npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

ललितपुरका विभिन्न मतदानस्थलमा गृहमन्त्रीको अनुगमन

नेपालन्युज 6 hours ago

काठमाडौँ। आसन्न प्रतिनिधिसभा निर्वाचनलक्षित गरेर तयारी र समग्र शान्ति सुरक्षा बुझ्न गृहमन्त्री ओमप्रकाश अर्यालसहितको टोलीले ललितपुरका विभिन्न मतदानस्थलको अनुगमन गरेको छ।

अनुगमनमा गृह-सचिव राजकुमार श्रेष्ठ, प्रवक्ता आनन्द काफ्लेसहित उच्चअधिकारी सहभागी थिए। गृहमन्त्रीको सचिवालयका अनुसार निर्वाचन तयारी र सुरक्षा अवस्था बुझ्न उच्च अधिकारीको टोलीले आज (मंगलबार) ललितपुरका बुंमती, गोटीखेल, लेलेलगायत केन्द्रको स्थलगत अनुगमन गरेको हो।

यसअघि आइतबार गृहमन्त्री अर्याल, गृह-सचिव श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललगायत उच्च अधिकारीको टोलीलिले बाँकेको नेपालगन्ज हुँदै अछाम, बझाङ, बाजुरा र कैलालीको धनगढी पुगेर निर्वाचन तयारी र सुरक्षा व्यवस्थाबारे स्थलगत निरीक्षण तथा अनुगमन गरेको थियो।

Read more news from नेपाल न्युज

Explore by Source or Category