RONB Post
|
36 minutes ago
काठमाडौं । देश निर्वाचनको सम्मुखमा छ । काठमाडौँबाट मतदान गर्ने उत्साह बोकेर घर फर्किनेहरू बढ्दैछन्, तर इटहरीका सन्तोष तामाङ भने हातमा पासर्पोट र हवाई टिकट बोकेर चार दिनदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको चक्कर लगाइहेका छन् । दिनहुँ विमानस्थल पुग्छन्, उडान रद्द भएको सूचना पाएसँगै निराश भएर फर्किन्छन् ।
RONB Post
|
1 hour ago
काठमाडौं । खाडीका देशमा युद्ध चर्किएपछि त्यहाँ रहेका नेपालीको अवस्थाबारे सूचना संकलन गर्न परराष्ट्र मन्त्रालयले वेबसाइट सञ्चालनमा ल्याएको छ । परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागले मध्यपूर्वमा रहेका नेपालीहरू र विमानस्थलमा पर्खिरहेका, भिसाको म्याद सकिएका वा रद्द गरिएका र टिकट बुकिङ गरेपछि समस्या भोगिरहेका नेपालीहरूको बारेमा जानकारी सङ्कलन गर्न पोर्टल सञ्चालनमा ल्याएको हो ।
RONB Post
|
1 hour ago
काठमाडौं । निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था भएका आचरणका अतिरिक्त निर्वाचन आचारसंहितामा व्यवस्था भएका आचरणसमेत पालना गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ । आयोगले जारी गरेको निर्वाचन आचारसंहितामा कुनै कर्मचारीले उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नहुनेलगायतका आचरणका व्यवस्थाहरू गरिएका छन् ।
RONB Post
|
3 hours ago
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाताले आफ्नो मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र साथै लिएर मतदान केन्द्रमा जानुपर्ने निर्वाचन आयोगले जनाएको छ । यही फागुन २१ गते हुने निर्वाचनमा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारी चालक अनुमतिपत्र पनि मतदानका निम्ति मान्य हुने आयोगले बताएको छ ।
RONB Post
|
3 hours ago
काठमाडौं । ललितपुरको कुपण्डोलस्थित दाउरा थकाली रेस्टुरेन्टमा मंगलबार दिउँसो लागेको आगो नियन्त्रणमा आएको छ। दिउँसो पौने ४ बजेतिर सुरु भएको आगलागी केही समयको प्रयासमै निभाइएको हो। विद्युत् सर्ट भएर आगो लागेको बताइएको छ । कुनै मानवीय क्षति भने भएको छैन । The post दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा appeared first on RONB post.
RONB Post
|
10 hours ago
पाँचथर । जिल्ला प्रशासन कार्यालयले भारतसँग सीमा जोडिएका स्थानमा निर्वाचन अवधिभर सीमाबाट आवतजावतमा रोक लगाएको छ । प्रशासनले फागुन १८ गते मध्यराति फागुन २१ गते मध्यरातिसम्म नेपाल–भारत सीमाक्षेत्रको आवागमनमा रोक लगाएको हो ।
RONB Post
|
11 hours ago
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न आमसर्वसाधरणमा आग्रह गरेको छ । निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले अनावश्यक भण्डारण गर्दा दुर्घटनाको जोखिमसमेत हुने भएकाले अनावश्यक भण्डारण नगर्न अनुरोध गर्दै इन्धन नियमित भइरहेको र चुनावभरि नियमित हुने जानकारी दिए ।
RONB Post
|
11 hours ago
काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई थप निर्देशन दिएको छ । आयोगले आजदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरण प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो । फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।
RONB Post
|
21 hours ago
बझाङ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बझाङका अधिकांश मतदान केन्द्रमा मतदान सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी खटाइएको छ । मुख्य निर्वाचन अधिकृत सुवर्णमान बनेपालीका अनुसार जिल्लाका १८९ मतदान केन्द्र र १३७ मतदानस्थलमा आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । दुईवटा अस्थायी मतदान केन्द्रसमेत स्थापना गरिएको छ ।
RONB Post
|
1 day ago
काठमाडौं । रामेछापमा निर्वाचन सामग्री तथा कर्मचारी लिएर गइरहेको गाडी दुर्घटना हुँदा एक जना सुरक्षाकर्मीको मृत्यु भएको छ। सदरमुकाम मन्थलीबाट मतदान केन्द्र कालिका देवी माध्यमिक विद्यालय र देउराली माध्यमिक विद्यालयको निर्वाचन सामग्रीसहित कर्मचारी लिएर जाँदै गरेको ना ४ ख ६७६८ नम्बरको गाडी दुर्घटनामा परेको हो ।
RONB Post
|
1 day ago
RONB Post
|
1 day ago
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले यही फागुन २१ गते हुने निर्वाचनमा सबै मतदातालाई अनिवार्य रूपमा सहभागी हुन आह्वान गरेकी छन् । सोमबार गरेको सम्बोधनमा प्रधानमन्त्री कार्कीले चुनावको सबै तयारी पूरा भएको जनाएकी छन्। अब निर्धक्क भएर मतदानमा सहभागी हुन आह्वान गरेकी छन्।
RONB Post
|
1 day ago
RONB Post
|
1 day ago
काठमाडौं । सुन र चाँदीको मूल्यमा वृद्धि देखिएको छ । अघिल्लो दिनको तुलनामा सोमबार सुनको भाउ पाँच हजार ६ सयले बढेको नेपाल सुनचाँदी महासंघले जनाएको छ । आज सुन प्रतितोला ३ लाख २६ हजार १०० रुपैयाँ कायम भएको छ । आइतबार ३ लाख २० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
RONB Post
|
1 day ago
काठमाडौं । भारत आईसीसी पुरुष टी– २० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको सुपर ८ को अन्तिम खेलमा भारतले वेस्ट इन्डिजलाई ५ विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। कोलकातास्थित इडेन गार्डेन्समा वेस्ट इन्डिजले प्रस्तुत गरेको १९६ रनकोलक्ष्य भारतले ४ बल बाँकी रहँदा ५ विकेट गुमाउँदै पूरा गर्यो ।
RONB Post
|
1 day ago
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेको नेपाली राजदूतावास अबुधाबी र नेपाली महावाणिज्यदूतावास दुबई ले अत्यावश्यक कामबाहेक दूतावासमा उपस्थित नहुन नेपालीहरूलाई आग्रह गरेको छ। दूतावासले फागुन १८ देखि २० गतेसम्म राहदानी, कागजात प्रमाणीकरण, अधिकृत वारेसनामा लगायत कन्सुलर सेवा अत्यावश्यक परे मात्र लिन आउन अनुरोध गरेको हो।
RONB Post
|
1 day ago
काठमाडौं । फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङ र लोला खेली मनाइँदै छ । यो पर्व प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइन्छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व मनाउने प्राचीनकालदेखिको परम्परा छ ।
RONB Post
|
1 day ago
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८७ पैसा तोकिएको छ ।
RONB Post
|
2 days ago
RONB Post
|
2 days ago