नेपालन्युज
|
15 minutes ago
वेलिङ्टन। अस्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाएपछि सामाजिक सञ्जाल कम्पनीहरूले बालबालिकाहरूका रूपमा पहिचान गरिएका करिब ४७ लाख खाताहरू हटाएको वा पहुँच बन्द गरेको अधिकारीहरूले बताएका छन् ।
नेपालन्युज
|
25 minutes ago
चितवन। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचन तोकिएकै समयमा हुने बताएका छन् । भरतपुर महानगरपालिकाको प्रशासकीय भवनको आज यहाँ उद्घाटन गर्दै संयोजक दाहालले निर्वाचनको विकल्प नरहेको बताए ।
नेपालन्युज
|
49 minutes ago
काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंसँग नेपालका लागि जापानका राजदूत माएदा तोरूले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित भौतिक मन्त्रालयमा आज भएको उक्त भेटवार्तामा मन्त्री चौलागाईं र राजदूत तोरूबीच द्विपक्षीय आपसी हितका विषयमा कुराकानी भएको मन्त्री चौलागाईंको सचिवालयले जनाएको छ ।
नेपालन्युज
|
1 hour ago
कुआलालम्पुर। मलेसियाको अर्थतन्त्र सन् २०२५ को चौथो त्रैमासिकमा ५.७ प्रतिशतले विस्तार भएको छ । यो अघिल्लो त्रैमासिकको ५.२ प्रतिशत वृद्धिदरभन्दा बढी हो । मलेसियाको तथ्याङ्क विभागले शुक्रबार सार्वजनिक गरेको प्रारम्भिक अनुमानमा यो जानकारी दिइएको हो । विभागका अनुसार ५.७ प्रतिशतको यो वृद्धिदर सन् २०२४ को दोस्रो त्रैमासिकपछि यताकै सबैभन्दा उच्च हो ।
नेपालन्युज
|
1 hour ago
काठमाडौँ। सिन्धुली घ्याङलेख गाउँपालिका-२ बस्तीपुरस्थित नेपाल एसबीआई बैंकको शाखा कार्यालयबाट तीन करोड १० लाख ९५ हजार २८३ रुपैयाँ लुटपाट घटनामा सातजना पक्राउ परेका छन्। तीन दिनअघि मंगलबार बेलुका बैंक लुटपाटमा संलग्न सातजनालाई पक्राउ गरिएको सिन्धुली प्रहरी प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीले बताए।
नेपालन्युज
|
1 hour ago
काठमाडौँ। ३३ किलो सुन र सनम शाक्यको अपरहण तथा हत्या प्रकरणमा फरार रहेका आरोपी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-१७ का ३३ वर्षीय सुरेन्द्र गौतम रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँ र मोरङ प्रहरीको टोलीले गौतमलाई शनिबार काठमाडौँबाट पक्राउ गरेको मोरङ प्रहरीका सूचना अधिकारी हरिनन्दन चौधरीले बताए।
नेपालन्युज
|
1 hour ago
काठमाडौँ। शेरबहादुर देउवा पक्षको नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगले आफूहरूलाई मान्यता नदिए देशभर आन्दोलन गर्ने चेतावनी दिएका छन्। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा खड्काले यस्तो बताएका हुन्। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापाको सभापतित्वमा पदाधिकारी चयन भइसकेको छ। यो समूहले सनाखत तथा अद्यावधिक गर्न भनी निर्वाचन आयोगमा दस्ताबेज बुझाइसकेको छ।
नेपालन्युज
|
1 hour ago
काठमाडौँ । नेपाली काँग्रेसको आधिकारिकताको दाबी गर्दै गगन थापा नेतृत्वको टोली निर्वाचन आयोग पुगेको छ । आजैमात्र शेरबहादुर देउवा नेतृत्वको काँग्रेस नै आधिकारिकता भएको दाबीसहित पूर्णबहादुर खड्का, डा शेखर कोइरालालगायत नेताहरू आयोग पुगेका थिए । उनीहरू फर्किएपछि गगन थापा, विश्व प्रकाश शर्मा सहितका नेताहरू आयोग कार्यालय पुगेका हुन् ।
नेपालन्युज
|
1 hour ago
काठमाडौं। गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’मा नागरिक लगानी कोषले रू ५१ लाख सहयोग गरेको छ ।
नेपालन्युज
|
1 hour ago
