npl.977 Nepal News Stream

Insurance Khabar logo Insurance Khabar

छोरी सिवानीलाई जन्मदिनमा ‘मेरो मुटु’ उपहार बीमा योजना

नानु खड्का (निर्जला) 1 day ago

काठमाडौं । बागलुङकी सबिना खत्रीले आफ्नी छोरी सिवानीको जन्मदिनको अवसर पारेर सानिमा रिलायन्स लाइफ अन्तर्गतको ‘मेरो मुटु’ उपहार बिमा योजना प्रदान गरेकी छन्।

छोरीको भविष्य सुरक्षित र सुनिश्चित गर्ने उद्देश्यले उनले उक्त योजना रोजेको बताएकी छन्। “जन्मदिनमा दीर्घकालीन महत्व रहने उपहार दिनुपर्छ भन्ने सोचका साथ बीमा गरिदिएकी हुँ,” उनले भनिन्।

यसै अवसरमा कम्पनीका सिनियर एजेन्सी म्यानेजर सिता कार्कीले सिवानीलाई जन्मदिनको शुभकामना व्यक्त गर्दै उज्ज्वल भविष्यको कामना गरेकी छन्। उनले जन्मदिनमा बीमा उपहार दिने कार्य सकारात्मक र उदाहरणीय रहेको उल्लेख गरिन्।

उक्त जानकारी बागलुङ शाखा प्रबन्धक प्रेम प्रसाद ढकालले दिएका हुन्। उनका अनुसार पछिल्लो समय अभिभावकहरूमा सन्तानको भविष्य सुनिश्चित गर्ने सोच बढ्दै गएको छ र विशेष अवसरमा बिमा योजना उपहार दिने चलन विस्तार हुँदै गएको छ।

जन्मदिन जस्तो विशेष अवसरमा गरिएको यस्तो निर्णयलाई आर्थिक सचेतना अभिवृद्धि गर्ने सकारात्मक अभ्यासका रूपमा हेरिएको छ।

Read more news from Insurance Khabar

Explore by Source or Category