npl.977 Nepal News Stream

Online Tv Nepal logo Online Tv Nepal

मध्यपूर्व घटनाक्रमप्रति नेपाल सरकारको गम्भीर चिन्ता

अनलाइन टीभी नेपाल 2 days ago

काठमाडौँ – नेपाल सरकारले मध्यपूर्वमा विकसित पछिल्लो घटनाक्रमप्रति गम्भीर चिन्ता व्यक्त गरेको छपरराष्ट्र मन्त्रालय ले आइतबार जारी गरेको विज्ञप्तिमा उक्त क्षेत्रको अवस्थालाई नजिकबाट नियालिरहेको जनाएको छ। मन्त्रालयले सम्बन्धित सबै पक्षलाई अधिकतम संयमता अपनाउन र तनाव थप नबढाउनेतर्फ जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको छ।

विज्ञप्तिमा सर्वसाधारण नागरिकको सुरक्षा सुनिश्चित गर्न अपिल गर्दै नेपालले कुनै पनि प्रकारका मतभेद र विवादहरू कूटनीति र संवादमार्फत समाधान गरिनुपर्नेमा जोड दिएको छ। साथै, अमेरिकाको बडापत्र तथा अन्तर्राष्ट्रिय कानुनअनुसार सबै राष्ट्रको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गरिनुपर्छ भन्नेमा नेपाल दृढ रहेको उल्लेख गरिएको छ।

नेपालले नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाको पालना हुनुपर्ने तथा अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्ने दायित्व सबै पक्षले निर्वाह गर्नुपर्ने आफ्नो धारणा पुनः दोहोर्‍याएको छ।

Read more news from Online Tv Nepal

Explore by Source or Category