npl.977 Nepal News Stream

राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) logo राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

ललितपुरमा दुई हजार ४९ अस्थायी मतदाता

राजधानी समाचारदाता 20 hours ago

ललितपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ललितपुर जिल्लामा दुई हजार ४९ अस्थायी मतदाता कायम भएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार सुरक्षाकर्मी तथा निर्वाचन कार्यमा खटिएका कर्मचारीले आफू खटिएको मतदान केन्द्रमै समानुपातिकतर्फको मतपत्रमा मतदान गर्न पाउने व्यवस्था गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालयकी प्रमुख गोमा धमलाले निर्वाचनमा खटिन नपाएका कर्मचारी तथा सुरक्षाकर्मीका लागि भने छुट्टै दुई स्थानमा मतदान केन्द्र तोकिएको जानकारी दिइन् । अस्थायी मतदाताले समानुपातिकतर्फ मतदान गर्न पाउने गरी लगनखेलस्थित नमुना मच्छेन्द्र माध्यमिक विद्यालय र नख्खु कारागारमा मतदान केन्द्र निर्धारण गरिएको छ ।

नख्खु कारागारमा रहेका कैदीबन्दी, त्यहाँ कार्यरत कर्मचारी तथा सुरक्षाकर्मीले सोही स्थानबाट समानुपातिकतर्फ मतदान गर्न पाउनेछन् । निर्वाचन आयोगको निर्देशिकाअनुसार अस्थायी मतदातालाई समानुपातिकतर्फ मात्र मतदानको अधिकार रहने व्यवस्था छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार ललितपुरमा एक लाख ३१ हजार ५४९ महिला र एक लाख एक लाख ३७ हजार ७०७ पुरुष गरी कूल दुई लाख ६९ हजार २५६ मतदाता रहेका छन् । जिल्लाभर १३१ मतदानस्थल तथा ३१८ मतदान केन्द्र निर्धारण गरिएको कार्यालयले जनाएको छ ।

The post ललितपुरमा दुई हजार ४९ अस्थायी मतदाता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Read more news from राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)

Explore by Source or Category