हेमन्त मल्ल ठकुरी
|
13 hours ago
प्रतिनिधिसभाको निर्वाचन संघारमै आइपुगेको छ र सबै तयारी सकिएर अब मतदान हुन बाँकी छ। निर्वाचन लोकतन्त्रको उत्सव मात्र होइन। यो राज्यको शासन क्षमता र राजनीतिक अनुशासनको कठोर परीक्षा पनि हो। यस्तो किन पनि भनिएको हो भने, सुरक्षित, शान्त, भयरहित र निष्पक्ष निर्वाचन सम्पन्न गर्न नसक्ने राज्यको दीर्घकालमा सार्वभौमिकता नै कमजोर बन्दै जान्छ। तर पछिल्ला वर्षहरूमा नेपालको निर्वाचन प्रक्रिया क्रमशः राजनीतिक प्रतिस्पर्धा भन्दा बाहिर गएर आन्तरिक सुरक्षा संकटको स्रोत बन्दै आएको छ।
यिश्वरा सिवा
|
20 hours ago
अहिले विश्वका थुप्रै भूगोलमा सूर्यले छाला मात्र डढाउँदैन, मान्छेका सपनाका हड्डीहरू समेत सेकाउँछ। मध्यपूर्वका आकाशहरूमा क्षेप्यास्त्रहरूले मृत्युको भयानक 'नृत्य' प्रदर्शन गर्दै गर्दा नेपालको चुनावी रमिता एउटा 'अर्थहीन प्रहसन'जस्तो देखिन्छ। एकातिर हाम्रा युवाहरू युद्धको चक्रव्यूह र अनिश्चितताको सास्तीमा छन्, अर्कोतिर राज्य 'लोकतान्त्रिक उत्सव'को नाममा अर्को पाँच वर्षे 'राजनीतिक जुवा' खेल्ने तयारीमा मग्न छ।
विनोद सिजापती
|
1 day ago
दुई करोडको (१ करोड ९८ लाख) हाराहारीमा पुगेका नेपाली मतदाताले (फागुन २१ गते) ६४ दलका ३ हजार ४ सय ८६ उम्मेदवार मध्य १६५ (प्रत्यक्षतर्फ) लाई चुन्ने छन् तथा दलद्वारा प्रस्तुत गरिएका समानुपातिक उम्मेदवारको आधारमा अर्को ११० लाई। स्थापित ठुला चार (नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी तथा पूर्व पञ्चको राष्ट्रिय प्रजातन्त्र पार्टी) लाई पछाडि पर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचनमा बाजी मार्ने सम्भावना बढेको छ।
दिपक बस्ताकोटी
|
2 days ago
गत भदौ २३ गते जेनजी भनेर चिनिने पुस्ता (१४ वर्ष माथि र २८ वर्ष मुनिका उमेर समूहका लागि जनाउने भए पनि आन्दोलनमा १८-२० वर्ष माथिका संलग्न)का युवाहरूको अगुवाइमा भ्रष्टाचारको विरोधमा र सुशासनको पक्षमा भनिएको प्रदर्शन र त्यसपछि विकसित घटनाक्रमका कारण नेपाल नयाँ निर्वाचनको मोडमा छ। उक्त प्रदर्शन र विध्वंसको दौरान चार दर्जनजति प्रदर्शनकारी युवाको हत्यासहित ७६ जना व्यक्तिले ज्यान गुमाए भने अनुमानित १ खरब बराबरको सार्वजनिक र निजी सम्पत्ति ध्वस्त भयो।
उकालो
|
3 days ago
आसन्न निर्वाचनका लागि नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट भक्तपुर निर्वाचन क्षेत्र १ का उम्मेदवार प्रेम सुवाल हुन्। नेमकिपाको गढ मानिने भक्तपुर १ बाट यसअघि पनि प्रत्यक्ष निर्वाचनमार्फत सांसदका रूपमा उनी निर्वाचित भएका थिए। संसद्मा एक्ला प्रतिपक्षका रूपमा चिनिने सुवालसँग निर्वाचनकै विषयमा उकालोले गरेको कुराकानी: चुनावका लागि नेमकिपाको तयारी कस्तो छ?
