काठमाडौं । सरकारले रास्वपा सभापति रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिएकोमा जेनजी मुभमेन्ट नेपालले आपत्ति जनाएको छ । प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनमा महान्यायाधिवक्ता कार्यालयले बुधबार राति रविविरुद्ध मुलुकका विभिन्न जिल्ला अदालतमा चलेका संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने निर्णय गरेको थियो ।
काठमाडाैं । बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंह आफ्नो मावालीघर तारुकामा आउँदा उनलाई मनोरञ्जन दिलाउने उदेश्यले सुरु गरिएको यो गोरु जुधाइ मेलाको आफ्नै किंवदन्ती छ । यो मेला आजैको दिन अर्थात माघे संक्रान्तिमा मनाइन्छ । जय पृथ्वी बहादुर सिह १९७८ सालमा नुवाकोटको तारुका-५ चन्दनीस्थित मामाघर आउँदा भानिजलाई मावालीले मनोरञ्जन दिन उनका मावलीले बाजागाजासहित साँढे जुधाउने परम्परा आयोजना गराएका थिए । यही परम्परा अन्ततः वरपरका गाँउलेहरूको लागि पनि मनोरञ्जनको माध्यम बन्यो र अहिलेसम्म यो परम्परा निरन्तर छ। एउटा मनोरञ्जनको उद्देश्य राखेर सुरु गरिएको यो खेल अहिले अन्तर्राष्ट्रिय स्तरमा समेत यसको प्रचार छ।
काठमाडौं । जेनजी मुभमेन्ट नेपालले सहकारी ठगी प्रकरणका आरोपित रवि लामिछानेलाई उन्मुक्ति दिन खोजिएको भन्दै आपत्ति जनाएको छ। मुभमेन्टले यस्तो प्रयासले कानुनी शासन, लोकतान्त्रिक मूल्य र पीडितको न्यायमाथि प्रत्यक्ष आघात पुगेको ठहर गरेको छ। मुभमेन्टले विद्रोहको भावनालाई कमजोर बनाएको आरोप लगाएको छ। यस्तो कदम लोकतान्त्रिक अभ्यास, पीडितको न्याय र राज्यको संवैधानिक दायित्वविपरीत रहेको मुभमेन्टको निष्कर्ष छ। सहकारी ठगीका लाखौँ पीडित अझै पनि न्यायको प्रतीक्षामा रहेको, कतिपयले आत्महत्या गरिसकेको र धेरैजसो मानसिक तथा शारीरिक पीडामा बाँच्न बाध्य भएको अवस्थालाई राज्यले गम्भीरतापूर्वक लिनुपर्ने मुभमेन्टको जोड छ।
काठमाडाैं । अमेरिकी विदेश विभागले नेपालसहित ७५ देशका नागरिकहरूका लागि इमिग्रेन्ट (स्थायी बसोबास) भिसा प्रक्रिया अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ। यो निर्णय २१ जनवरी २०२६ देखि लागू हुने र अर्को सूचना जारी नभएसम्म कायम रहने अमेरिकी प्रशासनले जनाएको छ। अमेरिकी प्रशासनका अनुसार, यो कदम ‘पब्लिक चार्ज’ नीति उल्लङ्घनको जोखिम भएका व्यक्तिहरूको प्रवेश रोक्नका लागि लिइएको हो। पब्लिक चार्ज भन्नाले अमेरिका पुगेपछि सरकारी सहायता, सामाजिक सुरक्षा तथा कल्याणकारी कार्यक्रमहरूमा अत्यधिक निर्भर हुन सक्ने आवेदकहरूलाई जनाइन्छ।
लन्डन, (एजेन्सी) । बेलिन्दा बेन्चिच एक वर्ष अघिसम्म वल्र्ड रेन्किङमा ४२१ औं स्थानमा थिइन् । सुत्केरी भएपछि उनको रेन्किङ झर्दैं यति तलसम्म पुगेको थियो । तर, अहिले उनी वल्र्ड रेन्किङको टप टेनमा पुगेकी छन् । हाल राम्रो प्रदर्शन गरिरहेकीले बेन्चिच आउँदो आइतबारदेखि शुरु हुने अस्टे«लियन ओपन जित्ने दावेदारीमा समेत उभिएकी छन् ।
