नेपाल धितोपत्र बोर्ड (सेबोन) ले यही फागुन १ गतेदेखि पुरानो मार्जिन कारोबारसम्बन्धी निर्देशिका २०७४ खारेज गर्दै नयाँ निर्देशिका २०८२ लागू गरेको छ । खासगरी मार्जिन कर्जा पुँजी अपुग भएका तर बजारमा राम्रो अवसर देखेका लगानीकर्ताले पैसाको जोहो गर्ने एक वैकल्पिक उपाय बन्नसक्ने देखिन्छ । एक लगानीकर्ताले मार्जिन कारोबार के हो र कसरी गर्न सकिन्छ ?
काठमाडौं । रामेछापमा भएको दुर्घटनामा मतदान अधिकृत र असईको मृत्यु भएको छ। मृत्यु हुनेमा असई पर्शुराम यादव र मतदान अधिकृत तथा शिक्षक डोरप्रसाद घिमिरे रहेका छन्। निर्वाचन सामग्रीसहित कर्मचारी र प्रहरी चढेको गाडी रामेछाप नगरपालिका-२ स्थित देउरालीमा सोमबार दिउँसो दुर्घटना परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
काठमाडौं । इरानको सरकारी टेलिभिजन च्यानलले सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईकी श्रीमती मनसुरेह खोजस्तेह बघेरजादेहको मृत्यु भएको पुष्टि गरेको छ। बीबीसी फारसीका अनुसार ‘हमशहरी’ अखबारले यसअघि खामेनेईकी श्रीमती अमेरिका र इसरायलका आक्रमणमा घाइते भई कोमामा गएको जनाएको थियो। यसअघि इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेई अमेरिका र इसरायलका आक्रमणमा मारिएका थिए।
काठमाडौं । इजराइल–अमेरिका र इरानबिचको युद्ध तेस्रो दिनमा प्रवेश गर्दा मध्यपूर्वमा तनाव थप बढेको छ। यसैबिच, इरानले साउदी अरबको महत्त्वपूर्ण तेल रिफाइनरी ‘रास तनुरा’ मा आक्रमण गरेको छ, जसका कारण रिफाइनरी बन्द भएको छ । रोयटर्सका अनुसार साउदीको सरकारी तेल कम्पनी साउदी अरामकोको यो रिफाइनरीमा हमलापछि बन्द गरिएको छ । यसको क्षमता दैनिक करिब ५।
काठमाडौं । बिहीबार हुने प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत मौन अवधि सुरु भएको छ । राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि आज मध्यरातदेखि सकिएको छ । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई यही फागुन ४ गतेदेखि सोमबार मध्यरात १२ः०० बजेसम्म प्रचारप्रसारको समय दिएको थियो ।
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न आमसर्वसाधरणमा आग्रह गरेको छ । निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले अनावश्यक भण्डारण गर्दा दुर्घटनाको जोखिमसमेत हुने भएकाले अनावश्यक भण्डारण नगर्न अनुरोध गर्दै इन्धन नियमित भइरहेको र चुनावभरि नियमित हुने जानकारी दिए ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ छ पैसा र बिक्रीदर १४६ रुपैयाँ ६६ पैसा तोकिएको छ ।
नवलपरासी । रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदैछ । हिमाली तथा पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा यो पर्व हर्षोल्लासपूर्वक मनाउन लागिएको हो ।
काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ भने बाँकी भागमा मौसम सफा रहेको छ ।
काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आसन्न निर्वाचनबाट आफ्नो पार्टी सबैभन्दा ठूलो दलको रुपमा उदय हुने बताएका छन् । सोमवार पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो दाबी गरे ।
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन प्रचारप्रसार निषेध अवधिको सुरक्षा व्यवस्था चुस्त बनाइएको बताएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको समग्र तयारी, सुरक्षा व्यवस्था, आचारसंहिताको परिपालना र कार्यान्वयनबारे निषेध अवधि सुरु हुने पूर्वसन्ध्यामा आयोग कार्यालय बहादुर भवनमा उहाँले निर्वाचन सुरक्षालाई भरपर्दो र प्रभावकारी बनाइएको बताउँदै ढुक्क भएर मतदान गर्न सकिने व्यवस्था गरिएको जानकारी दिए ।
रामेछाप । रामेछाप नगरपालिका–२ मा निर्वाचन सामग्री र निर्वाचनमा खटिने कर्मचारी बोकेको गाडी दुर्घटना भएको छ । जिल्लाको साघुटारमा ना ४ ख ६७६८ नम्बरको गाडी दुर्घटना हुँदा एक जना प्रहरीको मृत्यु भएको र छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक भोला भट्टले जानकारी दिए ।
काठमाडौं । चालु आर्थिक वर्ष (आ.व.) २०८२/८३ को आठ महिना बित्न लाग्दा पनि यस वर्ष छुट्याइएको पुँजीगत बजेटमध्येबाट २० प्रतिशत पनि खर्च हुन सकेको छैन । जेठ १५ मा सरकारले चालू आर्थिक वर्षका लागि ४ खर्ब ७ अर्ब बराबर विकासका लागि बजेट छुट्टाएको थियो ।
काठमाडौं । आसन्न प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि आज मध्यरातदेखि सकिँदैछ । निर्वाचन आयोगले दल तथा उम्मेदवारलाई यही फागुन ४ गतेदेखि आजराति १२ बजेसम्म प्रचारप्रसारको समय प्रदान गरेको छ ।
काठमाडौँ । फाल्गुन शुक्ल पूर्णिमाका दिन भोलि मङ्गलबार बेलुकी ग्रस्तोदितखण्डग्रास (उदाउँदै ग्रहणले करिब आधा भाग ढाकिने) चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहणले मङ्गलबार दिउँसो ३ बजेर ३४ मिनेटमा स्पर्श गर्ने समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग)मा उल्लेख गरिएको छ ।
काठमाडौं । मध्यपूर्वी क्षेत्रमा बढेको तनावका कारण अझै पनि विभिन्न ९ वटा मुलुकको हवाई उडान सहज नहुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान एकै दिन २७ वटा रद्द भएका छन् । आइतबार काठमाडौैं विमानस्थलबाट हुने विभिन्न वायुुसेवाका २७ वटा उडान रद्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सन्तुष्टकुमार बस्नेतले जानकारी दिएका छन् ।
विराटनगर । झापा ३ मा बिहीबार राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको राजनीतिक परीक्षण हुँदै छ । अघिल्ला दुई निर्वाचनमा एमालेसँगको चुनावी गठबन्धनमा लगातार विजयी भएका लिङ्देन यसपटक गठबन्धनविहीन अवस्थामा ह्याट्रिकको रणनीतिमा छन् । उता १२ वर्षपछि एमालेका मतदाताले आफ्नै चुनाव चिन्हमा मतदान गर्दै छन् ।
सल्यानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को झन्डा राखेर प्रचारमा प्रयोग भइरहेको जिपबाट प्रहरीले खाद्यान्न र मदिराजन्य सामग्री बरामद गरेको छ । घटनामा संलग्न भएको आशंकामा दुई जनालाई नियन्त्रणमा लिइएको छ। सोमबार बिहान बन्गाड कुपिन्डे नगरपालिका–१, सल्लीबजारबाट खैरागारतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०४२९ नम्बरको जिपलाई प्रहरीले रोकेको थियो ।
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन सम्पूर्ण देशवासीलाई आह्वान गरेकी छन् । सोमबार राष्ट्रका नाममा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले आगामी निर्वाचनलाई देश र जनताको भविष्यको फैसला गर्ने ऐतिहासिक अवसरका रूपमा चित्रण गरिन् ।