काठमाडौँ। आज राष्ट्रिय योग दिवस । ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ भन्ने आदर्श वाक्यका साथ देशव्यापीरुपमा राष्ट्रिय योग दिवस मनाइँदैछ । विसं २०७२ साउन २८ गतेको मन्त्रिपरिषद् बैठकले माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।
भद्रपुर। कनकाई नगरपालिका–३ नयाँ बस्तीस्थित पूर्व–पश्चिम लोकमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् ।
काठमाडौं । मरिचमान श्रेष्ठ (बल्छी धुर्वे) को निर्देशन रहेको चलचित्र ‘गोबर गणेश’ आजबाट प्रदर्शनमा आएको छ । माघे संक्रान्तिको अवसर पारेर ‘गोबर गणेश’ आजबाट प्रदर्शनमा आएको हो । सामाजिक कथावस्तु उठान गरेको चलचित्र ‘गोबर गणेश’ले आम नागरिकको काठमाडौं सपनाको कथा भन्ने प्रयास गरेको छ ।
सुनसरी। सुनसरीमा ट्रक दुर्घटना हुँदा ५ मजदुरको मृत्यु भएको छ यस्तै ३ जना घाइते भएका छन् । सुनसरीको भोक्राहा नर्सिङ–८, सोनियाहीमा विराटनगरबाट राजविराजतर्फ जाँदै गरेको को१ख ४५४१ नम्बरको ट्रक अनियन्त्रित दुर्घटना भएको हो । ट्रकको पछाडि सामानमाथि बसेका पाँच मजदुरको घटनास्थलमै मृत्यु भएको छ। घाइतेहरूलाई विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको छ।
राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)
काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयको वैज्ञानिक रूपान्तरण, आन्तरिक सुधारसहित सर्वाङ्गीण विकासका लागि दुई दिने गोष्ठी कार्यक्रम सम्पन्न भएको थियो । अनेरास्ववियु नेपाल, नेपाल संस्कृत विश्वविद्यालय राष्ट्रिय कमिटीद्वारा आयोजित दुई दिने गोष्ठी कार्यक्रममा विद्यार्थी, प्राध्यापक र कर्मचारीको संयुक्त कार्यशाला सम्पन्न भएको हो ।
इटहरी- भारी सामग्री ढुवानीका क्रममा अपनाइनुपर्ने न्यूनतम सुरक्षा मापदण्डको बेवास्ता गर्दा सुनसरीको भोक्राह नरसिंह गाउँपालिकास्थित फूलचोकमा पाँच जना कामदारले ज्यान गुमाएका छन्।
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी वायूको आंशिक प्रभाव रहेको जनाएको छ ।जसका कारण बिहीबार आज दिउँसो तराई क्षेत्रका केही स्थानमा कुहिरो लाग्ने छ । महाशाखाका अनुसार कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा आंशिक बदली रहनेछ भने देशका बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ ।
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारु समुदायको मुख्य पर्व माघी तथा समस्त हिन्दू, मगर, छन्त्याललगायत विभिन्न समुदायले मनाउने माघे संक्रान्ति (मकर संक्रान्ति) को अवसरमा सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन्।
केही महिनाअघि अमेरिकन आमाछोरी भरतपुरको होटल ग्लोबल परिसरमा बसिरहेका थिए। एक दिन छाडा छोडिएको एउटा कुकुर उनीहरूनजिकै पुग्यो । पाहुनालाई कुकुरले टोक्ला भनेर सुरक्षा गार्ड दगुर्दै त्यहाँ आइपुगे । हतारिँदै चोट लाग्ने गरी लखेटे । त्यो देखेर ती आमाछोरीलाई नरमाइलो लाग्यो । दुवैका आँखा रसाए । उनीहरूले भगाइसकेको कुकुर खोज्न सुरक्षा गार्डलाई आग्रह गरे ।
म्याग्दी। म्याग्दीमा बसोबास गर्ने मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति पर्वको रौनक छाएको छ । जिल्लामा बाहुलता रहेको मगर समुदायले माघेसङ्क्रान्ति र साउनेसङ्क्रान्तिलाई विशेष महत्वका साथ मनाउने गर्दछन । अल्पसङ्ख्यक छन्त्याल समुदायले माघेसङ्क्रान्तिलाई सबैभन्दा ठूलो पर्वका रूपमा मनाउने गर्दछन ।
दमौली। चितवन र नवलपुरको सङ्गमस्थल देवघाटधाममा माघेसङ्क्रान्ति मेला भर्न भक्तजनको चहलपहल सुरु भएको छ । देवघाटधाममा बुधबार रातिदेखि नै भक्तजन आउन थालेका हुन् । बुधबार दिउँसो वेणीसङ्गममा लिङ्गो गाडेर माघेसङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको थियो । बुधबार रातिदेखि नै देवघाटमा भक्तजनको भीड बढेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले जानकारी दिए ।
चितवन। केही महिनाअघि अमेरिकन आमाछोरी भरतपुरको होटल ग्लोबल परिसरमा बसिरहेका थिए । एकदिन छाडा छोडिएको एउटा कुकुर उनीहरू नजिकै पुग्यो । पाहुनालाई कुकुरले टोक्ला भनेर सुरक्षा गार्ड दगुर्दै त्यहाँ पुगे । हतारिदैँ चोट लाग्ने गरी लखेटे । त्यो देखेर ती आमाछोरीलाई नरमाइलो लाग्यो । दुवैका आँखा रसाए ।
काठमाडौँ। राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिने विचार व्यक्त गरेकी छन् । माघी पर्वका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले देशका मौलिक संस्कृति जोगाउने कर्तव्य सबैको भएको उल्लेख गरेकी छन् । उपाध्यक्ष घिमिरेले भनेकी छन् , “नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त सुन्दर मुलुक हो ।
काठमाडौँ । उपसभामुख इन्दिरा रानाले माघी पर्वले सांस्कृतिक, धार्मिक र ऐतिहासिक पक्षको संरक्षण गरेको बताएकी छन् । उनले थारू समुदायको महान् चाड माघी पर्व तथा मगर समुदायलगायत अन्य समुदायहरुले मनाउने चाड माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) का अवसरमा आज सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरकी छन्।
काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले माघी पर्वले राष्ट्रिय एकता, धार्मिक एवं सामाजिक सद्भाव एक–अर्काको पहिचान र भिन्न संस्कृतिको सम्मानमा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन् । उनले थारू समुदायको माघी पर्व तथा मगर समुदायलगायत आ–आफ्नो ऐतिहासिक मान्यता र संस्कृतिअनुसार विभिन्न समुदायले मनाउने माघे सङ्क्रान्तिको सुखद अवसरमा शुभकामना व्यक्त गर्दै यस्तो बताएका हुन्।
२०६५ सालमा बुटवलको कालिका माध्यमिक विद्यालयको कक्षा ७ को वार्षिक परीक्षामा सबै विद्यार्थी अनुत्तीर्ण भए। त्यस वर्षको नतिजाबारे विद्यालयको समीक्षा बैठकमा कक्षा शिक्षकले पेस गरेको विवरणले बैठक नै स्तब्ध भएको थियो। त्यतिबेला विद्यालयको भौतिक पूर्वाधार पनि गतिलो थिएन। त्यसमाथि स्थानीयको स्कुलप्रति व्यवहार पनि गतिलो थिएन।
काठमाडौँ- सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ। माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ।
काठमाडौँ- हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराई भूभागका केही स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ।