महेन्द्रनगर। कञ्चनपुरमा एक निर्वाचन प्रहरीको उपचारका क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीका अनुसार लालझाडी गाउँपालिका–३ बल्मी घर भई पुनर्बास नगरपालिका–९ सिताबस्ती स्थित जीवनशक्ति आधारभूत मतदानस्थलमा खटिएका ३५ वर्षीय मानसिंह रानाको मृत्यु भएको हो।
काठमाडौँ। रौतहट जिल्लाको गढीमाई नगरपालिका–९ स्थित चिल्मिलियाबाट सोमबार राती सशस्त्र प्रहरीले लुटपाट गर्न खोज्ने दुई युवालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिईएकाहरुमा सोही ठाउँ बस्ने २१ वर्षिय सोमन कुमार सहनी र २१ वर्षिय रामेश्वर सहनी छन् । लुटपाट गर्न खोज्ने तीन जनामध्ये एक जना भने फरार रहेका छन् ।
दमौली (तनहुँ)। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँका दुवै निर्वाचन क्षेत्रमा मतगणनास्थल तयार गरिएको छ । मतदान सम्पन्न भएपछि मतगणना गरिने स्थानको टुङ्गो लगाएर आवश्यक व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिए ।
खोटाङ – रामप्रसादराई गाउँपालिका–३ भुल्केमा वर्षौँदेखि रहँदै आएको खानेपानी समस्या अन्त्य भएको छ । पुस्तौँदेखि पिउने पानीको अभाव झेल्दै आएका स्थानीय बासिन्दा अहिले प्रत्येक घरमा धारा जडान भएपछि राहत महसुस गरिरहेका छन् । ‘एक घर, एक धारा’ अभियानअन्तर्गत गाउँका ४६८ घरधुरीमा खानेपानी सेवा विस्तार गरिएपछि पानीका लागि घण्टौँ समय खर्चिनुपर्ने बाध्यता हटेको छ ।
कैलाली – वर्षायाममा उग्र बहावका कारण त्रास फैलाउने कर्णाली नदी हिउँद लागेसँगै स्थानीयका लागि आम्दानीको स्रोत बनेको छ । टीकापुर नगरपालिका–८ का पुनिराम थारू पाँच वर्षयता कर्णाली नदीको किनार र टापु क्षेत्रमा बगरखेती गर्दै आएकाछन् ।
काठमाडौं। निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई थप निर्देशन दिएको छ। आयोगले आजदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरण प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो। यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ।
पाँचथर । जिल्ला प्रशासन कार्यालयले भारतसँग सीमा जोडिएका स्थानमा निर्वाचन अवधिभर सीमाबाट आवतजावतमा रोक लगाएको छ । प्रशासनले फागुन १८ गते मध्यराति फागुन २१ गते मध्यरातिसम्म नेपाल–भारत सीमाक्षेत्रको आवागमनमा रोक लगाएको हो ।
वीरगन्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालयले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सोमबार मध्यरातदेखि लागू हुनेगरी भारतसँग सीमा जोडिएको अन्तरराष्ट्रिय नाका ७२ घण्टा बन्द गरेकोे छ ।
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ भने बाँकी भागमा मौसम सफा रहेको छ ।
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न आमसर्वसाधरणमा आग्रह गरेको छ । निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले अनावश्यक भण्डारण गर्दा दुर्घटनाको जोखिमसमेत हुने भएकाले अनावश्यक भण्डारण नगर्न अनुरोध गर्दै इन्धन नियमित भइरहेको र चुनावभरि नियमित हुने जानकारी दिए ।
काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई थप निर्देशन दिएको छ । आयोगले आजदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरण प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो । फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।
उदयपुर। उदयपुरको गाईघाटस्थित रेग्मी निवासमा सोमवार तुलसी स्मृति ग्रन्थको लोकसेवा आयोगका केन्द्रीय अध्यक्ष माधवप्रसाद रेग्मीले एक कार्यक्रमका बीचमा लोकार्पण गर्नुभएको छ । अध्यक्ष रेग्मीले तुलसी स्मृति ग्रन्थको लोकार्पण गर्दै बहुआयामिक व्यक्तित्वका धनी स्व.
पोखराफागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि गण्डकी प्रदेशका ११ जिल्लामै निर्वाचनका सबै सामग्री पठाइएको छ । प्रदेश निर्वाचन कार्यालय पोखराले गण्डकीका सबै जिल्लामा निर्वाचनसम्बन्धी ५१ प्रकारका सामग्रीहरू सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा पु¥याइसकेको छ ।
रामेछाप। रामेछापको रामेछाप नगरपालिका–२ देउरालीमा सोमवार कर्मचारीसहित निर्वाचनका सामग्री बोकेको गाडी दुर्घटनामा परी मृत्यु हुनेको संख्या दुई पुगेको छ ।दुर्घटनामा परी ज्यान गुमाउनेमा नेपाल प्रहरीका असई आरपी यादव र वडा कार्यालय भवन रामेछाप नगरपालिका–३ साँघुटार मतदान केन्द्र ‘ख’ का मतदान अधिकृत डोरप्रसाद घिमिरे रहेका छन् ।
काठमाडौं। इजरायल र संयुक्त राज्य अमेरिका मिलेर इरानमाथि फेब्रुअरी २८ बाट सुरु गरेको सैन्य आक्रमणले मध्यपूर्वमा अभूतपूर्व तनाव सिर्जना गरेको छ । इजरायल–अमेरिकाले इरानका करिब ५ सय स्थानमा आक्रमण गरेको दाबी गरेका छन् भने त्यसको जवाफमा इरानले इजरायलसहित खाडी क्षेत्रका देशहरूमा क्षेप्यास्त्र र ड्रोन प्रहार तीव्र बनाएको जनाएको छ ।
काठमाडौ । मोरङ क्षेत्र नं- ६ का उमेदवार डा शेखर कोइरालालाई समर्थन गर्दै विभिन्न दलका उमेदवारहरुले आफू निष्क्रिय बस्ने निर्णय गरेका छन् । उनिहरुले प्रत्यक्षमा कांग्रेसका उमेदवार कोइरालालाई सहयोग गर्ने र समानुपातिकमा आफ्नै दललाई मत हाल्ने निर्णय गरेका हुन ।
बझाङ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बझाङका अधिकांश मतदान केन्द्रमा मतदान सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी खटाइएको छ । मुख्य निर्वाचन अधिकृत सुवर्णमान बनेपालीका अनुसार जिल्लाका १८९ मतदान केन्द्र र १३७ मतदानस्थलमा आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । दुईवटा अस्थायी मतदान केन्द्रसमेत स्थापना गरिएको छ ।
बुटवल। प्रतिनिधि सभा निर्वाचनका लागि सोमबारदेखि कर्मचारीहरुलाई मतदान केन्द्रहरुमा खटाइएको छ। रुपन्देहीमा आवश्यक कर्मचारी व्यवस्थापन, सुरक्षा तयारी तथा मतदान सामग्री ढुवानी भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। रुपन्देहीका मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतका अनुसार निर्वाचनका लागि आवश्यक कर्मचारी, सुरक्षाकर्मी र सामग्री मतदानस्थलमा पुर्याइएको छ। रुपन्देहीमा २०९ मतदानस्थल र ७३२ वटा मतदान केन्द्र छन्।