npl.977 Nepal News Stream

#समाज

नेपाल न्युज logo नेपाल न्युज

थारूले नै बिर्सिएको थरूहट राजनीति

कृष्णराज सर्वहारी | 22 minutes ago
२ साउन २०५७ मा कमैया प्रथा अन्त्य हुनुअघिसम्म पश्चिमको थारू समुदायले केमा भोट हाल्ने भन्ने कुरा मालिकले नै तय गर्थे। थारू गाउँको अगुवा बरघर पनि जमिनदारको मुट्ठीमा हुन्थे। बरघरमार्फत मालिकले उर्दी जारी गर्थे, ‘अप्कि भोट फलाना चिन्हामे डर्ना बा, सब गँवल्यन बटा डिहिस। टरे उप्पर हुइ टो ठिक नाइ हुइ।
Himal Press logo Himal Press

मध्यरातबाट लाग्यो मौनअवधि, के के गर्न मिल्दैन?

Kiran Poudel | 46 minutes ago
काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको अन्तिम घडी नजिकिएसँगै गतराति (मंगलबार) बिहान १२ बजेदेखि मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगले मतदान हुनुभन्दा ४८ घण्टा अगाडिदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि स्थिर समय (मौन अवधि) लागू गरेको हो।
Himal Press logo Himal Press

कास्की-२: जोगिएला एमालेको विरासत?

Keshav Rana Chhetri | 10 hours ago
पोखरा- पछिल्ला दुई आमनिर्वाचनमा कास्कीका तीनवटै क्षेत्र नेकपा (एमाले) का उम्मेदवारले जितेका थिए। कास्की क्षेत्र नम्बर २ लाई त एमालेले आफ्नो गढ नै मान्छ। २१ फागुनको प्रतिनिधि सभा सदस्य चुनावको प्रचारप्रसार अवधि टुंगिँदै गर्दा एमालेले कास्की २ को विरासत जोगिएला वा अरूलाई सुम्पिएला? उत्तिकै चासोको विषय छ।
नेपाल न्युज logo नेपाल न्युज

चुनाव आउँछ, उम्मेदवार आउँछन्, लालपुर्जा कहिल्यै आउँदैन

सीपी खनाल | 12 hours ago
बुटवल। गुल्मीको लुम्पेकबाट बुटवल आएकी रिता बराल २२ वर्षदेखि बुटवल-११ प्रगतिनगरमा बस्दै आएकी छिन्। उनको आँगन तिनाउ नदीसँग जोडिएको छ। गएको वर्षामा डिलसम्मै बाढी आयो। बाढी रोक्न स्थानीय सरकारले तिनाउमा तटबन्ध त बनाएको छ, तर त्यो पर्याप्त छैन।
राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

दल र उम्मेदवारका प्रचार सामग्री हटाउन अनुरोध

राजधानी समाचारदाता | 12 hours ago
काठमाडौं । विज्ञापन बोर्डले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारसम्बन्धी सामग्री आज मध्यरातिदेखि हटाउन सञ्चारमाध्यमलाई अनुरोध गरेको छ । बोर्डले आज सूचना जारी गर्दै अनलाइन सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा राखिएका मतदाता शिक्षासम्बन्धी निर्वाचन आयोग नेपाल र विज्ञापन बोर्डले प्रदान गरेका विज्ञापनबाहेकका अन्य विज्ञापन राति १२ः०० बजेदेखि हटाउन आग्रह गरेको हो ।
राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

रामेछापमा मतपेटिका सहित कर्मचारी र सुरक्षाकर्मी सवार गाडी दुर्घटना

राजधानी समाचारदाता | 13 hours ago
काठमाडौं । रामेछापमा मतपेटिका लगायत निर्वाचन सामग्री बोकेर कर्मचारी र सुरक्षाकर्मी सवार गाडी दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय, रामेछापका प्रवक्ता इन्स्पेक्टर राजन तिम्सिनाका अनुसार मन्थलीबाट रामेछाप-२ र ३ को बुथका लागि निर्वाचन सामग्री लिएर कर्मचारी र सुरक्षाकर्मी सवार गाडी देउराली सिरुबारीको भिरमा खसेको प्रारम्भिक सूचना प्राप्त भएको छ ।
Kendrabindu logo Kendrabindu

वसन्तपुर दरबार क्षेत्रमा होलीकाे राैनक [भिडियो]

इन्द्र कमल रोक्का | 14 hours ago
वसन्तपुर दरबार क्षेत्र अहिले रङ्गहरूको उत्सवमा झुमिरहेको छ । हनुमानढोका दरबारको मूल ढोकामा ठड्याइएको तीनतले चीरले एकातिर सांस्कृतिक परम्पराको गरिमा धानेको छ भने अर्कोतिर डिजे संगीत र ‘ह्याप्पी होली’ को गुञ्जनले आधुनिक उत्साह थपेको छ।
राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

