npl.977 Nepal News Stream

Insurance Khabar logo

Insurance Khabar

Nepal's First Insurance News Portal

प्रतिनिधिसभा निर्वाचनः आज राति १२ बजेपछि उम्मेदवारका विज्ञापन प्रकाशन/प्रसारण नगर्न विज्ञापन बोर्डको आग्रह

जयराम गौतम | 14 hours ago
काठमाडौं । विज्ञापन बोर्डले आज फागुन १८ गते राति १२ बजेपछि प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारका विज्ञापन प्रसारण र प्रकाशन नगर्न आग्रह गरेको छ। बोर्डले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो।

सन् २०३३ सम्म बीमा दाबी प्रशोधन सफ्टवेयर बजार दोब्बरले बढेर १०.१ अर्ब डलर पुग्ने अनुमान

जयराम गौतम | 15 hours ago
काठमाडौं । सन् २०२५ मा विश्वव्यापी बीमा दाबी प्रशोधन सफ्टवेयर बजारको मूल्य ५.२ अर्ब डलर रह्यो। सन् २०३३ सम्ममा भने यो बजार दोब्बरले बढेर १०.१ अर्ब डलर पुग्ने अनुमान गरिएको छ। बजार अनुसन्धान फर्म इन्टेलेक्टका अनुसार यो बजार सन् २०२६ देखि २०३३ सम्म वार्षिक औसत ८.५ प्रतिशतले बढ्नेछ।

विदेशमा वैवाहिक समारोह गर्ने ट्रेन्ड बढ्दा भारतीय परिवारमा यात्रा बीमाको माग उच्च

जयराम गौतम | 16 hours ago
काठमाडौं । पछिल्लो समय भारतीय परिवारहरुमा वैवाहिक समारोह विदेशमा आयोजना गर्ने ट्रेन्ड बढिरहेको छ। योसँगै गन्तव्य विवाह बीमा (यात्रा बीमा)को माग पनि त्यति गतिमा बढिरहेको छ। पोलिसीबजारको तथ्यांकअनुसार भारतमा सन् २०२३ र २०२४ को बीचमा गन्तव्य विवाह बीमा (यात्रा बीमा) खरिद २७.४ प्रतिशतले बढेको छ। यो वृद्धिदर सन् २०२५ सम्म जारी रहेको छ।

गुडविल फाइनान्सको साधारण सभा चैत १० गते हुने

नानु खड्का (निर्जला) | 16 hours ago
काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले आफ्नो ३१औं वार्षिक साधारण सभा चैत १० गते गर्ने भएको छ । सभा विहान ११ बजे गुडविल कम्प्लेक्स, गुडविल फाइनान्स लिमिटेड, हात्तिसार, काठमाडौंमा गर्ने भएको हो । सभाले संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन स्वीकृत गर्नेछ ।

रटाइभन्दा तर्कलाई प्राथमिकता दिने ग्लोबल म्याथ डिबेट लिग सम्पन्न

नानु खड्का (निर्जला) | 16 hours ago
काठमाडौँ । नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ । ग्लोबल म्याथ डिबेट लिगद्वारा आयोजित राष्ट्रिय चरण ललितपुरस्थित द प्लाजामा सफलतापूर्वक सम्पन्न भएको हो ।

विश्वको सबैभन्दा ठूलो आयल रिफाइनरी अरामकोमा इरानले गर्यो ड्रोन हमला, तेलको मूल्य झनै चर्किने निश्चित

जयराम गौतम | 16 hours ago
काठमाडौं । इरानले विश्वको सबैभन्दा ठूलो आयल रिफाइनरी अरामकोमा आक्रमण गरेको छ। रोयटर्सका अनुसार,ड्रोन आक्रमणपछि साउदी अरेबियाको सरकारी स्वामित्वको तेल कम्पनी अरामकोले सोमबार आफ्नो रास तनुरा तेल रिफाइनरी बन्द गरेको छ। यो रिफाइनरी बन्दको खबरले ब्रेन्ट कच्चा तेलको मूल्य ९.३२ प्रतिशतले बढाएको छ। यो ठाउँ साउदीको सबैभन्दा ठूलो र सबैभन्दा रणनीतिक ऊर्जास्थलहरुमध्ये एक हो।

