राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)
रामेछापमा मतपेटिका सहित कर्मचारी र सुरक्षाकर्मी सवार गाडी दुर्घटना
काठमाडौं । रामेछापमा मतपेटिका लगायत निर्वाचन सामग्री बोकेर कर्मचारी र सुरक्षाकर्मी सवार गाडी दुर्घटना भएको छ ।
जिल्ला प्रहरी कार्यालय, रामेछापका प्रवक्ता इन्स्पेक्टर राजन तिम्सिनाका अनुसार मन्थलीबाट रामेछाप-२ र ३ को बुथका लागि निर्वाचन सामग्री लिएर कर्मचारी र सुरक्षाकर्मी सवार गाडी देउराली सिरुबारीको भिरमा खसेको प्रारम्भिक सूचना प्राप्त भएको छ ।
‘अहिले गाडी नम्बरहरू केही खुलेको छैन । दुईवटा बुथका लागि सामान बोकेर गएको गाडी दुर्घटनामा परेको खबर छ । गाडीमा मतदान अधिकृत, अन्य कर्मचारी र सुरक्षाकर्मी छन् । प्रहरी टोली पठाउँदै छौँ’, तिम्सिनाले भने ।
थप विवरण बुझ्ने काम भइरहेको उनले बताए ।
The post रामेछापमा मतपेटिका सहित कर्मचारी र सुरक्षाकर्मी सवार गाडी दुर्घटना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....