npl.977 Nepal News Stream

KHASOKHAS logo

KHASOKHAS

THE VOICE OF THE NEPALI COMMUNITY IN NEW YORK CITY SINCE 2012

इरानी हमलामा मारिएका ६ अमेरिकी सैनिकमध्ये ४ जनाको नाम सार्वजनिक

भवानी प्रसाद पाण्डे | 1 hour ago
इरानी ड्रोन आक्रमणमा ज्यान गुमाउने ६ मध्ये ४ अमेरिकी सैनिकको पहिचान सार्वजनिक भएको छ। अमेरिकी रक्षा मन्त्रालयले आइतबार भएको इरानी ड्रोन आक्रमणमा ज्यान गुमाएका ६ मध्ये चार सैनिकको पहिचान सार्वजनिक गरेको हो।

इरानका अधिकांश सैन्य संरचना ध्वस्त बनाएको अमेरिकाको दाबी

भवानी प्रसाद पाण्डे | 2 hours ago
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका अधिकांश सैन्य संरचनाहरू “निष्क्रिय पारिएको” दाबी गरेका छन्। उनले हालैका आक्रमणहरूमा इरानी नेतृत्वलाई नै लक्षित गरिएको पनि बताएका छन्। ट्रम्पले इरानमा गरिएको अमेरिकी सैन्य कारबाहीको प्रशंसा गर्दै इरानका “झन्डै सबै सैन्य संरचनाहरू ध्वस्त पारिएको” दाबी गरेका छन्।

इरानमाथिको अमेरिकी हमलाबाट चिनियाँ सेनाले सिकेका “पाँच पाठ”

भवानी प्रसाद पाण्डे | 3 hours ago
अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि चिनियाँ सेनाले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेको छ। चिनियाँ सेनाले अमेरिकी र इजरायली हमलाबाट विश्वले “पाँच पाठ” सिक्नुपर्ने बताएको छ। सामाजिक सञ्जाल ‘एक्स’ मा गरिएको पोस्टमार्फत चिनियाँ सेनाले वर्तमान परिस्थितिलाई विश्लेषण गर्दै पाँच महत्त्वपूर्ण निष्कर्ष निकालेको छ।

सीआईएको स्टेशनमा इरानी हमला, कतारमा १० इरानी जासुस पक्राउ

भवानी प्रसाद पाण्डे | 3 hours ago
इरानले अमेरिकी गुप्तचर एजेन्सी (सीआईए) को एक स्टेशनमा ड्रोन आक्रमण गरेको छ। साउदी अरेबियाको राजधानी रियादस्थित अमेरिकी दूतावासभित्र रहेको सीआईएको प्रमुख स्टेशनलाई लक्षित गरी इरानले सो हमला गरेको हो। अमेरिका र साउदी अरेबियाले रियादस्थित दूतावास परिसरमा दुईवटा ड्रोन प्रहार भएको पुष्टि गरेका छन्।

अमेरिकाद्वारा पाकिस्तानमा भिसा सेवा स्थगित गर्ने घोषणा

भवानी प्रसाद पाण्डे | 1 day ago
अमेरिकाले पाकिस्तानबाट प्रवाह गर्दै आएको भिसा सेवा बन्द गरेको छ। कराचीस्थित अमेरिकी महावाणिज्य दूतावासमा भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएपछि अमेरिकाले पाकिस्तानमा भिसा अपोइन्टमेन्टहरू रद्द गर्ने निर्णय गरेको हो। पाकिस्तानको वर्तमान सुरक्षा अवस्थालाई मध्यनजर गर्दै इस्लामाबादस्थित अमेरिकी दूतावासले सबै भिसा अपोइन्टमेन्ट रद्द गरिएको घोषणा गरेको छ।

रियादस्थित अमेरिकी दूतावासमा इरानद्वारा ड्रोन हमला

भवानी प्रसाद पाण्डे | 1 day ago
साउदी अरेबियाको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण भएको छ। उक्त आक्रमण इरानले गरेको दाबी गरिएको छ। साउदी अरेबियाको रक्षा मन्त्रालयले सामाजिक सञ्जालमार्फत घटनाको पुष्टि गर्दै रियादस्थित अमेरिकी दूतावासमा दुईवटा ड्रोन प्रहार भएको जनाएको छ। प्रारम्भिक अनुमानअनुसार उक्त आक्रमणबाट दूतावासको भवनमा आगलागी भएको र केही भौतिक क्षति पुगेको छ।

अमेरिकाले भन्यो: इरानलाई कुनै पनि हालतमा परमाणु हतियार बनाउन दिइने छैन

भवानी प्रसाद पाण्डे | 1 day ago
अमेरिकी उपराष्ट्रपति जे.डी. भान्सले इरानमाथिको सैन्य कारबाहीको मुख्य उद्देश्य परमाणु हतियार विकास रोक्नु मात्र रहेको दाबी गरेका छन्। उनले इरानमा कसले शासन गर्छ भन्ने विषय त्यहाँका जनताको निर्णय भएको बताउँदै अमेरिकाको चासो भनेको उसको परमाणु कार्यक्रमलाई निस्तेज पार्नु रहेको स्पष्ट पारे। अमेरिकाले इरानलाई कुनै पनि हालतमा परमाणु हतियार बनाउन नदिने अडान भान्सले पुनः दोहोर्‍याएका छन्।