निर्वाचनका कारण भएनन् होलीका औपचारिक कार्यक्रम

राजधानी समाचारदाता | 14 hours ago
गण्डकी । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दृष्टिगत गर्दै प्रशासनबाट गरिएको आग्रहसँगै आज पोखरामा औपचारिक रुपमा नभई घरघरभित्रै होली मनाइएको छ । विगतका वर्षमा पोखराको पर्यटकीयस्थल लेकसाइडलगायत मुख्य सहरी क्षेत्रका साथै विभिन्न सङ्घसंस्थाको आयोजनामा सामूहिक रुपमा होली मनाउने गरिएको थियो ।
राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

वसन्तपुरमा रंगको रौनक : युवायुवतीसँगै विदेशी पर्यटकले मनाए होली (फोटो फिचर)

द्वारिका काफ्ले | 14 hours ago
काठमाडौं । वसन्तपुर दरबार क्षेत्रमा होली पर्वको उल्लास छाएको छ। एकअर्कालाई रंग दलेर युवायुवतीसँगै विदेशी पर्यटकले पनि उत्साहका साथ पर्व मनाएका छन्। ऐतिहासिक दरबार क्षेत्र रंगीचंगी अबिरले ढाकिएको थियो । युवाहरू नाचगानमा रमाएका थिए भने विदेशी पर्यटकसमेत नेपाली संस्कृतिसँग घुलमिल हुँदै रंग खेल्न व्यस्त देखिन्थे । The post वसन्तपुरमा रंगको रौनक : युवायुवतीसँगै विदेशी पर्यटकले मनाए होली (फोटो फिचर) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.
Kendrabindu logo Kendrabindu

पेट्रोलियम पदार्थको अभाव हुनसक्ने आशंकमा पेट्रोल पम्पहरुमा उपभोक्ताहरुको भिड

इन्द्र कमल रोक्का | 14 hours ago
काठमाडौं । काठमाडौं उपत्यकाका पेट्रोल पम्पहरुमा आइतबार साँझदेखि नै सवारी साधनहरुको भिड लागेको छ । अधिकांस पम्पहरुमा लामो लाइन देख्न सकिन्छ ।शनिबारदेखि मध्यपूर्वमा इरान र इजरायल बिचको बढ्दो तनाबले उग्र रुप लिएसँगै खाडीका अधिकांश मुलुकहरु समेत त्यसको चपेटमा परेपछि त्यसैको प्रभाव स्वरुप नेपालमा समेत इन्धन अभाव हुन सक्ने जोखिम बढेको छ ।
Kendrabindu logo Kendrabindu

ड्रोनबाट यस्तो देखियो वसन्तपुरको रंगीन होली उत्सव [तस्विरहरु]

इन्द्र कमल रोक्का | 14 hours ago
वसन्तपुर दरबार क्षेत्र यतिबेला होली पर्वको रंगीन उल्लासले भरिएको छ । ऐतिहासिक दरबार क्षेत्र रंग, भीडभाड र उत्साहले झन् जीवन्त बनेको छ। युवायुवतीहरू एकअर्कामा रङ्ग दलेर नाचगानमा रमाइरहेका छन् भने विदेशी पर्यटक पनि नेपाली संस्कृतिको यो विशेष पर्वमा सहभागी भएर खुसी साटिरहेका छन्।
Kendrabindu logo Kendrabindu

मदन भण्डारी राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

इन्द्र कमल रोक्का | 14 hours ago
रामेछाप । मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीबाट हेटौँडातर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटनामा परेका चालकको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार झनझने प्रहरी चौकी क्षेत्रभित्र पर्ने सडक खण्डमा वा ४४ प ९८१७ नम्बरको मोटरसाइकल आइतबार राति करिब ९ः३० बजे अनियन्त्रित भई दुर्घटनामा परेको थियो ।
राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

इरानको आक्रमणबाट गोरखा बोर्लाङका दिवस श्रेष्ठको मृत्यु

राजधानी समाचारदााता | 16 hours ago
काठमाडौं । संयुक्त अरब इमिरेट्समा इरानको आक्रमणबाट गोरखाको भीमसेन थापा गाउँपालिका वडा नं ७ बोर्लाङ ठाँटीका दिवस श्रेष्ठको मृत्यु भएको छ । अबुधाबीस्थित नेपाली राजदूतावासले दिएको जानकारीअनुसार २९ वर्षीय दिवस श्रेष्ठको आइतबार मृत्यु भएको हो । उहाँ मिडल इस्ट कम्पनीमा सेक्युरिटी गार्डका रूपमा कार्यरत रहेको बताइएको छ ।
Kendrabindu logo Kendrabindu

इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाउने गोरखाका दिवस श्रेष्ठ रहेको पुष्टि