उकालो
|
3 days ago
चितवन–१ बाट प्रतिनिधिसभा निर्वाचनका लागि नवगठित दल प्रगतिशील लोकतान्त्रिक पार्टीबाट विकास कामी उम्मेदवार छन्। यसअघि उनी सामाजिक न्याय र सुशासनको आन्दोलनमा सहभागी थिए। भूमिहीन किसान, लघुवित्त पीडित र दलितका विभिन्न सवालमा भएका आन्दोलनमा उनी सक्रिय थिए। जेन–जी आन्दोलनमा पनि सक्रिय रहेका उनीसँग चुनावी अजेन्डाबारे उकालोले गरेको कुराकानीः प्रतिनिधिसभा सदस्यका लागि पहिलोपटक प्रतिस्पर्धामा हुनुहुन्छ, चुनावी अभियान कस्तो चलिरहेको छ? अहिले मत माग्नका लागि मतदाताको घरघरमा पुगिरहेको छु।
श्यामसुन्दर शशि
|
3 days ago
मिथिला राज्यको स्थापना लगभग साढे पाँच हजार वर्ष पूर्व मिथि नामका गणपतिले गरेका थिए भन्ने मानिन्छ। ऋषि वशिष्ठको श्रापबाट देहरहित (विदेह) बन्न पुगेका निमिलाई पुर्नजिवीत गर्न ऋषिमुनिहरू एनको मृत्यु शरीरलाई मन्थन गरेका थिए भन्ने कथा छ। मन्थन क्रियाबाट एउटा दिव्य बालक अवतरित भए। मन्थन क्रियाबाट उत्पन्न भएकाले उनलाई ‘मिथि’ तथा आफै उत्पन्न भएकाले ‘जनक’ नामले सम्बोधन गरियो। यिनै जनकले जनकपुरलाई राजधानी बनाएर मिथिला राज्य सञ्चालन गरेको बृहत् विष्णु पुराणमा उल्लेख छ। मिथिलाका राजाहरूलाई जनक भनिन्थ्यो।
उकालो
|
4 days ago
प्रतिनिधिसभाको निर्वाचनमा विमला विक एमालेका तर्फबाट बर्दिया क्षत्र नं. २ की उम्मेदवार छिन्। यो क्षेत्रमा १५ वटा राजनीतिक पार्टीका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। ठूला दलबाट पुरुष मात्र उम्मेदवार बन्दा एमालेले महिला उम्मेदवार खडा गरेको छ। बर्दिया–२ को चुनावी अवस्था, अजेन्डालगायत विषयमा विकसँग उकालोले गरेको कुराकानीः बर्दियामा तपाईंको उम्मेदवारी के–का लागि? बर्दियाको प्रतिनिधि भएर केन्द्रमा कानून र नीतिनियम बनाउनका लागि हो। यहाँको विकास निर्माण गर्नका लागि पनि चुनावी मैदानमा होमिएकी हुँ।
उकालो
|
4 days ago
फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट गोर्खा २ का उम्मेदवार लेखनाथ न्यौपाने पार्टीभित्र र बाहिरसमेत तिखो आलोचना शैली र सिद्धान्तनिष्ठताका लागि चिनिन्छन्। ५२ वर्षका उनले जीवनको लामो समय जनयुद्ध र माओवादी राजनीतिमा रहे। पहिलो पटक संसदीय चुनावमा उत्रिएका उनीसँग चुनावकै सेरोफेरोमा प्रकाश अजातले गरेको कुराकानी: गोर्खा २ मा गजबै भयो। पहिले बाबुराम भट्टराईले आफ्नो उम्मेदवारीको नोमिनेसन गराउनुभयो, पछि फिर्ता लिनुभयो।
उकालो
|
5 days ago
प्रतिनिधिसभा सदस्यको निर्वाचनमा रास्वपाबाट सुनसरी क्षेत्र नम्बर–१ मा गोमा तामाङ (सरिन) उम्मेदवार छिन्। यो क्षेत्रमा दोस्रोपटक उम्मेदवार बनेकी उनी रास्वपा कोशी प्रदेशकी कार्यवाहक सभापति पनि हुन्। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी जसपाका अशोककुमार राईसँग पराजित भएकी थिइन्। उक्त निर्वाचनमा एमालेको पनि समर्थन पाएका राईसँग तामाङ ४५३ मतान्तरले पराजित भएकी थिइन्। उनीसँग आगामी निर्वाचनका अजेन्डाबारे उकालोले गरेको कुराकानीः चुनावी अभियानका क्रममा मतदाताबाट कस्तो प्रतिक्रिया पाइरहनुभएको छ?
