RONB post
सुनको मूल्य तोलाको ३ लाख २६ हजार नाघ्यो
RONB Post
|
1 day ago
काठमाडौं । सुन र चाँदीको मूल्यमा वृद्धि देखिएको छ ।
अघिल्लो दिनको तुलनामा सोमबार सुनको भाउ पाँच हजार ६ सयले बढेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
आज सुन प्रतितोला ३ लाख २६ हजार १०० रुपैयाँ कायम भएको छ । आइतबार ३ लाख २० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदी प्रतिताेला ३५ रुपैँयाले बढेर ६ हजार २० मा खरिदबिक्री भइरहेकाे छ ।
The post सुनको मूल्य तोलाको ३ लाख २६ हजार नाघ्यो appeared first on RONB post.