npl.977 Nepal News Stream

News of Nepal logo News of Nepal

गाडीमा आगजनी गर्ने दुर्गा प्रसाईंका दुई कार्यकर्ता पक्राउ

न्युज अफ नेपाल 10 hours ago

काठमाडौँ।

गाडीमा आगजनी गरेको आरोपमा दुर्गा प्रसाईं समूहका दुई कार्यकर्ता पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घर भइ चन्द्रागिरी नगरपालिका–६ बस्ने २८ वर्षीय सुमन बोहरा र चन्द्रागिरि–६ नै स्थायी ठेगाना भएका ५५ वर्षीय कृष्ण मिजार रहेका छन् ।

उनीहरूलाई चन्द्रागिरिबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएकाे छ। प्रहरीका अनुसार पक्राउ परेका दुवै जना प्रसाईं समूहकै कार्यकर्ता हुन् ।

आगजनी भएको ठाउँबाट दुर्गा प्रसाईंको पर्चा समेत भेटिएको थियो ।

Read more news from News of Nepal

Explore by Source or Category