npl.977 Nepal News Stream

उकालो logo

उकालो

उकालो मुनाफा वितरण नगर्ने सञ्चार माध्यम हो ।

किसानको गधा र ओलीको कथा

भवानी बराल | 13 hours ago
एकादेशको कुनै गाउँमा महामारी फैलँदा एक किसानको परिवारका धेरै सदस्य बितेछन्। महामारीमा बुढो किसान, उनको सानो नाति र एउटा बुढो गोरु मात्रै बाँचेछन्। अब बुढो किसानसँग जीविकाको अन्य साधन र जनशक्ति रहेन। एउटै साधन बुढो गधा मात्रै बाँकी रह्यो। अशक्त गधाबाट काम लिन गाह्रो भइरहेको थियो। त्यही बेला गाउँलेले बुढो गधालाई मवेसी (पशु हाट) मा बेचेर तन्नेरी गधा ल्याउन सल्लाह दिएछन्। बुढो किसान सल्लाह स्विकार्दै गधा लिएर मवेसीतिर लागे। बुढो किसान गधा घिच्च्याउन थाले, नाति गधा धपाउने काममा लाग्यो।

‘प्रवासबाट मतदान गर्न कम्तीमा ४-५ वर्षको तयारी हुनुपर्थ्यो’

उकालो | 1 day ago
विदेशमा बस्ने नेपालीले त्यहीँबाट नेपालको निर्वाचनमा भोट हाल्न सक्ने अवस्था छैन। निर्वाचन सम्बन्धी कानून अनुसार मतादाताले आफ्नो नामावली दर्ता भएको ठाउँमा गएर मात्र मत खसाल्नुपर्छ। यस्तो प्रावधानले विदेशमा रहेका लाखौँ नेपाली मतदानबाट वञ्चित छन्। स्वदेशमै भएर पनि काम, अध्ययन वा अन्य सिलसिलामा थातथलोबाट टाढा रहेकाहरूले भोट खसाल्ने व्यवस्था छैन। फागुन २१ मा निर्वाचन तोकिएसँगै विदेशमा रहेका नेपालीको मताधिकारको विषयमा चर्चा चुलिएको छ। यसका निम्ति सरकारले पनि गृहकार्य गरिरहेको बताएको छ।

हामीले अँध्यारो हटायौँ, अब उज्यालोले प्रकृति बरवाद पार्दैछ

निर्जेश गौतम | 1 day ago
लामो समययता बत्ती र उज्यालोजन्य साधन मानव जातिका महानतम् आविष्कारमध्ये एक हो। रातभर बत्ती बालेर अध्येता र अनुसन्धानकर्ताले गहिरो अध्ययन गरेका कथाहरूले उज्यालो कसरी ज्ञान र उपलब्धिको एक अकण्टक साथी बन्यो भनेर याद दिलाउँछ। अहिले आएर उज्यालो/बत्ती पर्व/उत्सव र आनन्दको अविभाज्य तत्त्व बनेको छ। तर तेलको दियो, मैनबत्ती र, धेरै पछि, बिजुलीको चिम र एलईडीको आविष्कार हुनुअघि, जगतका प्राणीहरू बाँच्ने सन्दर्भमा यो धर्ती बिलकुलै फरक थियो।

ओहो, त्यो–यो नेपालगन्ज

रामेश्वर बोहरा | 2 days ago
गत कात्तिक अन्तिमतिर भर्खर ६ वर्ष पुगेकी छोरी रायनाले अचानक एउटा अप्रत्याशित प्रश्न तेर्स्याइन्– “बाबा, मैले रनिङ कम्पिटिसन/इभेन्टमा रन गरेको छु?” उत्तर स्वाभाविक थियो– छैन। “मलाई रनिङ कम्पिटिसनमा जान मन छ, कहिले जान पाइन्छ?” उनको अर्को प्रश्न अझै अप्रत्याशित थियो। त्यसदिन केही बेरपछिका लागि एउटा कफी भेट तय थियो। नेपालगन्ज म्याराथनका परिकल्पनाकार तथा संस्थापक टीएस ठकुरी आएका बेला सामान्यतया कफी भेट छुट्दैन। यसपालि छोरी पनि थपिइन्।

