npl.977 Nepal News Stream

RONB post logo RONB post

यूएईस्थित नेपाली दूतावासको आग्रह- ‘अत्यावश्यक नभएसम्म सेवा लिन नआउनू’

RONB Post 1 day ago

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेको नेपाली राजदूतावास अबुधाबी र नेपाली महावाणिज्यदूतावास दुबई ले अत्यावश्यक कामबाहेक दूतावासमा उपस्थित नहुन नेपालीहरूलाई आग्रह गरेको छ।

दूतावासले फागुन १८ देखि २० गतेसम्म राहदानी, कागजात प्रमाणीकरण, अधिकृत वारेसनामा लगायत कन्सुलर सेवा अत्यावश्यक परे मात्र लिन आउन अनुरोध गरेको हो।

यूएई सरकारका आधिकारिक निकायहरूले अत्यावश्यकबाहेक यात्रा नगर्न, सुरक्षित स्थानमा बस्न र सुरक्षा मापदण्ड पालना गर्न निर्देशन जारी गरेको स्मरण गराउँदै दूतावासले केही दिन धैर्य गर्न अनुरोध गरेको छ।

दूतावासका अनुसार, राहदानी नवीकरणका लागि मार्च २ देखि ४ भित्र अनलाइन फाराम भरिसकेका सेवाग्राहीहरूले उक्त फाराम सुरक्षित राखी परिस्थिति सहज भएपछि जुनसुकै कार्यदिनमा उपस्थित भए सेवा प्रदान गरिनेछ।

The post यूएईस्थित नेपाली दूतावासको आग्रह- ‘अत्यावश्यक नभएसम्म सेवा लिन नआउनू’ appeared first on RONB post.

Read more news from RONB post

Explore by Source or Category