निर्जीवन बीमकको सर्वाधिक व्यापार मोटर बीमातर्फ, अन्य सेक्टरबाट कति ? (बजार हिस्सासहित)

जयराम गौतम | 17 hours ago
काठमाडौं । निर्जीवन बीमकले सर्वाधिक व्यापार मोटर बीमामा देखिएको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२।८३को ७ महिना माघसम्म निर्जीवन बीमकहरुले २८ अर्ब २७ करोड ४६ लाख रुपैयाँको कुल बीमाशुल्क संकलन गरेका छन्।

पाकिस्तानको शेयर बजारमा इतिहासकै सबैभन्दा ठूलो गिरावट, रोकियो १ घन्टाका लागि कारोबार

जयराम गौतम | 18 hours ago
काठमाडौं । पाकिस्तानको शेयर बजारमा आज ठूलो गिरावट आएको छ। ब्लुमबर्गका अनुसार कराँची स्टक एक्सचेन्जको केएसई–३० सूचकांक प्रारम्भिक कारोबारमा लगभग १० प्रतिशतले घट्यो। यो पाकिस्तानको शेयर बजारको इतिहासमै एकै दिनमा भएको सबैभन्दा ठूलो गिरावट हो। यो गिरावटका कारण एक घन्टाका लागि कारोबार रोकिएको थियो। अघिल्लो सत्रमा सूचकांक १६८०६२.

एआईले पहिले नै भनेको थियो इरानमाथि आक्रमणको मिति, एलन मस्कले पनि भने यस्तो कुरा

जयराम गौतम | 19 hours ago
काठमाडौं । विश्वव्यापी सामाजिक सञ्जालमा एउटा पोस्ट भाइरल भइरहेको छ। जसमा एलन मस्कको ग्रोकले केही दिन अगाडि नै इरानमाथि अमेरिका र इजरायली आक्रमणको मिति घोषणा गरेको दाबी गरिएको छ। यसबाहेक जेरुसेलम पोस्टले यस सम्बन्धमा जानकारी सार्वजनिक गरिसकेको छ भने मस्कले पनि प्रतिक्रिया दिएका छन्।

छोरी सिवानीलाई जन्मदिनमा ‘मेरो मुटु’ उपहार बीमा योजना

नानु खड्का (निर्जला) | 19 hours ago
काठमाडौं । बागलुङकी सबिना खत्रीले आफ्नी छोरी सिवानीको जन्मदिनको अवसर पारेर सानिमा रिलायन्स लाइफ अन्तर्गतको ‘मेरो मुटु’ उपहार बिमा योजना प्रदान गरेकी छन्। छोरीको भविष्य सुरक्षित र सुनिश्चित गर्ने उद्देश्यले उनले उक्त योजना रोजेको बताएकी छन्। “जन्मदिनमा दीर्घकालीन महत्व रहने उपहार दिनुपर्छ भन्ने सोचका साथ बीमा गरिदिएकी हुँ,” उनले भनिन्।

स्वास्थ्य बीमाः दाबी व्यवस्थापनमा थप स्पष्टता, सेवा प्रदायक स्वास्थ्य संस्थालाई यस्ता निर्देशन

जयराम गौतम | 20 hours ago
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले दाबी व्यवस्थापन कार्यलाई थप स्पष्ट पारेको छ। स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई पत्राचार गर्दै बीमा बोर्डले दाबी व्यवस्थापन कार्यबारे थप स्पष्ट पारेको हो।

गणपति लघुवित्तको साधारण सभा चैत १३ गते, यस्ता छन् एजेन्डा

नानु खड्का (निर्जला) | 21 hours ago
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले नवौं वार्षिक साधारण सभा चैत १३ गते शुक्रबार गर्ने भएको छ । सभा बिहानको ११ः३० बजे होटल डेब्रेक, पोखरा ३१ बेगनास कास्कीमा गर्ने भएको हो । संस्थाको सञ्चालक समितिको फागुन १५ गते शुक्रबारका दिन बसेको १४० औं बैठकको निर्णयअनुसार सभाको मिति तय भएको हो ।