राजनीतिको कालो बादल: कांग्रेसलाई जोखिम उच्च

विनोद सिजापती | 3 days ago
कुशासनको बाक्लो कुहिरोभित्र फैलिएको भ्रष्टाचार, दण्डहीनता, जबाफदेहिताविहीन राज्य सञ्चालन प्रणाली तथा बनमारा घाँसझैँ फैलिएको नातावाद तथा कृपावाद आदिका कारणले गर्दा देशवासीमा चरम निराश फैलिएको थियो। भदौ २३ गते जेन–जीले कुशासनविरुद्ध गरेको आन्दोलनमा अपार जनसहभागिता रहनुमा व्याप्त निराशाले ठूलो भूमिका खेल्यो। आन्दोलनको भुमरीमा कुशासन-संवाहकमा रूपमा परिचित तीन पात्र—खड्गप्रसाद ओली, शेरबहादुर देउवा तथा पुष्पकमल दाहाल परे।

पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचार: को कसरी जोडिएका छन्?

दिपा दाहाल | 4 days ago
काठमाडौँ– चिनियाँ ऋण सहयोगमा पोखरामा निर्मित अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नआउँदै यसमा भएको अनियमितताको विषय छताछुल्ल भइसकेको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीको ओइरो लागेपछि अख्तियारले पनि अनुसन्धान शुरू गर्‍यो। तर तीन वर्ष बित्दासम्म अनुसन्धान जहाँको त्यहीँ रह्यो। समय मात्र गुजारेको भन्दै अख्तियारमाथि प्रश्न उठे। तर उपलब्धि केही भएन। पछिल्ला केही हप्तामा यो प्रकरणमा अख्तियारले गरिरहेको अनुसन्धानले अस्वाभाविक गति लिएको छ।

दृष्टान्त बेलायतको, मानव-पशुपक्षीको नाता संसारको

सुरेन्द्र नेपाल श्रेष्ठ | 4 days ago
विश्वका धेरै विकसित देशमा पाल्तु जनावरहरू पारिवारिक जीवनको अभिन्न हिस्सा मानिन्छन्। बेलायतमा त करिब आधा घरधुरीले कम्तीमा एक जनावर पाल्ने गरेका छन्। कुकुर र बिरालो विश्वभर नै सबैभन्दा लोकप्रिय पाल्तु जनावर हुन्, जसमा ल्याब्राडोर, फ्रेन्च बुलडग, ककर स्पानियल र डोमेस्टिक सर्ट हेयर बिरालो सर्वाधिक मन पराइन्छन्। यिनका अलावा बेलायतका धेरै परिवारले खरायो, गिनी–पिग, ह्याम्स्टर (एक प्रकारको मुसो), सुगा, परेवा तथा केहीले सर्प र छेपारोजस्ता अद्वितीय जनावर पनि पाल्छन्।

‘देश निर्वाचनमा जाँदा राजनीतिक दल त्यसबाट पछि हट्न सक्दैनन्’

उकालो | 5 days ago
सरकारले फागुन २१ मा निर्वाचनको मिति घोषणा गरेको छ। प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगले विभिन्न समयमा दलहरूसँग संवाद गरिरहेका छन्। आयोगमा निर्वाचनका लागि दल दर्ताको काम चलिरहेको छ। मतदाता नामावली दर्ताको समय गत शुक्रबार सकिएको छ। पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल सबै पक्षले निर्वाचनको वातावरण बनाउन सक्रिय भूमिका खेल्नुपर्ने बताउँछन्।

सबैभन्दा ठूलो देउता को?

