npl.977 Nepal News Stream

Online Tv Nepal logo Online Tv Nepal

सर्लाहीमा दम्पती झुण्डिएको अवस्थामा मृत फेला

अनलाइन टीभी नेपाल 3 days ago

काठमाडौँ – बलरा नगरपालिका–१० सुदामा बसोबास गर्दै आएका करिब ६० वर्षीय भनु महतो र उनकी ५६ वर्षीया श्रीमती निर्मलादेवी महतो झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। प्रहरीका अनुसार दम्पतीको शव घरबाट करिब पाँच सय मिटर उत्तर–पश्चिम दिशामा रहेको गोठघरभित्र बाँसको बलोमा प्लास्टिकको डोरी प्रयोग गरी झुण्डिएको अवस्थामा भेटिएको हो।

शनिबार बिहान करिब ८ बजे स्थानीयले शव देखेपछि तत्काल इलाका प्रहरी कार्यालय गडहिया मा खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालय सर्लाही बाट फरेन्सिक टोलीसमेत परिचालन गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी सरोज राईका अनुसार घटनाको कारणबारे हालसम्म यकिन भइसकेको छैन। दम्पतीले आत्महत्या गरेको प्रारम्भिक अनुमान गरिए पनि वास्तविक कारण खुल्न बाँकी रहेको र विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Read more news from Online Tv Nepal

Explore by Source or Category