नेपालन्युज
|
2 hours ago
काठमाडौँ। केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त भएका ४५४ उजुरीमध्ये ९५ लाई स्पष्टीकरण सोधिएको छ। राजनीतिक दल तथा उम्मेदवारहरूलाई स्पष्टीकरण सोधिएकामा ६२ वटाको जवाफ प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ। हालसम्म ८९ जनालाई स्पष्टीकरण र ६ जनालाई पुनः स्पष्टीकरण सोधिएको आयोगका सहायक प्रवक्ता सीता पुन श्रीशले जानकारी दिइन्।
नेपालन्युज
|
2 hours ago
जेनेभा। मध्यपूर्वमा तीव्र बन्दै गएको युद्धका कारण सर्वसाधारणमाथि परेको गम्भीर मानवीय असरप्रति संयुक्त राष्ट्रसंघले गहिरो चिन्ता व्यक्त गरेको छ। संयुक्त राष्ट्रसंघका मानवअधिकार उच्चायुक्त भोल्कर टर्कले मंगलबार सन्देश जारी गर्दै क्षेत्रभरि फैलिएको डर, आतंक र अनिश्चितताले लाखौँ मानिसको जीवन असुरक्षित बनाएको बताएका छन्।
नेपालन्युज
|
3 hours ago
नेपालन्युज
|
3 hours ago
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशैभरको निर्वाचन तयारी अन्तिम चरणमा पुगेको छ। यसैक्रममा जुम्लाको निर्वाचन तयारी पनि अन्तिम चरणमा पुगेको छ। जिल्ला निर्वाचन कार्यालयबाट निर्वाचनमा आवश्यक पर्ने सबै निर्वाचन सामाग्री लिएर मतदान केन्द्रमा खटिएका कर्मचारी पुगिसकेका जिल्ला निर्वाचन कार्यालय जुम्लाका निर्वाचन अधिकारी दीपेन्द्र कँडेलले जानकारी दिए।
नेपालन्युज
|
4 hours ago
काठमाडौँ। आसन्न प्रतिनिधिसभा निर्वाचनलक्षित गरेर तयारी र समग्र शान्ति सुरक्षा बुझ्न गृहमन्त्री ओमप्रकाश अर्यालसहितको टोलीले ललितपुरका विभिन्न मतदानस्थलको अनुगमन गरेको छ। अनुगमनमा गृह-सचिव राजकुमार श्रेष्ठ, प्रवक्ता आनन्द काफ्लेसहित उच्चअधिकारी सहभागी थिए। गृहमन्त्रीको सचिवालयका अनुसार निर्वाचन तयारी र सुरक्षा अवस्था बुझ्न उच्च अधिकारीको टोलीले आज (मंगलबार) ललितपुरका बुंमती, गोटीखेल, लेलेलगायत केन्द्रको स्थलगत अनुगमन गरेको हो।
नेपालन्युज
|
4 hours ago
नेपालन्युज
|
5 hours ago
काठमाडौँ। चिनियाँ विदेशमन्त्री वाङ यीले इरानी विदेशमन्त्री अब्बास अराघचीसँग फोनमा कुराकानी गरेका छन्। २ मार्चमा भएको कुराकानीका क्रममा चिनियाँ विदेशमन्त्रीले इरानको सैन्य द्वन्द्वको पछिल्लो अवस्थाबारे जानकारी लिएका थिए। चिनियाँ विदेश मन्त्रालयका अनुसार अराघचीले भने, “वार्ताका क्रममा अमेरिकाले इरानमाथि दोस्रोपटक आक्रमण गरेको छ। अमेरिकाको कार्य अन्तर्राष्ट्रिय कानुनको विरुद्धमा छ।
नेपालन्युज
|
5 hours ago
तेलअबिब। इजरायली सेनाले आफ्नो वायुसेनाले इरानको राष्ट्रपति कार्यालयलाई निशाना बनाएको दाबी गरेको छ। टेलिग्राममा जारी गरिएको एक विज्ञप्तिमा इजरायल रक्षा बल (आईडीएफ) ले भन्यो, “धेरै हतियार राष्ट्रपति कार्यालय र सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्माथि खसालिएको थियो।” आईडीएफका अनुसार आक्रमणले इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले प्रयोग गर्ने सरकारी परिसरलाई लक्षित गरेको थियो।
नेपालन्युज
|
5 hours ago
तेहरान। इरानको रेड क्रिसेन्ट सोसाइटीले अमेरिका र इजरायली आक्रमणमा अहिलेसम्म ७८७ जनाको मृत्यु भएको जनाएको छ। अमेरिकास्थित मानवअधिकारकर्मीहरूले भने इरानमा १७६ बालबालिकासहित ७४२ जनाको मृत्यु भएको उल्लेख गरेका छन्। इरानी संसद्को स्वास्थ्य आयोगकी सदस्य फतेमेह मोहम्मदबेगीले सोमबार इरानका नौ अस्पताललाई लक्षित गरेर आक्रमण भएको बताएकी छन्।
गोपाल दाहाल
|
