने निर्वाचनमा सबै मतदातालाई अनिवार्य रूपमा सहभागी हुन आह्वान गरेकी छन् । सोमबार गरेको सम्बोधनमा प्रधानमन्त्री कार्कीले चुनावको सबै तयारी पूरा भएको जनाएकी छन्। अब निर्धक्क भएर मतदानमा सहभागी हुन आह्वान गरेकी छन्।

सुनको मूल्य तोलाको ३ लाख २६ हजार नाघ्यो

RONB Post | 1 day ago
काठमाडौं । सुन र चाँदीको मूल्यमा वृद्धि देखिएको छ । अघिल्लो दिनको तुलनामा सोमबार सुनको भाउ पाँच हजार ६ सयले बढेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । आज सुन प्रतितोला ३ लाख २६ हजार १०० रुपैयाँ कायम भएको छ । आइतबार ३ लाख २० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

भारत टी-२० विश्वकपको सेमिफाइनलमा

RONB Post | 1 day ago
काठमाडौं । भारत आईसीसी पुरुष टी– २० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको सुपर ८ को अन्तिम खेलमा भारतले वेस्ट इन्डिजलाई ५ विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। कोलकातास्थित इडेन गार्डेन्समा वेस्ट इन्डिजले प्रस्तुत गरेको १९६ रनकोलक्ष्य भारतले ४ बल बाँकी रहँदा ५ विकेट गुमाउँदै पूरा गर्‍यो ।

यूएईस्थित नेपाली दूतावासको आग्रह- ‘अत्यावश्यक नभएसम्म सेवा लिन नआउनू’

RONB Post | 1 day ago
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेको नेपाली राजदूतावास अबुधाबी र नेपाली महावाणिज्यदूतावास दुबई ले अत्यावश्यक कामबाहेक दूतावासमा उपस्थित नहुन नेपालीहरूलाई आग्रह गरेको छ। दूतावासले फागुन १८ देखि २० गतेसम्म राहदानी, कागजात प्रमाणीकरण, अधिकृत वारेसनामा लगायत कन्सुलर सेवा अत्यावश्यक परे मात्र लिन आउन अनुरोध गरेको हो।

हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ फागुपूर्णिमा मनाइँदै

RONB Post | 1 day ago
काठमाडौं । फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदै छ । यो पर्व प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइन्छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व मनाउने प्राचीनकालदेखिको परम्परा छ ।

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

RONB Post | 1 day ago
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८७ पैसा तोकिएको छ ।

सुनचाँदीको मूल्य बढ्यो

RONB Post | 2 days ago
काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु पाँच हजार ६०० र चाँदी प्रतितोला रु दुई सय ४५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु तीन लाख २० हजार ५०० कायम भएको छ ।

दुर्गा प्रसाईं पक्राउ

RONB Post | 2 days ago
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्। नेपाल बन्दको आह्वान गरेपछि सार्वजनिक शान्तिविरुद्धको कसुरमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रसाईं यसअघि फागुन ४ गते पनि पक्राउ परेका थिए। सर्वोच्च अदालतको आदेशपछि फागुन १३ गते उनी जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतबाट छुटेका थिए। The post दुर्गा प्रसाईं पक्राउ appeared first on RONB post.

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

RONB Post | 2 days ago
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८७ पैसा तोकिएको छ ।

निर्वाचनका दिन यसरी मिलाइएको छ सवारी पासको व्यवस्था

RONB Post | 2 days ago
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदै छ । आयोगले सवारीसाधन सञ्चालनसम्बन्धी व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र अत्यावश्यक सेवामैत्री बनाउन सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२ अनुरुप पास आवश्यक नपर्ने उल्लेख गरेको छ ।

Explore news by Category