प्रकाश अजात | 5 days ago
सृष्टिको प्रारम्भमा विष्णु र ब्रह्माजीबीच 'को ठूलो?' भन्ने विषयमा गम्भीर विवाद भएछ। "मैले सृष्टि गरेको हुनाले म ठूलो" भन्ने दाबी ब्रह्माको रह्यो भने "मैले पालनपोषण गर्ने हुनाले म ठूलो" भन्ने तर्क विष्णुको। विवाद बढ्दै गएर युद्धको रूप लिन थाल्यो। यस्तो अनर्थ देखेर युद्ध रोक्ने र सत्यको बोध गराउने ध्येयले दुईका बीचमा अचानक विशाल, सुरु र अन्त्य नदेखिने ज्योतिर्लिंग (शिवलिंग) प्रकट भयो। त्यसपछि आकाशवाणीमार्फत श्री महादेव (शिव) को स्वर सुनियो,"तिमीहरू व्यर्थैमा झगडा नगर।

धर्मेन्द्र देओल: रोमान्टिक हिरोदेखि ‘हि म्यान’सम्म

उज्वल ढुंगाना | 6 days ago
सबैजसो भारतीय र केही नेपाली मिडियाले दुई हप्ताअघि मृत घोषणा गरेका धर्मेन्द्र देओल उर्फ धर्मेन्द्र केवल कृष्ण देओलले अन्ततः सोमबार संसारबाट बिदा लिए। देहवसानपछि उनका पुराना अन्तर्वार्ता र अरू भिडियो एकाएक एल्गोरिदममा छिरे, रिलमा भकाभक आउन थाले।

लैंगिक विनिर्माणवाद र महिला हिंसाको अन्त्य

लोकबन्धु घिमिरे | 6 days ago
नोभेम्बर महिनालाई संसारका सबै नागरिकले 'मन्थ अफ जेन्डर इक्वेलिटी' (लैंगिक समानताको महिना) का रूपमा सम्झने गर्छन्। संयुक्त राष्ट्रसंघले सन १९८१ को नोभेम्बर २५ लाई महिला हिंसा उन्मूलन दिवसका रूपमा मान्यता दिएको छ भने त्यस यताका नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म अर्थात् अन्तर्राष्ट्रिय मानवअधिकार दिवससम्मै पुग्ने सोह्र दिने लैगिंक सक्रियताका अभियानहरू पनि प्रचलनमा ल्याएको छ। यसैले यो महिनालाई लैगिंक समानताको महिना, मानवअधिकारको महिना वा महिला सक्रियताको महिना भनेर भन्ने पनि गरिन्छ।

‘अफ्रिकावासी नेपाली मताधिकारबारे सबैभन्दा बढी इच्छुक छन्’ (भिडियोसहित)

उकालो | 1 week ago
दुई दशकयता अफ्रिकी देश नाइजेरिया (लेगोस) बस्दै आएका हिक्मत थापा पेसाले खाद्य प्रविधिज्ञ हुन्। अफ्रिकी मुलुकमा बस्ने नेपालीको रोजगारीदेखि कठिनाइसम्मका विविध सरोकारमा सम्बद्ध रही गैर आवासीय नेपाली संघको पूर्वकेन्द्रीय कोषाध्यक्षसमेत रहेका थापासँग प्रवासी मताधिकारबारे उकालोले गरेको संवाद: नेपालमा हुन लागेको संसदीय निर्वाचनबारे अफ्रिकी मुलुकहरूमा रहेका नेपालीको के धारणा छ? प्रवासी मताधिकारको सरोकारमा के भन्नुहुन्छ? प्रवासी मताधिकारको बहस धेरै अघिदेखि चलिरहेको हो।

'अष्टावक्रले सुझाएजस्तो नेतृत्व चाहिएको छ हामीलाई'