इन्द्र कमल रोक्का | 16 hours ago
काठमाडौं । इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाउने गोरखाका दिवस श्रेष्ठ रहेको पुष्टि भएको छ । मृत्यु हुने सेक्युरिटी गार्डमा कार्यरत श्रेष्ठ भएको अबुधाबीस्थित नेपाली राजदूतावास र एनआरएनए युएइले जनाएको छ।सोमबार नेपाली राजदूतावासले प्रेस विज्ञप्ति जारी गरी अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा रेक्युरिटी गार्डमा कार्यरत श्रेष्ठको मृत्यु भएको जनाइएको छ।
Kendrabindu logo Kendrabindu

इरानको आक्रमणबाट दुबईमा मारिने गोरखा बोर्लाङका दिवस श्रेष्ठ

इन्द्र कमल रोक्का | 16 hours ago
गोरखा । संयुक्त अरब इमिरेट्समा इरानको आक्रमणबाट गोरखाको भीमसेन थापा गाउँपालिका वडा नं ७ बोर्लाङ ठाँटीका दिवस श्रेष्ठको मृत्यु भएको छ । अबुधाबीस्थित नेपाली राजदूतावासले दिएको जानकारीअनुसार २९ वर्षीय दिवस श्रेष्ठको आइतबार मृत्यु भएको हो । उनी मिडल इस्ट कम्पनीमा सेक्युरिटी गार्डका रूपमा कार्यरत रहेको बताइएको छ ।
राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

रूपाली होलीलाई निरन्तरता दिँदै रूपालवासी

राजधानी समाचारदाता | 16 hours ago
महेन्द्रनगर । डडेल्धुराको रूपालबाट बसाइँ सरी कञ्चनपुरको विभिन्न स्थानमा छरिएर रहेका रूपाली समुदायका नागरिकले पम्परागत रूपाली होलीलाई धुमधामका साथ मनाइरहेका छन् । फागु पूर्णिमाको तीन दिनअघि देखि सुरु भएको रूपाली होली कञ्चनपुरको भीमदत्त नगरपालिका, बेदकोट नगरपालिकाका साथै अन्यत्र पनि सुरु भइसकेको छ ।
राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

ललितपुरमा दुई हजार ४९ अस्थायी मतदाता

राजधानी समाचारदाता | 17 hours ago
ललितपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ललितपुर जिल्लामा दुई हजार ४९ अस्थायी मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार सुरक्षाकर्मी तथा निर्वाचन कार्यमा खटिएका कर्मचारीले आफू खटिएको मतदान केन्द्रमै समानुपातिकतर्फको मतपत्रमा मतदान गर्न पाउने व्यवस्था गरिएको छ ।
Kendrabindu logo Kendrabindu

मुक्तक मञ्च मकवानपुरको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा तिमिल्सिना

इन्द्र कमल रोक्का | 17 hours ago
एन.पि.घायल,काठमाडौं। मुक्तकको उत्थान हाम्रो अभियान भन्ने मूल नारासहित स्थापना भएको नेपाली साहित्यिक विधा मुक्तकको अग्रणी संस्था मुक्तक मञ्चको मकवानपुर शाखाको दोस्रो अधिवेशन सम्पन्न भएको छ । पोखरामा स्थापना भएर लामो समयदेखी नेपाली भाषा, कला र साहित्यको क्षेत्रमा उल्लेख्य भुमिका निर्वाह गरेको संस्थाको मकवानपुर शाखाले आफ्नो दोस्रो अधिवेशन सम्पन्न गरेको हो ।
राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

हुम्लामा हेलिकप्टरबाट कर्मचारी र निर्वाचन सामग्री ढुवानी

राजधानी समाचारदाता | 17 hours ago
हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–४ को चाला र वडा नं–६ लिमीका तीन मदतान केन्द्रका कर्मचारी र सुरक्षाकर्मी तथा निर्वाचन सामग्री नेपाली सेनाको हेलिकप्टरमा ढुवानी भइरहेको छ । चार मतदान केन्द्रमा खटिएका १०२ कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन प्रहरीलाई हेलिकप्टरमा त्यसतर्फ पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रकुमार चन्दले बताए ।
राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

खानेपानीमा दलहरूको जोड : घरघरमा स्वच्छ पानी पुर्‍याउने प्रतिबद्धता

राजधानी समाचारदाता | 17 hours ago
काठमाडौं । नेपालका प्रमुख राजनीतिक दलहरूले आसन्न निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक गरेका घोषणापत्रहरूमा स्वच्छ खानेपानीलाई मुख्य ‘एजेन्डा’का रूपमा अघि सारेका छन् । सुरक्षित, नियमित र गुणस्तरीय पिउने पानीको अभाव अझै पनि देशका धेरै क्षेत्रको प्रमुख समस्या रहेको भन्दै विभिन्न प्रमुख राजनीतिक दलले दीर्घकालीन योजना र संरचनात्मक सुधारका प्रतिबद्धता व्यक्त गरेका हुन् ।

Explore by Source or Category