npl.977 Nepal News Stream

नेपाल न्युज logo

नेपाल न्युज

मिलानको पुनरागमन जित

नेपाल न्युज | 21 minutes ago
काठमाडौँ। इटालियन सिरी ए अन्तर्गत बिहीबार भएको खेलमा एसी मिलानले कोमोमाथि ३–१ को सानदार जित हासिल गरेको छ। खेलमा सुरुवाती अग्रता कोमोले लिएको थियो। कोमोका लागि मार्क ओलिभरले गोल गर्दै टोलीलाई अग्रता दिलाए पनि त्यसलाई जोगाउन सकेनन्। पहिलाे हाफकाे इन्जुरी समयमा एनकुकुले पेनाल्टीमार्फत मिलानलाई बराबरीमा ल्याए।

भेनेजुएलाकी विपक्षी नेता मचाडोले ट्रम्पलाई दिइन् आफ्नो नोबेल शान्ति पुरस्कार

नेपालन्युज | 27 minutes ago
काठमाडौँ । भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना मचाडोले आफ्नो नोबेल शान्ति पुरस्कार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रदान गरेकी छन्। बीबीसीका अनुसार बिहीबार ह्वाइट हाउसमा भएको निजी भेटघाटमा मचाडोले पुरस्कार ट्रम्पलाई सुम्पिएकी हुन्। भेटपछि उनले यो दिन भेनेजुएलाका लागि ऐतिहासिक भएको बताइन्। राष्ट्रपति ट्रम्पले ट्रुथ सोसलमा मचाडोको कदमको प्रशंसा गर्दै यसलाई पारस्परिक सम्मानको प्रतीक भनेका छन्।

झापा र नवलपरासीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

नेपाल न्युज | 32 minutes ago
बनियानी। झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर छ। झापाको बिर्तामोड नगरपालिका–५ स्थित पूर्वपश्चिम लोकमार्गमा गएराति ट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा बाह्रदशी गाउँपालिका–४ का ३२ वर्षीय खगेन्द्र मगरको मृत्यु भएको छ।

वैदेशिक रोजगारीबाट फर्किएका उद्यमीलाई सरकारले सम्मान गर्ने, आवेदन दिन आह्वान

नेपालन्युज | 33 minutes ago
काठमाडौँ । सरकारले वैदेशिक रोजगारीबाट फर्किएका उद्यमीलाई पुरस्कृत गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी बसेका उद्यमीलाई राष्ट्रिय सम्मान एवम् पुरस्कृत गर्ने भएको हो ।

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ: बालेन

नेपालन्युज | 36 minutes ago
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले नेपालको भविष्य सुरक्षित गर्न इमानदार नेतृत्व र दीर्घकालीन सोच अपरिहार्य भएको बताएका छन्। भूकम्प सुरक्षा दिवसको अवसर पारेर सामाजिक सञ्जालमार्फत आफ्नो राजनीतिक यात्राको पृष्ठभूमि सार्वजनिक गर्दै बालेनले देशलाई अब क्षणिक लोकप्रियताभन्दा दिगो नीति आवश्यक रहेको स्पष्ट पारेका हुन्।

पाटेबाघले दिनहुँ चौपाया मार्न थालेपछि रोजीरोटी नै संकटमा पर्‍यो’

नेपालन्युज | 1 hour ago
नकञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ मौरीफाँटामा पाटेबाघको त्रास छाएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आउने बाघले पछिल्लो तीन दिनको अवधिमा आधा दर्जनभन्दा बढी घरपालुवा जनावरलाई मारेको छ। निकुञ्जबाट डमरुसहित बस्ती छिर्ने बाघले साँझ नपर्दै स्थानीयका चौपायामाथि आक्रमण गर्न थालेको छ।

मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु

नेपाल न्युज | 1 hour ago
पर्वत। पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ। राजमार्गको पर्वत खण्ड कालोपत्र सम्पन्न भएको तीन वर्षपछि पुल निर्माण सुरु भएको हो। पर्वतको मोदीगाउँपालिका–२ र पातिचौर–६ डिमुवा जोड्ने गरी पुल निर्माण सुरु भएको पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले जनाएको छ।

हुम्लामा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

नेपालन्युज | 1 hour ago
हुम्ला । जिल्लामा ट्रयाक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । हुम्लाको दक्षिणी भेगमा पर्ने अदानचुली गाउँपालिका-२ स्थित ठूला खोला भन्ने ठाउँमा भे२त २०५५ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा सुम्ला घर भएका अन्दाजी ३० वर्षीय नगेस रावलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक शंकर खड्काले जानकारी दिए ।

माघे सङ्क्रान्तिमा खाना महोत्सव

नेपालन्युज | 1 hour ago
पाँचथर। माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको छ । फिदिम नगरपालिकाको आर्थिक सहयोग तथा नेपाल आदिवासी जनजाति महासङ्घको समन्वयमा नेपाल मगर सङ्घले आयोजना गरेको महोत्सव आज समापन हुनेछ । महोत्सवमा लिम्बू, राई, नेवार, तामाङ, गुरुङ, शेर्पालगायत जातिका मौलिक परिकार आगन्तुकलाई चाख्ने व्यवस्था मिलाइएको छ ।

ट्रम्पले ग्रीनल्याण्डमाथि धावा बोलेपछि फ्रान्सले भन्यो- इयूको ‘रणनीतिक जिम्मेवारी’ रहन्छ

