इरान-इजरायल द्वन्द्वबीच विश्वभर तेलको मूल्यमा उछाल
काठमाडौं । अमेरिका र इजरायलीले इरानमाथि गरेको आक्रमणपछि विश्वभर तेलको मूल्यमा उछाल आएको छ।
सोमबार बिहान एसियाली बजार खुल्दा ब्रेन्ट क्रुड र निमेक्स लाइट स्विट आयल दुवै १० प्रतिशतभन्दा बढीले बढेको थियो। यद्यपिपछि थोरै कम भएको थियो।
बिहान ५ बजेसम्ममा ब्रेन्ट क्रुडको मूल्य लगभग ९ प्रतिशतले बढेर प्रतिब्यारेल लगभग ७९.३० डलर पुगेको थियो। जबकि निमेक्स लगभग ८.५ प्रतिशतले बढेर प्रति ब्यारेल लगभग ७२.७० डलर पुगेको थियो।
इरान र इजरायलबीचको द्वन्द्व जारी छ। दुवै देशले एक–अर्कामाथि आक्रमण गरिरहेका छन्। इजरायल र अमेरिकाले शनिबार बिहान पहिलोपटक इरानमाथि आक्रमण गरेका थिए।
अमेरिका र इजरायली आक्रमणमा इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीको मृत्यु भएको छ। यससँगै इरानी सेना प्रमुख अब्दुल रहिम मौसावी र रक्षामन्त्री मेजर जनरल अजिज नासिरजादेहको पनि मृत्यु भएको छ। –एजेन्सी