npl.977 Nepal News Stream

RONB post logo RONB post

बझाङमा १८३ मतदान केन्द्रमा मतदान सामग्री र कर्मचारी खटाइयो

RONB Post 8 hours ago

बझाङ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बझाङका अधिकांश मतदान केन्द्रमा मतदान सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी खटाइएको छ । मुख्य निर्वाचन अधिकृत सुवर्णमान बनेपालीका अनुसार जिल्लाका १८९ मतदान केन्द्र र १३७ मतदानस्थलमा आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । दुईवटा अस्थायी मतदान केन्द्रसमेत स्थापना गरिएको छ ।

निर्वाचन कार्यालयले दुर्गम भूगोललाई ध्यानमा राख्दै चरणबद्ध रूपमा सामग्री र जनशक्ति परिचालन गरेको जनाएको छ । हिमाली क्षेत्र पर्ने साइपाल गाउँपालिकाका तीन मतदानस्थलमा शनिबार र दुई मतदानस्थलमा आइतबार नै मतदान सामग्रीसहित कर्मचारी खटाइएको बनेपालीले बताए । अन्य पालिकाका मतदान केन्द्रमा आज सामग्री र जनशक्ति पठाएको छ ।

सदरमुकाम नजिक रहेको जयपृथ्वी नगरपालिकाका ६ मतदान केन्द्रमा भने फागुन २० गते सामग्री र कर्मचारी पठाइने तयारी गरिएको छ । उनले भने,‘दुर्गम क्षेत्रमा समयमै सामग्री पुगोस् भनेर प्राथमिकता दिएका छौं । सबै केन्द्रमा शान्तिपूर्ण र निष्पक्ष मतदानका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाइएको छ ।’

निर्वाचनका लागि खटिएका कर्मचारीलाई सम्बन्धित केन्द्रमा पुगेर मतदानपूर्व तयारी पूरा गर्न निर्देशन दिइएको छ । जिल्ला सुरक्षा समितिले पनि मतदानलाई शान्तिपूर्ण बनाउन सुरक्षा रणनीति लागू गरेको जनाएको छ ।

The post बझाङमा १८३ मतदान केन्द्रमा मतदान सामग्री र कर्मचारी खटाइयो appeared first on RONB post.

Read more news from RONB post

Explore by Source or Category