npl.977 Nepal News Stream

RONB post logo RONB post

झापाको चोक चोकमा बालेनलाई स्वागत गर्नेको भिड (फोटोफिचर)

RONB Post 2 days ago

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह मौन अवधिको पूर्वसन्ध्यामा आज झापामा ‘रोड शो’ गरिरहेका छन्।

शाह झापा आउने खबरसँगै बिहानैदेखि विभिन्न चोकहरूमा उनलाई स्वागत गर्न समर्थक र शुभचिन्तकहरूको ठूलो भिड लागेको छ।

झापाको प्रवेशद्वारदेखि नै उनलाई स्कर्टिङ गर्दै सयौँको संख्यामा रहेका समर्थकहरूले ‘बालेन शाह जिन्दावाद’ को नारा लगाएका थिए।

विशेषगरी युवाहरूको ठूलो उपस्थिति रहेको स्वागत कार्यक्रममा बालेनले स्थानीयबासीको माया र सद्भावलाई अभिवादन गर्दै स्वीकार गरेका थिए।

रोड शोको सुरुवात चन्द्रगढी एयरपोर्टबाट भएको हो। काँकरभिट्टा, बाहुनडाँगी, बुद्धशान्ति, जयपुर, शनिश्चरे बजार, बिर्तामोड, बिर्ताबजार, गोलधाप, बाह्रदर्शी, पृथ्वीनगर, शर्णामती, झापा गाउँपालिका र सुरुङा बजार हुँदै दमकमा पुगेर कार्यक्रम समापन हुनेछ ।

The post झापाको चोक चोकमा बालेनलाई स्वागत गर्नेको भिड (फोटोफिचर) appeared first on RONB post.

Read more news from RONB post

Explore by Source or Category