अनलाइन टीभी नेपाल
|
41 minutes ago
काठमाडौं – निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षलाई छलफलका लागि बोलाएको छ । आयोगले शुक्रबार दिउँसो २ बजे पदाधिकारी र सदस्यलाई छलफलका लागि बोलाएको हो ।
अनलाइन टीभी
|
1 hour ago
नेपालगन्ज – यही माघ २३ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली चलचित्र ‘कुमारी’को निर्माण टिमले बाँकेको नेपालगन्जबाट देशव्यापी साङ्गीतिक यात्रा सुरु गरेको छ। चलचित्रको प्रचार–प्रसारलाई तीव्रता दिने उद्देश्यले आयोजित ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा’ नेपालगन्जमा भव्य रूपमा सम्पन्न भएको छ।
अनलाइन टीभी
|
2 hours ago
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई फौजदारी मुद्दाबाट उन्मुक्ति दिन गोर्खा मिडियाका अध्यक्ष जिबी राई र छविलाल जोशीको मुद्दा पनि फिर्ता लिने तयारीमा सरकार लागेको छ । सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ताको कार्यालयले शुक्रबार यसअघि रविको मात्र मुद्दा फिर्ता गर्ने निर्णयमा संशोधन गर्न लागिएको छ ।
अनलाइन टीभी
|
3 hours ago
काठमाडौं । कांग्रेसको संस्थापन पक्ष आधिकारिकताको माग गर्न शुक्रबार निर्वाचन आयोग गएको छ । कानुन व्यवसायीसँगको परामर्शपछि कार्यबाहक सभापति पूर्णबहादुर खड्कासहितका पदाधिकारी आयोग पुगेका हुन् । उनीहरूले केन्द्रीय कार्यसमितिमा आफ्नो बहुमत रहेको र विशेष महाधिवेशन केन्द्रीय कार्यसमितिले आह्वान नगरेकाले वैधता नभएको दाबी गरिएको छ ।
अनलाइन टीभी
|
3 hours ago
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शुक्रबार पत्रकार सम्मेलन गर्दैछन् । गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति घोषणा गरेपछि उनले पत्रकार सम्मेलन गर्न लागेका हुन् । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरिएको बताए।
अनलाइन टीभी
|
18 hours ago
अनलाइन टीभी नेपाल
|
20 hours ago
काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय समिति बैठकका निर्णय र पार्टी विवरण अद्यावधिक गर्न नेताहरू निर्वाचन आयोग पुगेपछि शेरबहादुर देउवा पक्ष कानुनी परामर्शमा लागेको छ । बिहीबार बसेको केन्द्रीय समितिको बैठकले गरेका निर्णय र विवरण अध्यावधिकका लागि सभापति थापा, उपसभापति विश्वप्रकाश शर्मासहितका नेताहरू आयोग पुगेका हुन् ।
अनलाइन टीभी नेपाल
|
1 day ago
अनलाइन टीभी नेपाल
|
1 day ago
काठमाडौं । सरकारले रास्वपा सभापति रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिएकोमा जेनजी मुभमेन्ट नेपालले आपत्ति जनाएको छ । प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनमा महान्यायाधिवक्ता कार्यालयले बुधबार राति रविविरुद्ध मुलुकका विभिन्न जिल्ला अदालतमा चलेका संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने निर्णय गरेको थियो ।
अनलाइन टीभी नेपाल
|
1 day ago
काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयले रास्वपा सभापति रवि लामिछानेविरुद्ध लगाइएका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अभियोगपत्र संशोधन गर्ने निर्णय गरेको छ । मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ को व्यवस्थाअनुसार अभियोगपत्र संशोधनका लागि सम्बन्धित जिल्ला सरकारी वकिलको कार्यालयलाई अनुमति दिइएको हो ।
अनलाइन टीभी नेपाल
|
1 day ago
काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको नाम घोषणा गरिएको छ । काठमाडौँमा आइतबारदेखि जारी विशेष महाधिवशेनबाट आज पार्टी सभापतिमा गगनकुमार थापा उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल तथा महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे निर्वाचित भएको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले जानकारी दिए ।पार्टीको सहमहामन्त्री डा.
