npl.977 Nepal News Stream

Online Tv Nepal logo

Online Tv Nepal

Nepal number's 1 filmy news portal

वरिष्ठ कानुन व्यवसायी सबै गगन–विश्वको पक्षमा, देउवा पक्षलाई टेन्सन

अनलाइन टीभी नेपाल | 10 hours ago
काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय समिति बैठकका निर्णय र पार्टी विवरण अद्यावधिक गर्न नेताहरू निर्वाचन आयोग पुगेपछि शेरबहादुर देउवा पक्ष कानुनी परामर्शमा लागेको छ । बिहीबार बसेको केन्द्रीय समितिको बैठकले गरेका निर्णय र विवरण अध्यावधिकका लागि सभापति थापा, उपसभापति विश्वप्रकाश शर्मासहितका नेताहरू आयोग पुगेका हुन् ।

रविविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिए देशभर आन्दोलन गर्ने जेनजी मुभमेन्टको चेतावनी

अनलाइन टीभी नेपाल | 14 hours ago
काठमाडौं । सरकारले रास्वपा सभापति रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिएकोमा जेनजी मुभमेन्ट नेपालले आपत्ति जनाएको छ । प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनमा महान्यायाधिवक्ता कार्यालयले बुधबार राति रविविरुद्ध मुलुकका विभिन्न जिल्ला अदालतमा चलेका संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने निर्णय गरेको थियो ।

महान्यायाधिवक्ता कार्यालयको मुद्दा फिर्ताको निर्णयसँगै रविलाई कार्यकारी अधिकारको बाटो खुल्यो

अनलाइन टीभी नेपाल | 18 hours ago
काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयले रास्वपा सभापति रवि लामिछानेविरुद्ध लगाइएका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अभियोगपत्र संशोधन गर्ने निर्णय गरेको छ । मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ को व्यवस्थाअनुसार अभियोगपत्र संशोधनका लागि सम्बन्धित जिल्ला सरकारी वकिलको कार्यालयलाई अनुमति दिइएको हो ।

कांग्रेस विशेष महाधिवेशनबाट यस्तो बन्यो गगन थापाको टिम

अनलाइन टीभी नेपाल | 18 hours ago
काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको नाम घोषणा गरिएको छ । काठमाडौँमा आइतबारदेखि जारी विशेष महाधिवशेनबाट आज पार्टी सभापतिमा गगनकुमार थापा उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल तथा महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे निर्वाचित भएको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले जानकारी दिए ।पार्टीको सहमहामन्त्री डा.

पार्टी फुटबाट जोगाउन गगन र विश्वले पठाए आठबुँदे यस्तो अन्तिम पत्र

अनलाइन टीभी नेपाल | 1 day ago
काठमाडौं – कांग्रेसलाई विभाजन हुनबाट रोक्न महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले आठ बुँदे अन्तिम प्रस्ताव पठाएको छ । यदि यो प्रस्ताव मान्न संस्थापन पक्ष तयार भएमा कांग्रेस विभाजन हुनबाट रोकिनेछ ।

कांग्रेसमा संस्थापन र विशेष महाधिवेशन पक्षधर नै चाहँदैनन् फुट

अनलाइन टीभी | 1 day ago
काठमाढौं । अहिलेको राजनीतिक परिदृश्य हेर्दा धेरैलाई कांग्रेस विभाजित भइसक्यो भन्ने लागेको छ । तर ठ्याक्कै त्यस्तो पनि होइन । यदि विशेष महाधिवेशन पक्षसँग बहुमत नभएको भए पुस २७ गते नै सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई निस्कासन गरिसक्थे ।

पार्टी फुटबाट जोगाउन गगन र विश्वले पठाए आठबुँदे यस्तो अन्तिम पत्र

अनलाइन टीभी | 1 day ago
काठमाडौं । कांग्रेसलाई विभाजन हुनबाट रोक्न महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले आठ बुँदे अन्तिम प्रस्ताव पठाएको छ । यदि यो प्रस्ताव मान्न संस्थापन पक्ष तयार भएमा कांग्रेस विभाजन हुनबाट रोकिनेछ ।

सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच भएको छलफल बिनानिष्कर्ष टुंगिएको छ।

अनलाइन टीभी नेपाल | 1 day ago
काठमाडौं l नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा भएको वार्ता सहमति बिना टुंगिएको छ। सहभागी पक्षहरूबीच विवादित विषयमा एकमत नबनेपछि बैठक निष्कर्षविहीन बनेको हो। स्रोतका अनुसार वार्ताका क्रममा वातावरण तिक्त बन्दै गएपछि सहमति जुट्न सकेन। केही सहभागीहरूको भनाइमा, छलफलका क्रममा सभापति देउवाको व्यवहार ‘कठोर र असहिष्णु’ देखिएको दाबी गरिएको छ।

समानुपातिक सिटको लागि सिके राउतले गरे करोडौंको बार्गेनिङ : लक्ष्मीले गरिन भण्डाफोर

अनलाइन टीभी | 2 days ago
काठमाडौं, २९ पुस । जनमत पार्टीकी केन्द्रीय सदस्य एवं खस आर्यको राष्ट्रिय संयोजक लक्ष्मी खड्काले पार्टी अध्यक्ष सिके राउतले समानुपातिक उम्मेदवार छान्दा पैसाको लिएको बताएकी छन् । रिपोर्टर्स क्लब नेपालमा आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै उनले जनमतका अध्यक्ष राउतले समानुपातिक सिट करोडभन्दा माथिमा बेचेको आरोप लगाएकी हुन् ।

विभिन्न दल परित्याग गरी ५०० भन्दा बढी नेता–कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश

अनलाइन टीभी नेपाल | 2 days ago
काठमाडाैं । राष्ट्रिय जनमत पार्टीका केन्द्रीय नेता त्रिभुवन कुमार सिंह, दाँत रोग विशेषज्ञ डा. साकिल अहमद सहित ५०० जना भन्दा बढी नेता तथा कार्यकर्ताहरूले विभिन्न राजनीतिक दल परित्याग गर्दै उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका छन्।

डिएलए अध्यक्ष केसीको संयोजकत्वमा निर्वाचन समिति गठन

अनलाइन टीभी नेपाल | 2 days ago
काठमाडौँ । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरको आह्वानमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनको दोस्रो दिनको बन्दसत्रले डेमोक्रेटिक लयर्स एसोसियसन (डिएलए)का अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम केसीको अध्यक्षतामा निर्वाचन समिति गठन गरेको छ ।

शान र सलिनाको ‘संगी’ सार्वजनिक, पल–सजिनाको रोमान्टिक केमेस्ट्री

अनलाइन टीभी नेपाल | 3 days ago
गायक शान भुषालको स्वरमा तयार भएको नयाँ रोमान्टिक गीत ‘संगी’ सार्वजनिक भएको छ। कपिलराज गिरिको शब्द र शानकै संगीतमा तयार भएको यस गीतमा फिमेल भोकलका रूपमा सलिना बिकेले साथ दिएकी छन्। गीतको अडियो निकै कर्णप्रिय रहेको छ। गीतको भिडियोमा अभिनेता पल शाह र अभिनेत्री सजिना श्रेष्ठ फिचर छन्।

कांग्रेसलाई जेनजी भावना राउतको सन्देश– लोकतन्त्र, प्रश्न गर्ने साहस र नागरिक चेतनाको जित होस्

