npl.977 Nepal News Stream

Insurance Khabar logo Insurance Khabar

प्रतिनिधिसभा निर्वाचन: सार्वजनिक बिदाका दिनहरुमा पनि बैंकिङ सेवा सुचारु रहने

जयराम गौतम 1 day ago

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई ध्यानमा राखेर सार्वजनिक बिदाका दिनहरुमा पनि बैंकिङ सेवा सुचारु रहने भएको छ।

नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाका नाममा परिपत्र जारी गर्दै सार्वजनिक बिदाका दिनहरुमा पनि बैंकिङ सेवा सुचारु रहन निर्देशन दिएको छ। निर्वाचन आयोगको अनुरोधमा बैंकिङ सेवा सुचारु राख्न यो निर्देशन जारी गरिएको केन्द्रीय बैंकले जनाएको छ।

सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन २०, २१ र २२ गते देशभर सार्वजनिक बिदा दिएको छ। त्यस्तै आज फागुन १८ गते हिमाली र पहाडी गरी ५६ जिल्लामा र भोलि फागुन १९ गते तराईका २१ जिल्लामा होली पर्वका लागि सार्वजनिक बिदा दिइएको छ।

यी सार्वजनिक बिदाका दिन सरकारी कारोबार गर्न तोकिएका वाणिज्य बैंकहरुद्वारा भुक्तानी व्यवस्था र राजस्व दाखिलाको कार्य सुचारु राख्न राष्ट्र बैंकले निर्देशन दिएको छ।

त्यसैगरी निर्वाचन प्रचार–प्रसारका लागि बैंक खाता सञ्चालन गर्ने बैंक तथा वित्तीय संस्थाहरुद्वारा राजनीतिक दल तथा उम्मेदवारहरुको नगद तथा अन्य विनिमय साधनहरुको दाखिला, भुक्तानीलगायतका बैंकिङ सेवा प्रदान गर्न परिपत्रमार्फत निर्देशन दिइएको छ।

Read more news from Insurance Khabar

Explore by Source or Category