RONB post
भारत टी-२० विश्वकपको सेमिफाइनलमा
RONB Post
|
1 day ago
काठमाडौं । भारत आईसीसी पुरुष टी– २० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको सुपर ८ को अन्तिम खेलमा भारतले वेस्ट इन्डिजलाई ५ विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।
कोलकातास्थित इडेन गार्डेन्समा वेस्ट इन्डिजले प्रस्तुत गरेको १९६ रनकोलक्ष्य भारतले ४ बल बाँकी रहँदा ५ विकेट गुमाउँदै पूरा गर्यो ।
भारतका लागि सन्जु सामसनको ५० बलमा अविजित ९७ रन बनाएर टोलीलाई जित दिलाए। अब भारतले फाइनल प्रवेशका लागि इंग्ल्यान्डसँग खेल्नेछ भने अर्को सेमिफाइनलमा दक्षिण अफ्रिका र न्यूजील्यान्ड भिड्नेछन्।
The post भारत टी-२० विश्वकपको सेमिफाइनलमा appeared first on RONB post.