npl.977 Nepal News Stream

Online Tv Nepal logo Online Tv Nepal

खामेनीको हत्यापछि अमेरिकी भूमिमा आक्रमणको जोखिमबारे चेतावनी

अनलाइन टीभी नेपाल 2 days ago

काठमाडौँ – इरानका सर्वोच्च नेता आयतुल्ला अली खामेनीको हत्या भएमा इरानले अमेरिकी भूमिमा आतङ्कवादी आक्रमण गर्न सक्ने चेतावनी दिइएको छ। अमेरिकी समाचार संस्था सीएनएनए ले आफ्ना प्रमुख गुप्तचर विश्लेषक जोन मिलरलाई उद्धृत गर्दै यस्तो सम्भावित जोखिमबारे रिपोर्ट प्रकाशित गरेको हो। मिलरका अनुसार, विगतमा इरानले अमेरिकी राष्ट्रपति ट्रम्प लगायत केही व्यक्तिलाई लक्षित गर्ने प्रयास गरेको आरोप लागे पनि, ठूलो स्तरमा धेरै जनधन क्षति हुने खालको आक्रमणको योजना भने उसले अघि सारेको देखिएको थिएन। उनका शब्दमा, “त्यो एउटा रेखा थियो जुन उनीहरूले कहिल्यै पार गर्न चाहेनन्।”

अमेरिकी अधिकारीहरूले इरानले इरानका आलोचक मसिह अलिनेजाद, ट्रम्पका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टन तथा ट्रम्प स्वयंलाई समेत निशाना बनाउने योजनाहरू विफल पारेको दाबी गरेका छन्। तर मिलरका अनुसार, यदि इरानको नेतृत्वमाथि प्रत्यक्ष र गम्भीर आघात पुग्यो भने अवस्था फरक हुन सक्छ। उनले चेतावनी दिँदै भनेका छन् कि कठिन समयमा शासनको प्रतिक्रिया अझ कठोर हुन सक्छ र व्यापक क्षति पुर्‍याउने उद्देश्यका साथ आक्रमणको सम्भावना पनि बढ्न सक्छ।

उनले “आक्रमणको मोडमा सबैभन्दा खतरनाक जनावर घाइते जनावर हो” भन्ने उपमा दिँदै इरानको सम्भावित प्रतिक्रियालाई गम्भीर रूपमा लिनुपर्ने बताएका छन्। विश्लेषकहरूको आकलन अनुसार, अमेरिका–इरानबीचको लामो समयदेखिको तनावपूर्ण सम्बन्धका कारण यस्ता घटनाले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सुरक्षामा ठूलो प्रभाव पार्न सक्छ।

Read more news from Online Tv Nepal

Explore by Source or Category