npl.977 Nepal News Stream

#सबै समाचार

Clickmandu logo Clickmandu

रेकर्ड तोडेको भोलिपल्टै घट्यो सुनको भाउ, आज कतिमा हुँदै छ कारोबार ?

क्लिकमान्डु | 42 minutes ago
काठमाडौँ । नेपाली बजारमा केही दिनदेखि लगातार बढिरहेको सुनको मूल्यमा बिहीबार ठूलो गिरावट आएको छ। बुधबार हालसम्मकै उच्च बिन्दुमा पुगेर ऐतिहासिक कीर्तिमान कायम गरेको सुनको मूल्य आज प्रतितोला १५ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७६ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ।
Clickmandu logo Clickmandu

बजेटको अर्धवार्षिक समीक्षा: ३८ प्रतिशत आम्दानी, पुँजीगत खर्च १२ प्रतिशत मात्रै

क्लिकमान्डु | 55 minutes ago
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा सरकारको आम्दानी र खर्च दुवैको अवस्था कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको अर्धवार्षिक समीक्षा प्रतिवेदनअनुसार पुस मसान्तसम्ममा केन्द्र सरकारको कूल आम्दानी वार्षिक लक्ष्यको ३८ दशमलव ३८ प्रतिशत र खर्च ३५ दशमलव १४ प्रतिशतमा सीमित भएको हो ।
Clickmandu logo Clickmandu

राष्ट्रिय तथ्यांक कार्यालयमा ४४३७ लाई जागिर खुल्यो

क्लिकमान्डु | 1 hour ago
काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले ‘राष्ट्रिय आर्थिक गणना, २०८२’ लाई सफलतापूर्वक सम्पन्न गर्नका लागि ठूलो संख्यामा करारमा कर्माचार माग गरेको छ। कार्यालयले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै देशभर सञ्चालन हुने आर्थिक गणनाको स्थलगत तथ्याङ्क सङ्कलन तथा सुपरिवेक्षण कार्यका लागि कुल ४ हजार ४ सय ३९ जना कर्मचारी भर्ना गर्न लागेको जानकारी दिएको हो।
Clickmandu logo Clickmandu

सुदूरपश्चिम प्रदेश सरकारले बजेट विनियोजन गरेका सडक पूर्वाधारहरु अलपत्र

क्लिकमान्डु | 1 hour ago
महेन्द्रनगर । कञ्चनपुरका विभिन्न पालिकामा सुदूरपश्चिम प्रदेश सरकारले बजेट विनियोजन गरेका सडक पूर्वाधारहरु अलपत्र परेका छन् । निर्माण कम्पनीको बेवास्ताका कारण पूर्वाधार विकास कार्यालय कञ्चनपुरबाट ठेक्का सम्झौता भएका सुदूरपश्चिम प्रदेश सरकारका सडक योजनाहरु विगत आठ वर्षदेखि अलपत्र छन् । आर्थिक वर्ष २०७४ सालमा सम्झौता भएका दुई दर्जन बढी सडक अधुरै छन् ।
Clickmandu logo Clickmandu

ग्रीनल्यान्डमा ट्रम्पको चासो, किन भइरहेछ आर्कटिक क्षेत्रमा शक्तिराष्ट्रहरूको प्रतिस्पर्धा ?

विन्देश दहाल | 3 hours ago
काठमाडौं । आर्कटिक क्षेत्र प्रतिकूल जलवायु र शक्तिराष्ट्रहरूबीच वैज्ञानिक सहकार्यका विषयमा सहमतिका कारण भूराजनीतिको छायाँबाट मुक्त रहिआएको छ । तर, जलवायु परिवर्तन र विश्व तापक्रम वृद्धिका कारण आर्कटिक क्षेत्रमा जमेको हिउँ पग्लिँदै जाँदा नयाँ भूराजनीतिक यथार्थ सतहमा आइरहेको छ । ग्रीनल्यान्ड यस रूपान्तरणको केन्द्रमा रहेको छ ।
Clickmandu logo Clickmandu

