npl.977 Nepal News Stream

RONB post logo RONB post

कतार र बहराइनस्थित नेपाली दूतावासले भन्यो- ‘सुरक्षा निर्देशन पालना गर्नू’

RONB Post 2 days ago

काठमाडौं । कतारस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई कतारी सरकारद्वारा जारी सुरक्षा निर्देशन पालना गर्न अनुरोध गरेको छ।

दूतावासले पश्चिम एसियामा विकसित पछिल्लो परिस्थितिलाई दृष्टिगत गर्दै कतारमा रहेका सम्पूर्ण नेपालीलाई सतर्कता अपनाइ सुरक्षित रहन अनुरोध गरेको हो।

कतारी अधिकारीहरूले जारी गरेका सुरक्षा सल्लाह र निर्देशनको पालना गर्न, घरभित्र रहन, उचित सावधानी अपनाउन, अज्ञात स्रोतबाट आएका अफवाह र अप्रमाणित सूचनालाई विश्वास नगर्न दूतावासले अनुरोध गरेको छ।

अप्रमाणित सूचना, समाचार र ‘भिडियो क्लिप’लाई प्रेषित नगर्न, आधिकारिक घोषणा र आपत्कालीन सतर्कता सन्देश निरन्तर हेरेर त्यसको पालना गर्न तथा दूतावाससँग नियमित सम्पर्क कायम राख्न दूतावासले अनुरोध गरेको छ।

त्यस्तै बहराइनको मनामास्थित नेपाली दूतावासले त्यहाँ बस्ने सबै नेपालीहरूलाई आधिकारिक सुरक्षा निर्देशन पालना गर्न आग्रह गरेको छ । अमेरिकाले र इजरायलले शनिबार बिहान अचानक इरानमाथि संयुक्त आक्रमण गरेका थिए ।

त्यसपछि इरानले यूएई, कुवेत, कतार, साउदी अरेबिया, इराक, बहराइन, जोर्डनलगायत देशस्थित अमेरिकी सैन्य अड्डाहरूमा प्रत्याक्रमण गरेको छ ।

The post कतार र बहराइनस्थित नेपाली दूतावासले भन्यो- ‘सुरक्षा निर्देशन पालना गर्नू’ appeared first on RONB post.

Read more news from RONB post

Explore by Source or Category