npl.977 Nepal News Stream

RONB post logo RONB post

रामेछापमा निर्वाचन सामग्री बोकेको गाडी दुर्घटना, एक सुरक्षाकर्मीको मृत्यु

RONB Post 22 hours ago

काठमाडौं । रामेछापमा निर्वाचन सामग्री तथा कर्मचारी लिएर गइरहेको गाडी दुर्घटना हुँदा एक जना सुरक्षाकर्मीको मृत्यु भएको छ।

सदरमुकाम मन्थलीबाट मतदान केन्द्र कालिका देवी माध्यमिक विद्यालय र देउराली माध्यमिक विद्यालयको निर्वाचन सामग्रीसहित कर्मचारी लिएर जाँदै गरेको ना ४ ख ६७६८ नम्बरको गाडी दुर्घटनामा परेको हो ।

सोमबार अपराह्न भएको दुर्घटनामा ६ जना घाइते भएका छन् भने तीन जना गाडीबाट हाम फालेर ज्यान जोगाउन सफल भएका छन्।

दुर्घटनामा प्रहरी सहायक निरीक्षक पर्शुराम यादवको मृत्यु भएको छ । उनको घटनास्थलमै मृत्यु भएको हो ।

The post रामेछापमा निर्वाचन सामग्री बोकेको गाडी दुर्घटना, एक सुरक्षाकर्मीको मृत्यु appeared first on RONB post.

Read more news from RONB post

Explore by Source or Category