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

क्लिकमान्डु | 3 hours ago
चितवन । माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा दिएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनको सक्रियतामा प्याप्सनको सहयोगमा देवघाट जाने–आउने भक्तजनहरुलाई निःशुल्क बस सेवा सुरु गरिएको हो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार आज बिहान ६ः३० बजेदेखि भरतपुर महानगरपालिका–१ आँपटारीबाट बसहरुले सेवा दिन सुरु गरेका हुन ।
Clickmandu logo Clickmandu

अमेरिका पुग्यो चितवनको सडकमा छाडा छोडिएको कुकुर

क्लिकमान्डु | 3 hours ago
चितवन । केही महिनाअघि अमेरिकन आमाछोरी भरतपुरको होटल ग्लोबल परिसरमा बसिरहेका थिए । एकदिन छाडा छोडिएको एउटा कुकुर उनीहरू नजिकै पुग्यो । पाहुनालाई कुकुरले टोक्ला भनेर सुरक्षा गार्ड दगुर्दै त्यहाँ आइपुगे । हतारिदैँ चोट लाग्ने गरी लखेटे । त्यो देखेर ती आमाछोरीलाई नरमाइलो लाग्यो । दुवैका आँखा रसाए ।
Clickmandu logo Clickmandu

नेपालसहित ७५ देशको आप्रवासी भिसा प्रक्रिया अमेरिकाद्वारा स्थगित, यस्ता मुलुकहरु प्रभावित हुनेछन्

क्लिकमान्डु | 3 hours ago
काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले बुधबार नेपालसहित अफगानिस्तान, इरान, रुस र सोमालियासहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने घोषणा गरेको छ। ट्रम्प प्रशासनले ती देशका नागरिकहरू अमेरिकामा बस्दा सार्वजनिक सहायतामा निर्भर हुन सक्ने सम्भावना रहेको भन्दै यो कदम चालेको हो।
Clickmandu logo Clickmandu

माघी पर्वमा बालेनको सन्देश, के भने उनले ?

क्लिकमान्डु | 3 hours ago
काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले माघे संक्रान्तिको अवसरमा शुभकामना व्यक्त गर्दै यो दिनलाई प्रकृति फेरिने दिन मात्र नभई नेपाली विविधताको संगम भएको बताएका छन्। मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिँदै उनले नेपालको बहुसांस्कृतिक एकतालाई जोड दिएका हुन्।
Clickmandu logo Clickmandu

तराईमा हुस्सु र हिमाली तथा पहाडी भेगमा बादल लाग्ने सम्भावना

क्लिकमान्डु | 4 hours ago
काठमाडौं। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी भागमा आंशिक बदली रही देशका बाँकी पहाडी तथा हिमाली भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका केही स्थानहरूमा हुस्सु र कुहिरो रहनेछ।
Clickmandu logo Clickmandu

विशेष महाधिवेशनबाट कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित, केन्द्रिय कार्यसमिति निर्बाचित

क्लिकमान्डु | 4 hours ago
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको नाम घोषणा गरिएको छ । काठमाडौंमा आइतबारदेखि जारी विशेष महाधिवशेनबाट आज पार्टी सभापतिमा गगनकुमार थापा उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल तथा महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे निर्वाचित भएको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले जानकारी दिए ।
Clickmandu logo Clickmandu

मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै, सरकारले दियो सार्वजनिक विदा

क्लिकमान्डु | 4 hours ago
काठमाडौं । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ ।
Clickmandu logo Clickmandu

अमेरिकी डलर र दिनार महँगो हुँदा अस्ट्रेलियन डलर र युरोको मूल्य घट्यो

क्लिकमान्डु | 4 hours ago
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७८ पैसा तोकिएको छ ।
Clickmandu logo Clickmandu

सिन्धुलीमा बैंक लुटपाट: घरबेटी नै मुख्य योजनाकार, गाडी रिजर्भ गरेर बोलाएका थिए लुटेरा !