उकालो
|
5 days ago
देशभर प्रतिनिधिसभा सदस्य निर्वाचनको सरगर्मी बढेको छ। विभिन्न दलका र स्वतन्त्र उम्मेदवार मत माग्न व्यस्त छ। उनीहरू मतदाताको घरदैलोमा पुगेर आफ्ना योजना सुनाइरहेका छन्। बर्दिया क्षेत्र नम्बर २ मा पनि चुनावी चहलपहल छ। विगतमा नागरिक उन्मुक्ति पार्टीबाट राजनीति गरेका धर्मबहादुर चौधरी उज्यालो नेपाल पार्टीबाट चुनावी मैदानमा छन्। जनस्तरमा राम्रो सम्बन्ध बनाएका चौधरीसँग उनको उम्मेदवारी, चुनावी अजेन्डालगायत विषयमा उकालोले गरेको कुराकानी: तपाईंको उम्मेदवारी केका लागि? अवस्था परिवर्तनका लागि।
युवराज भट्टराई
|
5 days ago
सेतो बाघ उपन्यासमा रानी एलिजाबेथ नेपाल आउँदा तिनको स्वागतमा लामबद्ध गरिब भुइँमान्छेको शरीरबाट निस्केको गन्धलाई छेक्न हात्ती घोडामा सवारहरूले नाक थुनेर हिँडेको प्रसंग छ। तर, जंग बहादुरले भने आफ्ना जनताको गन्धसँग म हीनताबोध गर्दिनँ भन्दै शिर ठाडो पारेर नाक नथुनी अघि बढेको दाबी गरिएको छ। यो प्रसंग यहाँ उल्लेख किन गरियो भने आज पनि नेपाली दलहरूले विपन्न र सीमान्तकृतहरूप्रति नाक खुम्च्याउने परिपाटी बरकरार छ।
दिपा दाहाल
|
6 days ago
काठमाडौँ– आउँदो फागुन २१ गते हुनलागेको प्रतिनिधिसभा निर्वाचन मिति केही समय पछि सर्न सक्ने चर्चा चल्न थालेपछि केही दिनअघि उम्मेदवारहरूको बेचैनी ह्वात्तै बढ्यो। कारण थियो– अहिल्यै त खर्चले पुर्न थालिसक्यो, समय थपिए झन् के होला? सुदूरपश्चिम प्रदेशका एक नेताले सुनाएका थिए, “मिति सर्यो भने त उम्मेदवार मर्ने भए। कसरी धान्छन् तिनले यत्रो खर्च?” मिति सम्मुखमै आइसकेकाले फागुन २१ को निर्वाचन पछि सर्ने अवस्था सम्भवतः अब हुनेछैन।
उकालो
|
6 days ago
वीरगन्जको ठाकुरराम बहुमुखी क्यामपसमा नेपाल विद्यार्थी संघको इकाई समिति सचिव भएर राजनीतिक यात्रा शुरू गरेका भैयाराम यादव नेपाली कांग्रेसको बारा जिल्ला सचिव हुन्। यादवले १० वर्ष शिक्षण पेसामा बिताए। यसबाहेक सामाजिक क्षेत्रमा उनीसँग २७ वर्षको अनुभव छ। विशेष महाधिवेशनपछि प्रतिनिधिसभा सदस्य निर्वाचनमा नयाँ अनुहारको खोजी गर्दै कांग्रेसले उनलाई बारा–२ मा उम्मेदवार बनाएको छ। यादवसँग उकालोले गरेको कुराकानी: पहिलोपटक उम्मेदवार भएर चुनावी मैदानमा हुनुहुन्छ, नयाँ उम्मेदवारका सजिला र अप्ठ्यारा के रहेछन्?