उकालो | 1 week ago
विघटित संसदमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार आइतबार घोषणा भएको प्रगतिशील लोकतान्त्रिक पार्टीको प्रमुख नेतृत्वमध्ये एक हुन्। परियारसँग समसामयिक राजनीतिबारे प्रकाश अजातले गरेको कुराकानी: तपाईँ भक्तपुर, गुन्डुको स्थायी बासिन्दा। जेनजी आन्दोलनमा बालुवाटारबाट हेलिकोप्टर चढेर भागेका पूर्व प्रधानमन्त्री अन्ततः गुन्डुका बासिन्दा हुन पुग्नुभएको छ। नजिकैका नयाँ छिमेकीलाई भेट्न पुग्नुभएको छ? ठ्याक्कै उहाँ र मेरो भेट भएको छैन।

‘समानुपातिकमा मात्र भए पनि भोट हाल्न पाए हुन्थ्यो’

उकालो | 1 week ago
विदेशमा बस्ने नेपालीले त्यहीँबाट नेपालको निर्वाचनमा भोट हाल्नसक्ने अवस्था छैन। निर्वाचन सम्बन्धी कानून अनुसार मतादाताले आफ्नो नामावली दर्ता भएको ठाउँमा गएर मात्र मत खसाल्नुपर्छ। यस्तो प्रावधानले विदेशमा रहेका लाखौँ नेपाली मतदानबाट वञ्चित छन्। स्वदेशमै भएर पनि काम, अध्ययन वा अन्य सिलसिलामा थातथलोबाट टाढा रहेकाहरूले भोट खसाल्ने व्यवस्था छैन। फागुन २१ मा निर्वाचन तोकिएसँगै विदेशमा रहेका नेपालीको मताधिकारको विषयमा चर्चा चुलिएको छ। यसका निम्ति सरकारले पनि गृहकार्य गरिरहेको छ।

मानका खातिर मान: ४ लाख वैदेशिक भत्ता खाइछाड्ने आशक्ति

देवेन्द्र भट्टराई | 1 week ago
काठमाडौँ– धेरैको कार्यसम्पादन मूल्यांकन कमजोर र केहीमा आर्थिक प्रकरणसमेत जोडिएको ‘बात लगाएर’ फिर्ता गरिएका ११ राजदूतका आ–आफ्नै किस्सा छन्। धेरै किस्सा फैलनै नपाई फिर्ता बोलाइएकामध्ये बेलायत, अमेरिका, चीन र कतारका लागि राजदूत रहेका चार जनाले राजीनामा दिइसकेका छन्। बाँकी सात जना भने सिंहदरबारभित्र परराष्ट्र मन्त्रालयले तोकेको ‘एम्बेसेडर्स रुम’मा चियाचमेना गरिरहेका भेटिन्छन्।

सामाजिक अविश्वास र ध्रुवीकरणको चक्रव्यूहमा नेपाली समाज

यादव अर्याल | 1 week ago
विश्वासका संरचना र तिनका भ्रम बीचको तीव्र संघर्षमा छ नेपाली समाज। समाजले आत्मविश्वास गुमाएको छ। भ्रम र अतिरञ्जनाको उपभोग नियति बनिरहेको छ। सत्यसम्म पुग्ने बाटो जति नजिक देखिन्छ, त्यति नै दुरूह अनुभूति हुन थालेको छ। सामाजिक मूल्य फेरिन थालेका छन्। हामीले बाँचेको समयमा विचार निर्माण तथ्य होइन, कुनै सनसनी शीर्षक पढेर हुन थालेको छ। विषयको गहिराइमा नपुगी सतहको आकर्षणमा विचार जन्मन थालेको छ। हाम्रा धारणा अस्थिर हुँदै गएका छन् र हाम्रा हरेक निर्णय क्षणभंगुर आवेगमा आधारित हुँदै गएका छन्।