काठमाडौं । आईसीसी महिला टी २० विश्वकप ग्लोबल क्वालिफायर खेलहरू नेपालमै आयोजना हुँदैंछ । नेपाली खेलाडीका लागि आत्मविश्वास भर्न अमरावती बुटिक होटलले आकर्षक पुरस्कारको पनि घोषणा गरेको छ । सो होटलले नेपाली खेलाडीका लागि धेरै रन बनाउनेलाई ५० हजार दिने घोषणा गरेको हो ।
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पुस ३० गतेसम्म सरकारले ५ खर्ब ८१ अर्ब ४१ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । पुससम्मको लक्ष्य ७ खर्ब ११ अर्ब २१ करोड रुपैयाँ रहेकामा हालसम्म लक्ष्यको ८१.७५ प्रतिशत मात्र सङ्कलन भएको हो । सरकारले चालु आर्थिक वर्षका लागि कुल १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको छ । तर, आर्थिक वर्षको पहिलो छ महिनामा नै करिब १ खर्ब ३० अर्ब रुपैयाँ बराबरको लक्ष्य पूरा हुन नसकेको देखिन्छ ।
लन्डन, (एजेन्सी) । गत सिजनमा उपाधि जितेर सनसनी मच्चाएको टोली न्यूक्यासल यूनाइटेड काराबाओ कपको सेमिफाइनलको पहिलो लेगमा पराजित भएको छ । म्यानचेस्टर सिटीले न्यूक्यासललाई २–० ले हराएको हो । सिटीको जितमा एन्टोइन सेमेन्यो र रायन चर्कीले गोल गरेका थिए ।
काठमाडाैं । नेपाली कांग्रेसकाे शेरबहादुर देउवा पक्षले हालै कारबाही गरेका तीन पदाधिकारीको नाम पार्टीको आधिकारिक वेबसाइटबाट हटाएको छ। बुधबार बसेको देउवा पक्षीय कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पाँच वर्षसम्म साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरको नाम वेबसाइटबाट हटाएको हो। यद्यपि, उनीहरूले भृकुटीमण्डपमा विशेष महाधिवेशन आयोजना गर्दै गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिसकेका छन्। विशेष महाधिवेशनबाट बनेको नयाँ कार्यसमितिमा थापा सभापति बनेका छन् भने विश्वप्रकाश शर्मा उपसभापति र फरमुल्लाह मन्सुर सहमहामन्त्रीमा निर्वाचित भएका छन्।
दोलखा । दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर– ५ स्थित किराँतीछापमा बुधबारबाट तेस्रो जिल्लाब्यापी माविस्तरीय छात्र वडा अध्यक्षकप फुटबल सुरु भएको छ । प्रतियोगीतामा जिल्लाको भीमेश्वर नगरपालिका र जिरी नगरपालिकाका १६ वटा माध्यामिक विद्यालयका १८ टोलीले सहभागिता जनाएका छन् । माघ ४ गतेसम्म आयोजना हुने प्रतियोगिताको विजेता टोलीलाई ७५ हजार नगद पुरस्कार दिइनेछ ।
काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनको पहिलो दिन नेपाल नम्बर एक प्रो गल्फर निरज तामाङ शीर्ष स्थानमा रहेका छन् । डिफेन्डिङ च्याम्पियन निरजले ६ अन्डर ६४ को स्कोर बनाउँदैं टंकबहादुर कार्की र बलभद्र राईमाथि ३ स्ट्रोकको अग्रता बनाएका हुन् ।
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नियमिति रूपमा ए डिभिजन लिग आयोजना गर्न नसकेपनि राष्ट्रिय लिग सुरु गरेको छ । बुधबारदेखि सुरु भएको राष्ट्रिय लिगमा ए डिभिजन विजेता टोली चर्च ब्वाइज यूनाइटेडको सुरुआत खासै राम्रो भएन । चर्चब्वाइजले ए डिभिजनमा बढुवा भएको टोली श्रीभगवती क्लबसँग १–१ बराबरी खेलेको हो ।
