नेपालन्युज
|
31 minutes ago
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि सरकारले घोषणा गरेको सार्वजनिक विदा तथा अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा समेत सर्वोच्च अदालत खुला रहने भएको छ। विशेषगरी बन्दीप्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइलाई निरन्तरता दिन अदालतले तोकिएको अवधिमा निश्चित समयका लागि सेवा सञ्चालन गर्ने जनाएको छ।
नेपालन्युज
|
32 minutes ago
काठमाडौं । सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने ३२ जनालाई प्रहरीले पक्राउ गरेको छ। सामाजिक सञ्जालमार्फत अफवाह, भ्रम फैलाएको, निर्वाचन विरोधी काम गरेको, मतदाता भ्रमित पार्ने गतिविधि गरेको, आचार संहिता उल्लघंन गरेका जस्ता घटनामा संलग्न भएको आरोपमा प्रहरी प्रधान कार्यालयमा रहेको केन्द्रीय निर्वाचन सेलले उनीहरूलाई पक्राउ गरेको जनाएको छ।
नेपालन्युज
|
1 hour ago
काठमाडौं। चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी विशेषज्ञ चिकित्सकसहितको द्रुत कार्यदल (र्यापिड रेस्पोन्स टिम) गठन गरेको छ । वीर अस्पतालका निर्देशक डा दिलीप शर्माले सम्भावित स्वास्थ्य आपत्कालीन अवस्थालाई दृष्टिगत गर्दै टोली गठन बताए ।
नेपालन्युज
|
1 hour ago
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले रामेछापमा सोमबार भएको गाडी दुर्घटनाका घाइतेलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। गृहमन्त्री अर्यालसहितको टोलीले छाउनीस्थित सैनिक अस्पताल पुगेर उपचाररत घाइतेसँग संवाद गरेर अवस्थाबारे जानकारी लिएको उनको सचिवालयले जनाएको छ। रामेछाप २‚ सिरुबारीमा सोमबार भएको निर्वाचन सामग्री बोकेको जिप दुर्घटनामा दुईजनाको मृत्यु भएको थियो। सातजना घाइते भएका थिए।
नेपालन्युज
|
1 hour ago
काठमाडौँ। निर्वाचन आयोगले धनुषा १ का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरेको छ। उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट उम्मेदवारी दिएका थिए। बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुगेपछि उनको उम्मेदवारी खारेज भएको धनुषा क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत मनोज बरालले नेपालन्युजलाई जानकारी दिए।
अनिल श्रेष्ठ
|
1 hour ago
दीप सुवेदी
|
2 hours ago
नेपाल न्युज
|
2 hours ago
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाताले आफ्नो मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र साथै लिएर मतदान केन्द्रमा जानुपर्ने निर्वाचन आयोगले जनाएको छ। यही फागुन २१ गते हुने निर्वाचनमा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारी चालक अनुमतिपत्र पनि मतदानका निम्ति मान्य हुने आयोगले बताएको छ।
नेपालन्युज
|
2 hours ago
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आधिकारिक फेसबुक पेजमा अनाधिकृत पहुँच ‘ह्याक’को प्रयास भएको छ। लामिछानेको फेसबुकमा अनाधिकृत पहुँचको बारम्बार प्रयास भएपछि उनको एकाउन्ट तथा पेज मेटाले ‘लक’ गरिदिएको छ।
नेपाल न्युज
|
3 hours ago
महेन्द्रनगर। कञ्चनपुर निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु भएको छ । पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको आज उपचारका क्रममा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीका अनुसार लालझाडी गाउँपालिका–३ बल्मी घर भई पुनर्बास नगरपालिका–९ सिताबस्तीस्थित जीवनशक्ति आधारभुत मतदानस्थलमा खटिएका निर्वाचन प्रहरी ३५ वर्षीय मानसिंह रानाको मृत्यु भएको हो।
नेपालन्युज
|
3 hours ago
