nabingiri
|
2 hours ago
काठमाडौं । निर्वाचन आयोगले मौन अवधिमा आचारसंहिता उल्लंघन गर्नेहरूलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भिडियो सन्देश जारी गर्दै आचारसंहिता उल्लंघन गर्ने कुनै पनि गतिविधि भएमा आयोगलाई तुरुन्तै जानकारी गराउन आयोगलाई आग्रह गरेका छन् । भण्डारीले मौन अवधिमा ुअनधिकृत कामु बढ्ने चर्चा भइरहेकाले आयोग सचेत र सतर्क रहेको बताए।
nabingiri
|
3 hours ago
काठमाडौं । निर्वाचन आयोगले धनुषा १ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरेको छ । बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुगेपछि उनको उम्मेदवारी खारेज भएको आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले साहको उम्मेदवारी खारेज भएको जानकारी दिए ।
अनलाइन टीभी नेपाल
|
20 hours ago
काठमाडौं । लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर सादगी जीवनशैली अपनाउँछन् । लामो समय नेपाली कांग्रेसको राजनीति गरेर केन्द्रीय कोषाध्यक्षसमेत बनेका ठाकुर पछि तमलोपा गठन गरे । तमलोपा, राजपा, जसपा हुँदै उनी अहिले लोसपाका अध्यक्ष छन् । पटक पटक सांसद र मन्त्रीसमेत भएका ठाकुर आर्थिक रूपमा त्यति विवादमा तानिएका भने छैनन् ।
nabingiri
|
1 day ago
काठमाडौं । सर्लाही ३ का रास्वपा उम्मेदवार नरेन्द्र साह कलवारले आफ्नो चुनावी प्रचारमा हिँडेका सवारीसाधनलाई फ्रिमा पेट्रोल र डिजेल वितरण गरेका छन् । आइतबार रास्वपाको ¥यालीमा हिँडेका मोटरसाइकल र अन्य गाडीलाई बरहथवा नगरपालिकास्थित हिरापुरमा रहेको एक पेट्रोलपम्पमा फ्रिमा पेट्रोल र डिजेल बाँडिएको हो ।
अनलाइन टीभी नेपाल
|
2 days ago
काठमाडौँ – नेपाल सरकारले मध्यपूर्वमा विकसित पछिल्लो घटनाक्रमप्रति गम्भीर चिन्ता व्यक्त गरेको छपरराष्ट्र मन्त्रालय ले आइतबार जारी गरेको विज्ञप्तिमा उक्त क्षेत्रको अवस्थालाई नजिकबाट नियालिरहेको जनाएको छ। मन्त्रालयले सम्बन्धित सबै पक्षलाई अधिकतम संयमता अपनाउन र तनाव थप नबढाउनेतर्फ जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको छ।
अनलाइन टीभी नेपाल
|
2 days ago
काठमाडौँ – चुनावलाई १५ वर्षदेखि ‘ठगीको लाइसेन्स’ बनाएका अमरेशकुमार सिंह तराईको समथर भूगोलजस्तै सरल छैनन्। सर्लाही ४ मा खानेपानीको अभाव, सिँचाइको संकट, जीर्ण सडक, अव्यवस्थित विद्यालय र कलेज जस्ता समस्याबीच यहाँका मतदाता विगत १५ देखि अमरेशको कुशासनबाट पीडित छन्। सर्लाही–४ यतिवेला राष्ट्रिय राजनीतिका दुई फरक धारबीचको प्रतिस्पर्धाको केन्द्र बनेको छ।
अनलाइन टीभी नेपाल
|
2 days ago
काठमाडौँ – सरकारले मध्यपूर्वमा बढ्दो तनावलाई ध्यानमा राख्दै खाडी मुलुक जाने नेपाली कामदारका लागि श्रम स्वीकृति दिन अस्थायी रूपमा स्थगित गरेको जनाएको छ।सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई श्रम स्वीकृति प्रदान गर्दै आएको भए पनि हालको सुरक्षा परिस्थिति संवेदनशील बनेकाले अर्को सूचना जारी नभएसम्म सम्पूर्ण श्रम स्वीकृति प्रक्रिया रोकिएको जानकारी दिएको छ।
अनलाइन टीभी नेपाल
|
2 days ago
काठमाडौँ – मध्यपूर्वमा तनाव उत्पन्न भएसँगै त्रिभुवन विमानस्थलमा उडान रद्द भएर अलपत्र परेका यात्रुलाई नेपाली कांग्रेस निकट लोकतान्त्रिक होटल व्यवसायी संघले सहयोग गर्ने भएको छ । कांग्रेसको शुभेच्छुक संस्थासमेत रहेको लोकतान्त्रिक होटल व्यवसायी संघले विमानस्थलमा अलपत्र परेका यात्रुलाई खाना र बस्नको व्यवस्था गरेको हो ।
अनलाइन टीभी नेपाल
|
2 days ago
काठमाडौँ – आयतोल्लाह अली खामेनी र इरानका शीर्ष सैन्य कमाण्डरहरूको संयुक्त अमेरिकी–इजरायली कारबाहीमा हत्या भएपछि मध्यपूर्व र दक्षिण एसियामा तनाव तीव्र बनेको छ। अमेरिका र इजरायलले इरानको राजधानी तेहरानमा गरेको सैन्य कारबाहीमा खामेनीसहित २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको जनाइएको छ। यस घटनाको विरोधमा कराँचीस्थित अमेरिकी वाणिज्य दूतावास बाहिर उग्र प्रदर्शन भएको छ।
अनलाइन टीभी नेपाल
|
2 days ago
काठमाडौं – एमाले अध्यक्ष केपी ओलीले अब कित्ताकाट गर्ने बेला आएको बताएका छन् । मतदानको चार दिनअघि आइतबार भिडियो सन्देश जारी गर्दै उनले अहिलेकै अवस्थामा रहेर कतै नपुगिने भन्दै कित्ताकाट हुनुपर्ने अवस्था आएको बताए । ओलीले आमजनतालाई ठण्डा दिमागले देश बचाउने कि नबचाउने भनेर सोच्न आग्रह गरेका छन् ।
