npl.977 Nepal News Stream

Online Tv Nepal logo Online Tv Nepal

निर्वाचन आयोगद्वारा आचारसंहिता उल्लङ्घनका मुद्दामा कारबाही

अनलाइन टीभी नेपाल 3 days ago

काठमाडौँ – निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेको आरोपमा ८ जनालाई कारबाही गरेको छ भने ९४ जनालाई स्पष्टीकरण सोधेको छ। आयोगका कानुन अधिकृत मोहनराज जोशी का अनुसार राजनीतिक दल र उम्मेदवारबाट प्राप्त ५७ वटा स्पष्टीकरणको जवाफ प्राप्त भइसकेको छ भने छ जनालाई पुनः स्पष्टीकरण सोधिएको छ।

आयोगले राजनीतिक दल, उम्मेदवार, सरकारी तथा गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारहरूमाथि पनि आवश्यक स्पष्टीकरण सोधेको छ। दर्ता भएका सञ्चारमाध्यम र त्यहाँ आबद्ध पत्रकारलाई भने प्रेस काउन्सिल नेपालमार्फत स्पष्टीकरण लिन गरिएको छ।

देशभरबाट हालसम्म १,०७६ वटा उजुरी आयोगमा दर्ता भएकोमा १,०६१ वटा उजुरीमा किनारा लगाइएको छ। सबैभन्दा बढी उजुरी लुम्बिनी प्रदेश बाट प्राप्त भएका छन्।

Read more news from Online Tv Nepal

Explore by Source or Category