क्लिकमान्डु | 16 hours ago
सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ बस्तीपुर, हायुटारस्थित नेपाल एसबीआई बैंकको शाखा लुटपाट प्रकरणमा बैंक रहेकै घरका धनी मुख्य योजनाकार रहेको खुलासा भएको छ । प्रहरी अनुसन्धानका क्रममा बैंक सञ्चालनमा रहेको घरका धनी छविलाल स्याङताङकै लुटपाटमा संलग्नता भएको खुलेपछि उनको खोजी गरिएको थियो । स्याङताङलाई महोत्तरीबाट पक्राउ गरिएको प्रहरी स्रोतको दाबी छ ।
Clickmandu logo Clickmandu

जेनजी मुभमेन्टले पहिलो त्रैमासमा उठाउन नसकेको ब्याज उठ्दा केही सकारात्मक, यसो भन्छन् बैंकर

क्लिकमान्डु | 16 hours ago
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा पहिलो त्रैमासको तुलनामा बैंकहरुको कर्जा रिकभरी केही सुधार भएको बैंकहरुले बताएका छन् । पुस महिनाको अन्तिम दिन बुधबार साँझसम्मको अवस्था हेर्दा असोजको तुलनामा ‘रिकभरी’ मा सुधार भएको बैंकरहरुले बताएका हुन् ।
Clickmandu logo Clickmandu

काठमाडौं महानगरपालिकाले गर्‍यो आगामी ३ वर्षको आयव्यय प्रक्षेपण, बजेट आकार साढे ३३ अर्बको हुने

क्लिकमान्डु | 16 hours ago
काठमाडौं । काठमाडौं महानगरपालिकाको राजस्व परामर्श समितिले आगामी ३ वर्षको आयव्यय प्रक्षेपण गरेको छ । बुधबार उपप्रमुख एवं समितिका संयोजक सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले, आन्तरिक आयका स्रोत, राजस्वको क्षेत्र र दायरा तथा खर्चको लेखाजोखा गर्दै आयव्यय प्रक्षेपण गरेको हो ।
Clickmandu logo Clickmandu

तेस्रो पटक फुट्यो कांग्रेस, चारतारे झण्डा र रुख लिएर को बन्ला ‘असली’ कांग्रेस ?

क्लिकमान्डु | 16 hours ago
काठमाडौं । ८ दशक लामो इतिहास बोकेको मुलुककै पुरानो दल नेपाली कांग्रेस पुनः एकपटक विभाजित भएको छ । संस्थापन पक्ष र रूपान्तरण पक्षबीचको लामो रस्साकस्सीले अन्ततः पार्टीलाई दुई टुक्रा पारेको हो ।
Clickmandu logo Clickmandu

पहिलो त्रैमासको आर्थिक वृद्धिदर ३.२ प्रतिशत हुने

क्लिकमान्डु | 17 hours ago
काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासकाे आर्थिक वृद्धिदर ३.२ प्रतिशत हुने अनुमान राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको छ । कार्यालयले बुधबार सार्वजनिक गरेको प्रथम त्रैमासिक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) प्रतिवेदनले उक्त दरको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको हो ।
Clickmandu logo Clickmandu

एसएमएस प्रकरणमा एनसेलले भन्यो: हाम्रा ग्राहकलाई सन्देश गएको छैन, आकाश टेकलाई गराइयो सचेत

क्लिकमान्डु | 17 hours ago
काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार प्रदायक कम्पनी एनसेलले हालै एक बल्क एसएमएस सेवा प्रदायकमार्फत राजनीतिक सन्देश प्रवाह भएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एनसेलले उक्त अनधिकृत एसएमएस आफ्ना ग्राहकहरूलाई प्रसारण नभएको स्पष्ट पारेको छ ।
Clickmandu logo Clickmandu

कांग्रेस विशेष महाधिवेशन: घिमिरे र पौडेल महामन्त्रीमा चयन

क्लिकमान्डु | 17 hours ago
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गुरु घिमिरे र प्रदीप पौडेल महामन्त्रीमा चयन भएका छन् । काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशनले उनीहरूलाई सर्वसम्मत रूपमा महामन्त्री चयन गरेको हो । नेता विश्वप्रकाश शर्माका अनुसार विशेष महाधिवेशनमार्फत युवा नेताद्वय घिमिरे र पौडेल महामन्त्री चयन भएका हुन् ।

Explore by Source or Category