npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

मिथिला माध्यमिकी परिक्रमा सम्पन्न [फोटो फिचर]

वीरेन्द्र रमण 1 day ago

जनकपुर धाम। जनकपुरधाम नगर क्षेत्रमा अन्तगृह हुँदै मिथिलाको माध्यमिकी परिक्रमा सम्पन्न भएको छ। मिथिलाको धार्मिक–सांस्कृतिक धरोहर मानिने मिथिला मध्यमा परिक्रमा आज १६औँ दिन अन्तगृह (पञ्चकोशी) परिक्रमा गरि सम्मपन्न गरिएको हो।

फागुन औँसीदेखि सुरू भएको १५ रात्रिविश्रामको यो ऐतिहासिक यात्रा जनकपुरधामको रंगभूमि मैदानमा १५औँ दिनको बास बसेपछि मंगलबार मध्यरात कटेसँगै अन्तिम चरणमा प्रवेश गरेको हो।

परम्पराअनुसार १५ स्थानमा रात्रिविश्राम गरी १६औँ दिन पञ्चकोशी परिक्रमा पूरा गरेपछि मात्र मध्यमा यात्रा सम्पन्न भएको मानिन्छ।श्रद्धालुहरू होलिका दहनपछि बाँकी रहेको खरानी उडाउँदै अन्तरगृहको एक फन्को लगाएर अन्त्यमा पवित्र गंगासागर कुण्डमा स्नान गरी यस वर्षको परिक्रमा विधिवत् टुंग्याउँदै छन्।

मिथिला माध्यमिकी परिक्रमामा भगवान मिथिला बिहारी र किशोरीजीको डोलाले प्रतिनिधित्व गर्ने गरेको छ। श्रद्धालुहरु लामबद्ध भएर भगवानको भजन किर्तन गर्दै परिक्रमा घुम्ने चलन रहेको छ।

अन्तगृह परिक्रमा सकेको भोलिपल्ट मिथिलाञ्चल क्षेत्रमा होली मनाउने परम्परा छ।

हेर्नुहोस् तस्बिरमा :

Read more news from नेपाल न्युज

Explore by Source or Category