npl.977 Nepal News Stream

Online Tv Nepal logo Online Tv Nepal

मध्यपूर्व तनावबीच खाडी मुलुकका लागि श्रम स्वीकृति स्थगित

अनलाइन टीभी नेपाल 2 days ago

काठमाडौँ – सरकारले मध्यपूर्वमा बढ्दो तनावलाई ध्यानमा राख्दै खाडी मुलुक जाने नेपाली कामदारका लागि श्रम स्वीकृति दिन अस्थायी रूपमा स्थगित गरेको जनाएको छ।सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई श्रम स्वीकृति प्रदान गर्दै आएको भए पनि हालको सुरक्षा परिस्थिति संवेदनशील बनेकाले अर्को सूचना जारी नभएसम्म सम्पूर्ण श्रम स्वीकृति प्रक्रिया रोकिएको जानकारी दिएको छ।

सरकारका अनुसार इजरायल, अमेरिका ले इरानमा गरेको मिसाइल आक्रमणपछि क्षेत्रीय अवस्था जटिल बनेको छ। यसको प्रभाव यूएई, कतार, ओमान र कुवेतलगायतका खाडी राष्ट्रहरूमा पर्न सक्ने आँकलन गरिएको छ।

सरकारले वैदेशिक रोजगारीका लागि विमानस्थलमा पुगेका वा यात्रा तयारीमा रहेका नागरिकलाई तत्काल यात्रा नगरी सुरक्षित रूपमा घर फर्कन आग्रह गरेको छ। बढ्दो क्षेत्रीय अस्थिरताका कारण हवाई उडान, आवतजावत र श्रमिक सुरक्षामा जोखिम हुन सक्ने भएकाले यस्तो निर्णय गरिएको जनाइएको छ।

Read more news from Online Tv Nepal

Explore by Source or Category