अनलाइन टीभी नेपाल | 3 days ago
नेपाली कांग्रेसभित्र आज देखिएको गतिविधि केवल एउटा कार्यक्रम वा भाषणमा सीमित छैनस यो पार्टीको आन्तरिक लोकतन्त्रबारे उठेको गम्भीर प्रश्न र सम्भावनाको संकेत हो। राजनीतिक रूपमा हेर्दा कांग्रेसले सुध्रिनु देशको लोकतान्त्रिक स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय हो। किनकि लोकतन्त्र चलाउन, कम्तीमा एउटा दलले त आफ्नै संरचनाभित्र लोकतान्त्रिक अभ्यास गर्न सक्नुपर्छ।

डरायो देउवा पक्ष, गगन र विश्वप्रकाशसँग वार्ता गर्न खड्का र लेखकलाई जिम्मा

अनलाइन टीभी नेपाल | 3 days ago
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन पक्षसँग एकताको आह्वान गर्न कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई निर्देशन दिएका छन् । सोमबार बिहान आफू निकट पदाधिकारीसँगको छलफलपछि देउवाले खड्का र नेता रमेश लेखकलाई यस्तो निर्देशन दिएका हुन् ।

कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित, देउवा नेतृत्वको कार्यसमिति विघटन प्रस्ताव

अनलाइन टीभी नेपाल | 3 days ago
काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्रले ‘नेपाली कांग्रेस विशेष केन्द्रीय महाधिवेशन कार्यविधि –२०८२’ पारित गरेको छ । पुस २७ गतेदेखि सुरु भएको विशेष महाधिवेशनको बन्दसत्रले कार्यविधि पारित गरेको हो । बन्दसत्रमा विश्वप्रकाश शर्माले ‘बदलिएको देश÷बदल्नुपर्ने कांग्रेस सद्भाव, समुन्नतिको नवीन यात्रा’ सम्बन्धी प्रतिवेदन पेस गरेका छन् ।

रास्वपाकी उर्मिला भुर्तेत काठमाडौं–५ मा उठ्ने, दिइन् उम्मेदवारी

अनलाइन टीभी नेपाल | 3 days ago
काठमाडौं । रास्वपा नेतृ खेमकुमारी (उर्मिला) भुर्तेलले काठमाडौं–५ बाट उम्मेदवार बन्न पार्टीमा निवेदन दिएकी छन् । रास्वपाले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षका लागि आह्वान गरेकोमा उर्मिलाले कांग्रेस युवा नेता प्रदीप पौडेलले जितेको काठमाडौं–५ बाट उम्मेदवार बन्न निवेदन दिएकी हुन् । झापा घर भएकी उर्मिला २०७९ को निर्वाचनमा महोत्तरी–४ बाट उम्मेदवार बनेकी थिइन् ।

गगन र विश्वप्रकाश पुगे विशेष महाधिवेशनको बन्दसत्रमा

अनलाइन टीभी नेपाल | 3 days ago
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनस्थल पुगेका छन् । सोमबार बिहान ११ बजेलाई सारिएको बन्दसत्रमा सहभागी बन्न थापा र शर्मा विशेष महाधिवेशनस्थल पुगेका हुन् । महामन्त्री शर्मा १० बजेपछि नै पुगेका थिए । अर्का महामन्त्री थापा भने केही बेर अघि मात्र भृकुटीमण्डपमा पुगेका छन् ।

बहुमत प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा हुँदा पनि देउवा बन्दसत्रमा नजाने

अनलाइन टीभी | 3 days ago
काठमाडौं । बहुमत प्रतिनिधि एकातिर उभिँदा पनि कांग्रेस सभापति आफ्नो हठमा कायमै रहेका छन् । उनी विशेष महाधिवेशन पक्षदे आयोजना गरेको बन्दसत्रमा सहभागी नहुने भएका छन् । सभापति देउवा सोमबार बिहान भृकुटीमण्डपस्थित कार्यक्रमस्थलमा जाने भनी सामाजिक सञ्जालमा फैलाइएको सूचनामा कुनै सत्यता नरहेको उनको सचिवालयले स्पष्ट पारेको छ।

Explore news by Category