6 hours ago
नेपालन्युज
|
6 hours ago
काठमाडौँ। निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था भएका आचरणका अतिरिक्त निर्वाचन आचारसंहिता २०८२ मा व्यवस्था भएका आचरणसमेत पालना गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ। आयोगले जारी गरेको निर्वाचन आचारसंहिता २०८२ मा कुनै कर्मचारीले उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा प्रचार गर्न नहुनेलगायत आचरणका व्यवस्था गरिएका छन्।
नेपालन्युज
|
7 hours ago
नेपालन्युज
|
7 hours ago
सर्लाही। सर्लाहीमा मतदान अधिकृतका रूपमा खटिएका एक स्वास्थ्यकर्मीको ड्युटीमै रहेकाबेला मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी सरोजकुमार राईका अनुसार मृत्यु हुनेमा रौतहट माधवनारायण नगरपालिका ६ का ४२ वर्षीय सिनियर अहेब रघुनाथ महतो छन्। उनी सर्लाही बरहथवा नगरपालिका ५ स्थित आधारभूत स्वास्थ्य केन्द्र बरहथवामा कार्यरत थिए।
नेपालन्युज
|
8 hours ago
नेपालन्युज
|
8 hours ago
जनकपुर। धनुषामा शंकास्पद वस्तु विस्फोट हुँदा दुई बालबालिका घाइते भएका छन्। निर्वाचनको पूर्वसन्ध्यामा मधेसका विभिन्न जिल्लामा शंकास्पद वस्तु फेला पर्न थालेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार मिथिला नगरपालिका ९‚ बडहरीस्थित पूर्व-पश्चिम राजमार्गको बडहरी पुलमाथि शंकास्पद वस्तु पड्किँदा दुई बालबालिका घाइते भएका हुन्।
नेपालन्युज
|
8 hours ago
काठमाडौँ। सर्वोच्च अदालतले दुर्गा प्रसाईलाई थुनामा राख्नुको कारण माग गर्दै चौबीस घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश गरेको छ। न्यायाधीश कुमार रेग्मीको एकल इजलासले पक्राउ गर्नुको कारण माग्दै अदालतमा उपस्थित गराउन आदेश गरेको हो। सर्वोच्चले आज (१९ फागुन) मा प्रसाईंसहित चारजनालाई अदालतमा उपस्थित गराउन आदेश गरेको छ।
नेपालन्युज
|
9 hours ago
काठमाडौँ। ललितपुरको पुल्चोकस्थित दाउरा थकालीमा आगलागी भएको छ। मंगलबार दिउँसो दाउरा थकालीको माथिल्लो तलामा आगलागी भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले बताए। आगलागी नियन्त्रणको प्रयास जारी रहेको प्रहरीले जनाएको छ। थप विवरण आउन बाँकी छ।
नेपालन्युज
|
9 hours ago
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि सरकारले घोषणा गरेको सार्वजनिक विदा तथा अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा समेत सर्वोच्च अदालत खुला रहने भएको छ। विशेषगरी बन्दीप्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइलाई निरन्तरता दिन अदालतले तोकिएको अवधिमा निश्चित समयका लागि सेवा सञ्चालन गर्ने जनाएको छ।
नेपालन्युज
|
9 hours ago
काठमाडौं । सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने ३२ जनालाई प्रहरीले पक्राउ गरेको छ। सामाजिक सञ्जालमार्फत अफवाह, भ्रम फैलाएको, निर्वाचन विरोधी काम गरेको, मतदाता भ्रमित पार्ने गतिविधि गरेको, आचार संहिता उल्लघंन गरेका जस्ता घटनामा संलग्न भएको आरोपमा प्रहरी प्रधान कार्यालयमा रहेको केन्द्रीय निर्वाचन सेलले उनीहरूलाई पक्राउ गरेको जनाएको छ।
नेपालन्युज
|
9 hours ago
काठमाडौं। चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी विशेषज्ञ चिकित्सकसहितको द्रुत कार्यदल (र्यापिड रेस्पोन्स टिम) गठन गरेको छ । वीर अस्पतालका निर्देशक डा दिलीप शर्माले सम्भावित स्वास्थ्य आपत्कालीन अवस्थालाई दृष्टिगत गर्दै टोली गठन बताए ।