काठमाडौ । अखिल नेपाल फुटबल संघ (एन्फा) को बुधबार बसेको एन्फा कार्यसमिति बैठकले १ अर्बभन्दा बढी रकमको बजेट पारित गरेको छ । कार्यसमिति बैठकले आर्थिक वर्ष २०८२÷८३ (सन् २०२६) का लागि १ अर्ब ५६ करोड १७ लाख ८५ हजार १३ रुपैयाँ बजेट पारित गरेको जनाएको हो ।
दाङ । एमाले महासचिव शंकर पोखरेलले रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउने बताएका छन् । प्रेस चौतारी दाङले घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट तथा सम्मान कार्यक्रममा बोल्दै उनले रवि लामिछानेसँग सम्बन्धित मुद्दा फिर्ता गर्ने निर्णय कानुनी राज्यको मर्मविपरीत भएको भन्दै सरकारलाई उक्त निर्णय तत्काल सच्याउन आग्रह गरे । महासचिव पोखरेलले भदौ २३ र २४ गते भएका घटनाहरूलाई सामान्य आन्दोलनको रूपमा व्याख्या गर्न नमिल्ने बताउँदै त्यसको अन्तर्य अहिलेका निर्णयहरूले नै पुष्टि गरिरहेको दाबी गरे ।
काठमाडौं । सुनसरीको भोक्राह नरसिंह गाउँपालिका–८, सोनीयाहीमा मालवाहक ट्रक दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बिहीबार बिहान मार्बल बोकेको को १ ख ४५४१ नम्बरको ट्रक अनियन्त्रित भएर पल्टिँदा त्यसमा सवार ५ जनाको किचिएर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ज्यान गुमाउनेहरूमा बर्जु गाउँपालिका–१ का ३२ वर्षीय धीरेन्द्र गुरुङ, ५५ वर्षीय बर्मदेश गुरुङ, ५० वर्षीय टंक गुरुङ, ४५ वर्षीय चन्द्र गुरुङ र २८ वर्षीय निशु गुरुङ रहेका छन् । मोरङको विराटनगरबाट मार्बल बोकेर राजविराजतर्फ जाँदै गरेको सो ट्रकमा परेलगत्तै फरार भएका ट्रक चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट चयन भएको नयाँ नेतृत्वको अभिलेख अद्यावधिक गर्न गगन–विश्व समूह आज निर्वाचन आयोग जाने भएको छ । नयाँ निर्वाचित कार्यसमितिको पहिलो बैठकपछि गरिएको निर्णयसहित आयोग जाने तयारी भएको अधिवक्ता राजु कटवालले जानकारी दिए । उनका अनुसार बिहीबार मध्याह्न १२ देखि १ बजेसम्म आयोगमा कागजात बुझाइनेछ ।
काठमाडौँ। सुनसरीको भोक्राहानर्सिङ–८, सोनियाहीमा आज बिहान ट्रक दुर्घटना हुँदा पाँच जना मजदुरको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। विराटनगरबाट राजविराजतर्फ टायल र मार्बल बोकेर जाँदै गरेको को१ख ४५४१ नम्बरको ट्रक हुलाकी राजमार्गअन्तर्गत सडकको घुम्तीमा अनियन्त्रित भई पल्टिएको थियो।
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा २ लाख ७६ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि बुधबार सुनको मूल्य तोलामा २ लाख ७८ हजार रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य थियो ।
काठमाडौं । उच्च विन्दुमा पुगेको सुनचाँदीको मूल्यमा गिरावट आएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँ तोकिएको छ। यो अघिल्लो दिनको तुलनामा १ हजार ५ सय रुपैयाँले कम हो। बुधबार सुन प्रतितोला २ लाख ७८ हजार रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो दिन प्रतितोला ५ हजार ६५५ रुपैयाँमा कारोबार हुँदै हालसम्मकै उच्च मूल्य रेकर्ड बनाएको चाँदी आज १७० रुपैयाँ घटेर प्रतितोला ५ हजार ४८५ रुपैयाँमा झरेको छ।