npl.977 Nepal News Stream

RONB post logo RONB post

खाडी देश र इजरायलका लागि श्रम स्वीकृति स्थगित

RONB Post 2 days ago

काठमाडौं । सरकारले खाडीका देश र इजरायलका लागि श्रम स्वीकृति दिन बन्द गर्ने निर्णय गरेको छ । वैदेशिक रोजगार विभागका सूचना जारी गर्दै अर्को निर्णय नहुन्जेलसम्मका लागि उक्त देशहरुमा श्रम स्वीकृति दिन बन्द गर्ने निर्णय गरेको हो ।

यूएई, साउदी, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनन, टर्की र इजरायल जसका रहेका छन् । खाडीका देशमा उत्पन्न पछिल्लो तनावसँगै यी क्षेत्रका लागि उडानहरू पनि प्रभावित भइरहेका छन् ।

अहिले विशेष गरी खाडीका देश यूएई, कतार, साउदी, ओमान, कुवेत, बहराइनलगायत देशमा इरानले मिसाइल आक्रमण गरिरहेको छ । यी देशका विमानस्थलहरू पूर्ण रूपमा बन्द छन् । नेपालबाट यी देशमा जाने र आउने उडानहरू रद्द भएका छन् ।​​​​​​

The post खाडी देश र इजरायलका लागि श्रम स्वीकृति स्थगित appeared first on RONB post.

Read more news from RONB post

Explore by Source or Category