सुजन अम्गाई
|
6 days ago
हरेक आन्दोलन वा चुनावअघि नयाँ सपना देख्नु र लगत्तै थप निराश हुनु हामी नेपालीको नियति बनेको छ। करिब ८० वर्षको अवधिमा सात वटा संविधान बनिसके, धेरै चुनाव भए र अनेक सरकार बने, तर अपेक्षाकृत समृद्धि हासिल हुन सकेको छैन। यही निराशा र आमूल परिवर्तनको अपेक्षाबीच जेनजी आन्दोलनको पृष्ठभूमिमा मुलुक फेरि अर्को चुनावतर्फ अग्रसर भएको छ। चुनावी बहस पुराना दलका असफलता, मुलुकमा व्याप्त बेथिति, भ्रष्टाचार, कुशासन र वैकल्पिक सम्भावनाजस्ता विषयमा केन्द्रित छ।
उकालो
|
1 week ago
उज्यालो नेपाल पार्टीका तर्फबाट झापा क्षेत्र नम्बर १ का उम्मेदवार नरेशकुमार लावती स्थानीय तहमा चिनिएका खेलकुद प्रवर्द्धक र सामाजिक अभियन्ता हुन्। मेचीनगर–३, दोकानडाँडाका स्थायी बासिन्दा लावतीले विगतमा झापाबाट फुटबल खेलाडी उत्पादन र प्रशिक्षित गर्ने काम गरेर स्थानीय स्तरमा गतिलो पहिचान बनाएका छन्।
नारायण पौडेल
|
1 week ago
पूर्व राजा ज्ञानेन्द्र प्रशंसायोग्य छन्। ०६२/०६३ सालको आन्दोलन दबाउन उनले ठूलो नरसंहारको बाटो रोजेनन्। अढाई सय वर्षको विरासत बोकेको राजसंस्था विघटन हुँदा र स्थायी गद्दी स्थायी रूपमा त्याग्दा खासै हताश देखिएनन्। मन रोएकै थियो होला, तर रोनाधोना गरेनन्। उनलाई गद्दीच्युत गराउन रगताम्मे हुने गरी आन्दोलनमा होमिएकाहरू कालान्तरमा अस्थायी कुर्सी त्याग गर्न पर्दासमेत ग्वाँग्वाँ रोए। नवयुवाको आन्दोलन र तत्पश्चात् भएको विध्वंसपछि देशमा शासकीय रिक्तता देखियो।
रविन शर्मा
|
1 week ago
भदौ २३ र २४ को जेनजी आन्दोलनको पृष्ठभूमिमा आउँदो फागुन २१ मा आम निर्वाचन हुँदैछ। संवैधानिक व्यवस्था र कानून बमोजिम ०८४ मा हुनुपर्ने निर्वाचन संसद् विघटन भएका कारण २०८२ मै हुन गइरहेको छ। अतः यो चुनाव केवल पाँच वर्षको निम्ति जनप्रतिनिधि चयन गर्ने प्रक्रियामा मात्र सीमित छैन। नेपाली जनताले जेनजी आन्दोलनलाई विद्रोह, क्रान्ति वा अराजकता के-कसरी बुझे र आत्मसात् गरे भन्ने विषय समेतको जनमतसंग्रह हो यो। फलतः यस निर्वाचनमा दल तथा स्वतन्त्र गरी करिब ३४०६ उम्मेदवार तथा ६८ दल प्रतिस्पर्धामा छन्।
उकालो
|
1 week ago
नेपाल प्रहरीको जागिरबाट राजीनामा दिएर वियस राई केही वर्षअघि सोलुखुम्बुको नेचासल्यान वडा नं. २ स्थित गाउँतिरै फर्किए। उनी गाउँमा कृषि कर्मका साथै डेरी व्यवसायमा संलग्न छन्। पछिल्लो समय डेरी व्यवसायमा नै पूर्णकालीन समय दिइरहेका उनी साहित्य साधनामा पनि थिए। नेपाल प्रहरीमा हुँदै ‘हिउँमाझी’ कथासंग्रह प्रकाशित गरेका उनले नयाँ उपन्यासको पाण्डुलिपि लगभग तयार पारिसकेका थिए। तर उपन्यास छाप्न छाडेर अचानक उनी सोलुखुम्बुबाट प्रनिनिधिसभा सदस्यको उम्मेदवार बने। त्यसका लागि उनले श्रम संस्कृति पार्टी रोजे।
रोजिना पोख्रेल
|
1 week ago
नेपालको संविधान २०७२ ले लोकतन्त्रको मेरुदण्डका रूपमा गोप्य मतदान र समानुपातिक समावेशितालाई आत्मसाथ गरेको छ। संविधानको धारा ६२(३) ले मुलुकको सर्वोच्च पद राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गोप्य मतदानबाट हुने स्पष्ट व्यवस्था गरेको छ। यसैगरी, धारा ८४ र ८६ ले संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा), धारा १७६ ले प्रदेश सभा र धारा २१५ तथा २१६ ले स्थानीय तहका जनप्रतिनिधिहरूको निर्वाचनलाई पूर्णतः लोकतान्त्रिक र गोपनीयताको सिद्धान्तमा आधारित बनाएको छ।