अनलाइन टीभी नेपाल
|
2 days ago
काठमाडौँ – इरानका सर्वोच्च नेता आयतुल्ला अली खामेनीको हत्या भएमा इरानले अमेरिकी भूमिमा आतङ्कवादी आक्रमण गर्न सक्ने चेतावनी दिइएको छ। अमेरिकी समाचार संस्था सीएनएनए ले आफ्ना प्रमुख गुप्तचर विश्लेषक जोन मिलरलाई उद्धृत गर्दै यस्तो सम्भावित जोखिमबारे रिपोर्ट प्रकाशित गरेको हो।
दिपक गिरी
|
2 days ago
काठमाडौं – पोखरा केन्द्रित कास्की निर्वाचन क्षेत्र नम्बर ३ आगामी प्रतिनिधिसभा निर्वाचनसँगै फेरि एकपटक राजनीतिक रूपमा चासोको केन्द्रमा परेको छ । नेपाली कम्युनिस्ट पार्टीले यस क्षेत्रमा अनुभवी नेता गोपाल गिरीलाई उम्मेदवार बनाउने निर्णय गरेसँगै लामो समय संगठन निर्माणमा सक्रिय रहेका एक नेताको प्रत्यक्ष चुनावी यात्राको सुरुवात भएको छ ।
अनलाइन टीभी नेपाल
|
2 days ago
काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिन र कांग्रेसलाई जिताउन अपिल गरेका छन् । उम्मेदवार मनोनयनको दिन आफू यसपटक उम्मेदवार नबन्ने भनेर रुखको टिकट लिएर आएका सबै उम्मेदवारलाई जिताउन आग्रह गरेका खड्काले आइतबार कांग्रेसलाई जिताउन फेरि अपिल गरेका हुन् ।
अनलाइन टीभी नेपाल
|
2 days ago
काठमाडौं – निर्वाचनको मुखमा रास्वपा छाड्नेको लर्को लागेको छ । रास्वपा छाड्ने अधिकांश नेपाली कांग्रेस प्रवेश गरेका छन् । देशभरि रास्वपाको ह्विम चलेको दाबी गरिए पनि सोही पार्टीका नेता कार्यकर्ताले पार्टी छाड्नुलाई सामान्य मानिएको छैन । रवि लामिछानेले बालेन्द्र साह बालेनलाई भित्र्याएपछि पार्टी छाड्नेको लहर चलेको हो ।
अनलाइन टीभी नेपाल
|
2 days ago
काठमाडौं – नेपाली कांग्रेसले आइतबार काठमाडौं उपत्यकामा ६ वटा चुनावी सभा गर्ने भएको छ । चुनावी सभाहरूमा पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले सम्बोधन गर्ने भएका छन् । दिउँसो १ बजे काठमाडौं १० को कीर्तिपुरमा हुने चुनावी सभामा सभापति थापा र प्रवक्ता देवराज चालिसेले सम्बोधन गर्नेछन् ।
अनलाइन टीभी नेपाल
|
2 days ago
काठमाडौं – राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाई फेरि पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले उनलाई आइतबार बिहान भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको हो ।प्रसाईको पारिवारिक स्रोतका अनुसार आज बिहान ६ बजे नै भक्तपुरको प्रहरी टोली निवास वरिपरि तैनाथ थियो ।
अनलाइन टीभी नेपाल
|
2 days ago
काठमाडौं – इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्यु भएको छ । इरानको सरकारी टेलिभिजनले अयातोल्लाह अली खामेनीको मृत्यु भएको पुष्टि गरेको छ । एक जना आँसुले भरिएको सरकारी टिभी प्रस्तोताले खामेनीको मृत्युको घोषणा गरे र देशले ४० दिनको शोक मनाउने बताए ।
अनलाइन टीभी नेपाल
|
2 days ago
काठमाडौँ – कतारमा हुने हवाई उडान बन्द भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण का सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार दोहा स्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थल तत्कालका लागि बन्द गर्ने निर्णय भएपछि आजका लागि तय भएका सबै उडान रोकिएका हुन्। विमानस्थल बन्द भएसँगै नेपालबाट दोहा जाने तथा त्यहाँबाट आउने उडान स्वतः स्थगित भएको उनले बताए।
अनलाइन टीभी नेपाल
|
3 days ago
काठमाडौँ – बलरा नगरपालिका–१० सुदामा बसोबास गर्दै आएका करिब ६० वर्षीय भनु महतो र उनकी ५६ वर्षीया श्रीमती निर्मलादेवी महतो झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। प्रहरीका अनुसार दम्पतीको शव घरबाट करिब पाँच सय मिटर उत्तर–पश्चिम दिशामा रहेको गोठघरभित्र बाँसको बलोमा प्लास्टिकको डोरी प्रयोग गरी झुण्डिएको अवस्थामा भेटिएको हो।
अनलाइन टीभी नेपाल
|
3 days ago
काठमाडौँ – निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेको आरोपमा ८ जनालाई कारबाही गरेको छ भने ९४ जनालाई स्पष्टीकरण सोधेको छ। आयोगका कानुन अधिकृत मोहनराज जोशी का अनुसार राजनीतिक दल र उम्मेदवारबाट प्राप्त ५७ वटा स्पष्टीकरणको जवाफ प्राप्त भइसकेको छ भने छ जनालाई पुनः स्पष्टीकरण सोधिएको छ।