'ड' र 'ढ'मुनि थोप्लो राख्ने बहस-विवाद

वियोगी | 1 week ago
जिन्दाबाद र मुर्दावाद भन्दै बस्नुपर्ने बाध्यतामा बाँचेको (बसेको) मानिसलाई विवाद जहिले तहिले उपलब्ध छ। अहिले नेपाली भाषामा सिर्जित विवाद [ड़] (रेट्रोफ्लेक्स फ्ल्याप) र [ढ़] (एस्पिरेटेड रेट्रोफ्लेक्स फ्ल्याप) मुनि थोप्ला लाउनु हुन्छ र [ड] र [ढ] मुनि थोप्ला लाउनु हुँदैन भन्ने विषयसँग सम्बद्ध छ। प्रारम्भमै स्पष्ट पारौँ, यो विवाद नेपाल देशभित्रको होइन, दार्जिलिङ, सिक्किम र आसामका नेपाली भाषी भारतीय समुदायको हो।

सत्तलसिंह राजाको कथा: सुशीला कार्कीको बेथा

भवानी बराल | 1 week ago
बोधविक्रम अधिकारीले 'दन्त्यकथा' शीर्षकमा थुप्रै कथा संग्रह प्रकाशन गरेका छन्। पुरानो शिक्षाको पाठ्यक्रममा यी कथाहरू पढ्नु पर्थ्यो। मनोयोगका साथ ती कथा पढेको छु। त्यसमध्ये एक हो-सत्तलसिंह राजाको कथा। वर्तमान प्रधानमन्त्री कार्कीले पनि पुरानै शिक्षा प्रणालीमा पढेको हुनुपर्छ। शायद उनले पनि सो कथा पढिन् होला। उतिखेर सो कथाको मर्म र महिमा उनले कत्तिको बुझिन् कुन्नि, तर अब भने सो कथाको रूप र सार बुझ्न आवश्यक छ। राजनीतिका अन्य खेलाडीहरूले पनि त्यस कथाको मर्म बुझ्न उत्तिकै आवश्यक छ।

‘कतारबाटै भोट हाल्न पाइन्छ भन्नेमा हामीलाई शंका छ’

उकालो | 1 week ago
विदेशमा बस्ने नेपालीले त्यहीँबाट नेपालको निर्वाचनमा भोट हाल्नसक्ने अवस्था छैन। निर्वाचन सम्बन्धी कानून अनुसार मतादाताले आफ्नो नामावली दर्ता भएको ठाउँमा गएर मात्र मत खसाल्नुपर्छ। यस्तो प्रावधानले विदेशमा रहेका लाखौँ नेपाली मतादानबाट बञ्चित छन्। स्वदेशमै भएर पनि काम, अध्ययन वा अन्य सिलसिलामा थातथलोबाट टाढा रहेकाहरूले भोट खसाल्न पाएका छैनन्। फागुन २१ मा निर्वाचन तोकिएसँगै विदेशमा रहेका नेपालीको मताधिकारको विषयमा चर्चा चुलिएको छ। यसका निम्ति सरकारले पनि गृहकार्य गरिरहेको छ।

पीकेको पराजय र आसन्न चुनावमा नयाँको सम्भावना

सुजित महत | 1 week ago
त्यसो त उनी चुनावमा आफ्नो पार्टी ‘अर्श पे होगा या फर्श पर’ भन्ने गर्थे, अर्थात् कि आकाश कि भुईंमा। सरकारै बनाउने बहुमत नपाए धूल चटाइ नै हुने, मध्यमस्तरको नतिजा नमिल्ने उनको पूर्वानुमान थियो। भयो त्यस्तै, भर्खरै सम्पन्न बिहार विधानसभा चुनावमा प्रशान्तकिशोर (पीके)को जनसुराज पार्टी विधानसभामा खाता खोल्नबाटै वञ्चित भयो नै, कूल तीन प्रतिशत भोट पाएको उसको अधिकांश उम्मेदवारको जमानत जोगिएन। ‘उनको पार्टीले पाएको भोट उनले दिएका अन्तर्वार्ताको संख्याभन्दा कम रहयो’ भनेर उनीउपर व्यंग्य कसिँदै छ।

Explore news by Category