चितवन। भरतपुर महानगरपालिका-६ इन्द्रपुरी चोकनजिकै म्याजिकको ठक्करबाट सोमबार पैदलयात्रुको मृत्यु भएको छ। गीतानगरबाट भरतपुरतर्फ जाँदै गरेको ना १ ज ८५२५ नम्बरको म्याजिकले पैदलयात्री भरतपुर महानगरपालिका-१७ बस्ने ४२ वर्षीय प्रकाश सुनारलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो। ठक्करबाट गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाल न्युज
|
3 hours ago
काठमाडौँ। देशका विभिन्न भागमा सोमबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १५ जनाको मृत्यु भएको छ। केन्द्रीय प्रहरी समाचार कक्षकाअनुसार सर्लाही, सुनसरी, बारा, मकवानपुर, भक्तपुर, चितवन, धादिङ, कास्की, बाँके, रूकुम पूर्व, रूपन्देही र कञ्चनपुरमा भएका सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको हो।
नेपाल न्युज
|
3 hours ago
भक्तपुर। सशस्त्र प्रहरी बल इन्टेलिजेन्ट ब्यूरोको टोलीले सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश बस्तीबाट हतियारसहित एक जना पक्राउ परेका छन् । भक्तपुर जिल्ला प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगका अनुसार गोरखा पालुङटार नगरपालिका–९ का स्थायी बासिन्दा हाल सूर्यविनायक नगरपालिका–८ भुम्डोलमा बसोबास गर्र्दै आएका ३१ वर्षीय आयन सेढाईलाई पक्राउ गरिएको हो।
नेपाल न्युज
|
3 hours ago
सोफिया। बुल्गेरियाका पूर्वराष्ट्रपति रूमेन राडेभले अर्को महिना हुने मध्यावधि निर्वाचनमा भाग लिनका लागि गठबन्धन गरेको मंगलबार घोषणा गरेका छन्। उनको समूह पाँच वर्ष यता भएको आठौँ पटकसम्मको मतदानमा शीर्ष स्थानमा रहेको छ। डिसेम्बरको मध्यमा कन्जरभेटिभ नेतृत्वको सरकारलाई भ्रष्टाचार विरोधी प्रदर्शनले सत्ताबाट हटाएपछि नयाँ राजनीतिक अनिश्चितता निम्त्याएपछि अप्रिल १९ का लागि मतदानको मिति तोकिएको थियो।
नेपालन्युज
|
3 hours ago
काठमाडौँ। रौतहटको गढीमाई नगरपालिका-९ चिल्मिलिया क्षेत्रमा लुटपाट गर्न खोज्ने दुई युवक पक्राउ परेका छन्स। मोटरसाइकलमा सवार यात्रीलाई गएराति लुटपाट गर्न खोज्दै गर्दा सोही ठाउँका २१ वर्षीय सोमनकुमार सहनी र २१ वर्षीय रामेश्वर सहनी पक्राउ परेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलैन्द्र थापाले बताए। लुटपाट गर्न खोज्ने तीनमध्ये एक जना भने फरार रहेका छन्।
नेपाल न्युज
|
3 hours ago
काठमाडौँ। काठमाडौँको नयाँ बानेश्वरमा फोहर बोक्ने टिपरको ठक्करबाट आज स्कुटर चालकको मृत्यु भएको छ। काठमाडौँ महानगरपालिका–३१ मिनभवनस्थित सिभिल अस्पताल नजिक बा२क ३२२९ नम्बरको फोहर बोक्ने टिपरले ठक्कर दिँदा सुनसरीको इनरुवा स्थायी घर भई हाल भक्तपुर बस्ने ४८ वर्षीय बद्री कोइरालाको मृत्यु भएको काठमाडौँ प्रहरीका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।
वीरेन्द्र रमण
|
3 hours ago
नेपाल न्युज
|
3 hours ago
मनिला। फिलिपिन्सको मनिलाबाट करिब दुई घण्टा दक्षिणपूर्वको दुरीमा मङ्गलबार हेलिकप्टर दुर्घटना हुँदा एक जना मलेसियाली नागरिक र एक फिलिपिनो नागरिकको मृत्यु भएको जनाइएको छ। हेलिकप्टरमा दुई मलेसियालीसहित पाँच जना यात्रु रहेको अधिकारीहरूले बताएका छन्। रिजाल प्रान्तीय प्रहरी अधिकारी रामजे पाङ्गाले दुर्घटनामा दुई जना यात्रुको मृत्यु भएको पुष्टि गरेका छन्।
नेपाल न्युज
|
3 hours ago
नेपाल न्युज
|
4 hours ago
काठमाडौँ। प्रतिनिधि सभा निर्वाचनको मौनअवधि सुरू भएकोसँगै राजधानी काठमाडौंको दुई स्थानमा आज बिहान दुई वटा गाडीमा आगजनी गरिएको छ। राजधानीको सुकेधारा र नैकापमा बिहान करिब ३ बजेतिर सो गाडीमा आगजनी गरिएको प्रहरीले जानकारी दिएको छ। आगजनी भएको गाडीमा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंको पर्चा समेत भेटिएको छ।