नेपालन्युज | 2 hours ago
पेरिस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षाका कारण वासिङ्टनलाई स्वायत्त ‘डेनिस’ भूमि आवश्यक पर्ने बताएपछि फ्रान्सका विदेशमन्त्री जाँ नोएल ब्यारोँले बिहीबार ग्रीनल्याण्डमा इयूको ‘रणनीतिक जिम्मेवारी’ रहेको बताएका छन्। डेनमार्कले खनिज पदार्थले भरिपूर्ण आर्कटिक टापु अमेरिकाले आफ्नो नियन्त्रणमा लिने लक्ष्य राखेको बताएपछि ब्यारोँको प्रतिक्रिया आएको हो।

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

नेपालन्युज | 2 hours ago
गण्डकी ।चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका कृषि विकास शाखाको आयोजनामा बिहीबार पोखरामा बृहत् कन्दमूल प्रदर्शनी गरिएको छ । युवा पुस्तालाई घर तरुल, वन तरुल, गिट्ठा भ्याकुर, सिमल तरुल, सखरखण्ड, पिँडालु, ओललगायत कन्दमूलबारे जानकारी गराउने उद्देश्यका साथ पोखरा–१७ स्थित ढुुङ्गेसाँघुमा प्रदर्शनी आयोजना गरिएको हो । प्रदर्शनीमा २५ किसिमका कन्दमूल राखिएका थिए ।

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

नेपाल न्युज | 2 hours ago
म्याग्दी। म्याग्दीका एक जना किसानले एक सय २० मुरी धान फलाएका छन्। मङ्गला गाउँपालिका–२ सिमका किसान ध्रुव खत्रीले यस वर्ष उक्त परिणामको धान उत्पादन गरेका हुन्। खत्री सम्भवतः जिल्लामा सबैभन्दा धेरै धान फलाउने किसान भएको दाबी गरिएको छ । खत्रीको दुई तले घरमा राखिएका भकारी धानले भरिएका छन् ।

भविष्य कसको? बहुप्रतिभाशालीको

अनन्त कश्यप घिमिरे | 2 hours ago
शिक्षकले कक्षाकोठामा सात वर्षीय सुरेशलाई ‘चराको चित्र बनाऊ’ भन्नुभयो। उनले चराको साटो अनौठो मेसिनको चित्र बनाए, जसमा पांग्राहरू पनि थिए। शिक्षकले चित्र हेर्दै भन्नुभयो, ‘सुरेश, तिमीले यो के बनायौ? यो त चरा होइन।’ सुरेश मुस्कुराउँदै भन्छन्, ‘सर, यो चरा नै हो, यसले अचेल हिँड्न बिर्सेको हुनाले पांग्रा चाहिएको छ।

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

नेपालन्युज | 3 hours ago
काठमाडौं । आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिवस मनाउनुको उद्देश्य भूकम्पबारे चेतना फैलाउनु र तयारी बढाउनु हो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट जनधनको ठूलो क्षति भएको थियो ।

महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्सले गर्ने

नेपालन्युज | 3 hours ago
काठमाडौँ । आईसीसी महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्सले गर्ने भएको छ । नेपालमा आयोजना हुन लागेका अहिलेसम्मकै सबैभन्दा ठूलो क्रिकेट प्रतियोगितामा १० राष्ट्र सहभागी छन् । प्रतियोगिता आइतबार सुरु हुँदै छ । नेपाल महिला क्रिकेट टिमले पहिलो पटक ग्लोबल छनोट खेल्दै छ । नेपाल समूह ‘बी’ मा छ ।

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

नेपालन्युज | 3 hours ago
ढोरपाटन । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछि स्थानीय बेँसी झरे । अस्थायी रूपमा बसोबास गर्ने र व्यवसायीमात्र यहाँ छन् । पाँच वर्ष अगाडिसम्म हिउँदमा ढोरपाटन सुनसान नै हुन्थ्यो ।

थारू समुदायमा हराउँदै घरको योजना बनाउने चलन

नेपाल न्युज | 3 hours ago
दाङ। थारू समुदायले माघीको पहिलो दिन आफ्नो घरको योजना बनाउने चलन थियो। घरमा भाइहरू छुट्टिने, बिहे गर्ने उमेरका सन्तान भएमा बिहे गर्ने, वर्षभरिको घरको समीक्षा गर्ने, कमाउन कहाँ जाने, खेतीपाती कसरी गर्नेलगायत विषयमा छलफल गरेर निर्णय लिने चलन थियो। तर अहिले त्यो चलन हराउँदै गएको थारू अगुवा रामबहादुर दहितले बताए।

कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न, नतिजा केही दिनमै आउने

नेपाल न्युज | 3 hours ago
कञ्चनपुर। कञ्चनपुरका विभिन्न तालतलैया, नदी र सिमसार क्षेत्रमा यस वर्षको जलपन्छी गणना सम्पन्न भएको छ। सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक जलपन्छीको अवस्था र सङ्ख्या अभिलेख गर्ने उद्देश्यले सञ्चालन गरिएको गणना सकिएको हो।

यस्ता छन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार

नेपाल न्युज | 3 hours ago
काठमाडौँ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा खटिई जाने मतदान अधिकृतको काम, कर्तव्य के–कस्ता हुन्छन् भन्ने आममानिसमा चासो स्वाभाविक नै हुने गरेको छ। त्यसका लागि निर्वाचन आयोगले प्रस्ट रूपमा मतदान अधिकृतको काम, कर्तव्य र अधिकारसमेत निर्धारण गरेको छ।

Explore news by Category