अनलाइन टीभी नेपाल
|
1 day ago
काठमाडौं – कांग्रेसलाई विभाजन हुनबाट रोक्न महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले आठ बुँदे अन्तिम प्रस्ताव पठाएको छ । यदि यो प्रस्ताव मान्न संस्थापन पक्ष तयार भएमा कांग्रेस विभाजन हुनबाट रोकिनेछ ।
अनलाइन टीभी
|
1 day ago
काठमाढौं । अहिलेको राजनीतिक परिदृश्य हेर्दा धेरैलाई कांग्रेस विभाजित भइसक्यो भन्ने लागेको छ । तर ठ्याक्कै त्यस्तो पनि होइन । यदि विशेष महाधिवेशन पक्षसँग बहुमत नभएको भए पुस २७ गते नै सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई निस्कासन गरिसक्थे ।
अनलाइन टीभी
|
1 day ago
काठमाडौं । कांग्रेसलाई विभाजन हुनबाट रोक्न महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले आठ बुँदे अन्तिम प्रस्ताव पठाएको छ । यदि यो प्रस्ताव मान्न संस्थापन पक्ष तयार भएमा कांग्रेस विभाजन हुनबाट रोकिनेछ ।
अनलाइन टीभी नेपाल
|
2 days ago
काठमाडौं l नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा भएको वार्ता सहमति बिना टुंगिएको छ। सहभागी पक्षहरूबीच विवादित विषयमा एकमत नबनेपछि बैठक निष्कर्षविहीन बनेको हो। स्रोतका अनुसार वार्ताका क्रममा वातावरण तिक्त बन्दै गएपछि सहमति जुट्न सकेन। केही सहभागीहरूको भनाइमा, छलफलका क्रममा सभापति देउवाको व्यवहार ‘कठोर र असहिष्णु’ देखिएको दाबी गरिएको छ।
अनलाइन टीभी
|
2 days ago
काठमाडौं, २९ पुस । जनमत पार्टीकी केन्द्रीय सदस्य एवं खस आर्यको राष्ट्रिय संयोजक लक्ष्मी खड्काले पार्टी अध्यक्ष सिके राउतले समानुपातिक उम्मेदवार छान्दा पैसाको लिएको बताएकी छन् । रिपोर्टर्स क्लब नेपालमा आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै उनले जनमतका अध्यक्ष राउतले समानुपातिक सिट करोडभन्दा माथिमा बेचेको आरोप लगाएकी हुन् ।
अनलाइन टीभी नेपाल
|
3 days ago
काठमाडाैं । राष्ट्रिय जनमत पार्टीका केन्द्रीय नेता त्रिभुवन कुमार सिंह, दाँत रोग विशेषज्ञ डा. साकिल अहमद सहित ५०० जना भन्दा बढी नेता तथा कार्यकर्ताहरूले विभिन्न राजनीतिक दल परित्याग गर्दै उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका छन्।
अनलाइन टीभी नेपाल
|
3 days ago
काठमाडौँ । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरको आह्वानमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनको दोस्रो दिनको बन्दसत्रले डेमोक्रेटिक लयर्स एसोसियसन (डिएलए)का अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम केसीको अध्यक्षतामा निर्वाचन समिति गठन गरेको छ ।
अनलाइन टीभी नेपाल
|
3 days ago
गायक शान भुषालको स्वरमा तयार भएको नयाँ रोमान्टिक गीत ‘संगी’ सार्वजनिक भएको छ। कपिलराज गिरिको शब्द र शानकै संगीतमा तयार भएको यस गीतमा फिमेल भोकलका रूपमा सलिना बिकेले साथ दिएकी छन्। गीतको अडियो निकै कर्णप्रिय रहेको छ। गीतको भिडियोमा अभिनेता पल शाह र अभिनेत्री सजिना श्रेष्ठ फिचर छन्।
अनलाइन टीभी नेपाल
|
3 days ago
नेपाली कांग्रेसभित्र आज देखिएको गतिविधि केवल एउटा कार्यक्रम वा भाषणमा सीमित छैनस यो पार्टीको आन्तरिक लोकतन्त्रबारे उठेको गम्भीर प्रश्न र सम्भावनाको संकेत हो। राजनीतिक रूपमा हेर्दा कांग्रेसले सुध्रिनु देशको लोकतान्त्रिक स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय हो। किनकि लोकतन्त्र चलाउन, कम्तीमा एउटा दलले त आफ्नै संरचनाभित्र लोकतान्त्रिक अभ्यास गर्न सक्नुपर्छ।