आज फागु पूर्णिमा पर्व मनाइँदै, खुला सडकमा भेला भएर होली मनाउन भने प्रतिबन्ध

नानु खड्का (निर्जला) | 21 hours ago
काठमाडौं । आज रङहरुको पर्व होली अर्थात् फागु पूर्णिमा मनाइँदै छ । हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन यो पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । सोही अवसरमा आज सार्वजनिक बिदा हुने गर्दछ । आज बैंक, बीमा कम्पनी, शेयर बजार तथा सरकारी कार्यालयहरु बन्द रहनेछन् ।

इरान-इजरायल द्वन्द्वबीच विश्वभर तेलको मूल्यमा उछाल

जयराम गौतम | 21 hours ago
काठमाडौं । अमेरिका र इजरायलीले इरानमाथि गरेको आक्रमणपछि विश्वभर तेलको मूल्यमा उछाल आएको छ। सोमबार बिहान एसियाली बजार खुल्दा ब्रेन्ट क्रुड र निमेक्स लाइट स्विट आयल दुवै १० प्रतिशतभन्दा बढीले बढेको थियो। यद्यपिपछि थोरै कम भएको थियो। बिहान ५ बजेसम्ममा ब्रेन्ट क्रुडको मूल्य लगभग ९ प्रतिशतले बढेर प्रतिब्यारेल लगभग ७९.३० डलर पुगेको थियो।

बंगलादेशः मेटलाइफले भिसाका कामदारलाई पूर्ण बीमा कभरेज प्रदान गर्ने

जयराम गौतम | 22 hours ago
काठमाडौं । ग्लोबल डिजिटल भुक्तानी नेटवर्क भिसाले बंगलादेशमा आफ्ना कर्मचारी र तिनका आश्रित परिवारका सदस्यलाई पूर्ण बीमा लाभ प्रदान गर्न मेटलाइफ बंगलादेशसँग सम्झौतामा हस्ताक्षर गरेको छ। यस सम्झौताअन्तर्गत भिसा कर्मचारीले दुर्घटना, अशक्तता र मृत्युको अवस्थामा वित्तीय सुरक्षा प्राप्त गर्नेछन्। कर्मचारीका आश्रितले पनि इनपेसेन्ट, आउटपेसेन्ट र मातृत्व बीमा कभरेज प्राप्त गर्नेछन्।

प्रतिनिधिसभा निर्वाचन: सार्वजनिक बिदाका दिनहरुमा पनि बैंकिङ सेवा सुचारु रहने

जयराम गौतम | 23 hours ago
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई ध्यानमा राखेर सार्वजनिक बिदाका दिनहरुमा पनि बैंकिङ सेवा सुचारु रहने भएको छ। नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाका नाममा परिपत्र जारी गर्दै सार्वजनिक बिदाका दिनहरुमा पनि बैंकिङ सेवा सुचारु रहन निर्देशन दिएको छ। निर्वाचन आयोगको अनुरोधमा बैंकिङ सेवा सुचारु राख्न यो निर्देशन जारी गरिएको केन्द्रीय बैंकले जनाएको छ।

इरानसँगको युद्ध ४ हप्तासम्म चल्ने अनुमान, यस्तो छ डोनाल्ड ट्रम्पको योजना

जयराम गौतम | 23 hours ago
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध ४ हप्तासम्म चल्ने अपेक्षा गरेको बताएका छन्। उनले इरानको निर्दयी सैन्य कमान्ड ध्वस्त पारिएको दाबी गरेका छन्। यसबाहेक विभिन्न वक्तव्यमा ट्रम्पले अहिलेसम्म ४८ शीर्ष इरानी अधिकारी मारिएको र नौ युद्धपोत ध्वस्त भएको बताएका छन्। उनले भनेका छन्, ‘यो कारबाही तालिकाभन्दा अगाडि चलिरहेको छ।

Explore news by Category