काठमाडौं। नेकपा (एमाले)ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारको नाम तय गर्न शनिबार दिउँसो १ बजे सचिवालय बैठक बोलाइएको एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख मीनबहादुर शाहीले जानकारी दिए । उनका अनुसार बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ ।
नेपालन्युज
|
2 hours ago
काठमाडौँ। काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन् । उनले माघ ४ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका हुन् । ‘चार गतेबाट लागू हुने गरी राजीनामा दिएँ,’ उनले भने, ‘३ गतेसम्म बहाल हुन्छ ।’ उनी फागुन २१ को प्रतिनिधि सभा निर्वाचन लड्ने गरी सक्रिय राजनीतिमा आउने तयारीमा छन् ।
नेपालन्युज
|
2 hours ago
सियोल। दक्षिण कोरियाको एक अदालतले शुक्रबार पूर्वराष्ट्रपति युन सुक योललाई मार्सल ल लागू गर्ने निर्णयसँग सम्बन्धित केही अभियोगमा दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय सुनाएको छ । सन् २०२४ को अन्त्यतिर उनले जारी गरेको आदेश तथा त्यससँग जोडिएका अन्य आरोपहरूमा दायर आठवटा आपराधिक मुद्दामध्ये यो युनविरुद्धको पहिलो अदालत फैसला हो ।
दीप सुवेदी
|
2 hours ago
नेपाल न्युज
|
2 hours ago
संयुक्त राष्ट्रसङ्घ। पछिल्ला घटनाक्रमका बीच संयुक्त राज्य अमेरिका र इरानका प्रतिनिधिहरू बिहीबार संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को आपत्कालीन बैठकमा सहभागी भएका छन्। बैठकमा इरानमा देखिएको अवस्थाबारे गम्भीर चासो व्यक्त गर्दै अमेरिकी पक्षले आवश्यक सबै विकल्पहरू विचाराधीन रहेको जनाएको छ।
नेपाल न्युज
|
3 hours ago
काठमाडौँ। नेपाल चिकित्सक सङ्घको निर्वाचन स्थगित भएको छ। सङ्घले आज एक विज्ञप्ति जारी गरी पाटन उच्च अदालतबाट जारी भएको अन्तरिम आदेशलाई समेत मध्यनजर गर्दै पूर्वनिधारित तालिकाअनुसार तय गरिएको निर्वाचन कार्यक्रम स्थगित गरिएको जनाएको हो।
नेपाल न्युज
|
3 hours ago
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलले भेट गरेको छ। आज बिहान भएको भेटका क्रममा तामाङ समुदायको जनसङ्ख्या, संस्कृति, आर्थिक–सामाजिक अवस्थालगायत विषयमा चर्चा भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए।
नेपाल न्युज
|
3 hours ago
काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्। निर्वाचन आयोगमा आधिकारिकता दाबी गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग पुगेका नेता कोइरालाले विशेष महाधिवेशनको सम्पूर्ण कार्यतालिका केन्द्रीय कार्यसमितिले नै तय गर्नुपर्ने बताएका छन्। उनले भने, ‘४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले बोलाउने अधिकार छ।
नेपाल न्युज
|
3 hours ago
काठमाडौँ। नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीमा देखिएको विवाद निर्वाचन आयोगका विगतका निर्णय र नजिरका आधारमा छिटो समाधान गर्न आग्रह गरेका छन्। कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका अधिकांश पदाधिकारी र सदस्यसहित आज आयोगमा पुगेका उनले पार्टीका कागजात बुझाउँदै समस्या समाधानका लागि आग्रह गरेका छन्।
नेपाल न्युज
|
4 hours ago
नेपाल न्युज
|
4 hours ago
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कार्यालयले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि तल्लो तहबाट आकाङ्क्षी उम्मेदवारको सिफारिस नाम प्राप्त गरेको छ। जिल्ला हुँदै प्रदेश कमिटीले निर्वाचनका लागि पठाएको नाममा केन्द्रीय कार्यालयलाई प्राप्त भएको एमाले सचिव डा राजन भट्टराईले जानकारी दिए।