मध्यपूर्वमा रहेका आफ्ना नागरिकलाई तुरुन्तै देश छोड्न अमेरिकाको चेतावनी

भवानी प्रसाद पाण्डे | 1 day ago
अमेरिकाले मध्यपूर्वमा रहेका आफ्ना नागरिकहरूलाई तुरुन्तै देश छोड्न चेतावनी दिएको छ। अमेरिकी विदेश मन्त्रालयले मध्यपूर्वका विभिन्न देशहरूमा रहेका आफ्ना नागरिकलाई “गम्भीर सुरक्षा जोखिम” का कारण ती देशहरू तत्काल छाड्न आग्रह गरेको हो। बढ्दो क्षेत्रीय तनावका बीच अमेरिकाले आफ्ना नागरिकका लागि यस्तो ‘ट्राभल एड्भाइजरी’ जारी गरेको छ।

अष्टिन गोलीकाण्ड: आतंकवादसँग सम्बन्धित हुनसक्ने भन्दै एफबीआईको अनुसन्धान केन्द्रित

भवानी प्रसाद पाण्डे | 1 day ago
अमेरिकाको अष्टिन सहरमा भएको गोलीकाण्ड आतंकवादी घटना हुनसक्ने भन्दै संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले अनुसन्धान तीव्र बनाएको छ। एफबीआईले यस घटनामा आतंकवादसँग सम्बन्धित सम्भावित कोणबारे सूक्ष्म अध्ययन गरिरहेको जनाएको छ। शंकास्पद व्यक्तिको गाडी र घरबाट केही यस्ता सामग्री फेला परेका छन्, जसले “आतंकवादसँग सम्भावित सम्बन्ध” रहेको संकेत गर्ने अधिकारीहरूको भनाइ छ।

आगामी दशैंमा बिहे गर्ने योजनामा थिए दिवस, इरानी ड्रोन आक्रमणमा परी दुबईमै अस्ताए 

रासस (RSS) | 1 day ago
घरको आर्थिक अवस्था सुधार्न ४ वर्षअघि संयुक्त अरब इमिरेट्स (यूएई)को दुबई पुगेका थिए दिवस श्रेष्ठ । भीमसेन थापा गाउँपालिका–७ बोर्लाङ ठाँटीका २९ वर्षीय दिवस चामबहादुर र पवित्राको एकमात्र छोरा हुन् । दिवस गत वर्षको दशैँमा घर आएका थिए । गाउँकै सरस्वती माध्यमिक विद्यालयबाट एसइई उत्तीर्ण गरेका श्रेष्ठले काठमाडौँबाट ‘ओभरसियर’को अध्ययन पूरा गरेका थिए ।

प्रतिधिसिभा निर्वाचन-२०८२ : ‘मौन अवधि’ के हो ? उल्लङ्घन भए के कारबाही हुन्छ ?

खसोखास रिपोर्टर | 1 day ago
आसन्न प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि आज मध्यरातदेखि सकिँदैछ । निर्वाचन आयोगले दल तथा उम्मेदवारलाई यही फागुन ४ गतेदेखि आजराति १२ बजेसम्म प्रचारप्रसारको समय प्रदान गरेको छ ।

इरानी सर्वोच्च नेता खामेनीमाथि आक्रमण: अमेरिकाले भेटायो, इजरायलले मेटायो

भवानी प्रसाद पाण्डे | 2 days ago
इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी कसरी अमेरिका र इजरायलको सटिक निशानामा परे भन्ने चासो र चर्चा अहिले सर्वत्र चुलिएको छ। यस घटनामा अमेरिकी र इजरायली गुप्तचर निकायहरूले कसरी मजबुत सहकार्य गरे होलान् भन्ने प्रश्न पनि उब्जिएको छ। प्राप्त विवरण अनुसार, महिनौँदेखि इजरायल र अमेरिकाका गुप्तचर निकायहरूबीच यस विषयमा घनिभूत सहकार्य चलिरहेको थियो।

अमेरिकी सैनिक मृत्युको बदला लिने ट्रम्पको चेतावनी

भवानी प्रसाद पाण्डे | 2 days ago
इरानी हमलामा परी तीन जना अमेरिकी सैनिकको मृत्यु भएको छ भने अन्य पाँच जना गम्भीर घाइते भएका छन्। शनिबारदेखि अमेरिकाले इरानमाथि हवाई आक्रमण सुरु गरेयता अमेरिकी पक्षमा ठुलो क्षति भएको पुष्टि भएको यो पहिलो पटक हो।

टेक्सासको एक बारमा गोली चल्दा ३ जनाको मृत्यु, १४ घाइते

किशोर पन्थी | 2 days ago
अमेरिकाको टेक्सास राज्यस्थित अस्टिनमा आइतबार बिहान एक बारमा अन्धाधुन्ध गोली चल्दा आक्रमणकारीसहित तीन जनाको मृत्यु भएको छ। घटनामा अन्य १४ जना घाइते भएका छन्। अधिकारीहरूका अनुसार, यो घटना अस्टिनको पर्यटकीय क्षेत्र ‘सिक्स्थ स्ट्रिट’ मा रहेको लोकप्रिय बियर गार्डेन ‘ब्युफर्ड्स’ मा भएको हो।

कुवेतमा तीन अमेरिकी सैनिकको मृत्यु, इरानमा २,००० भन्दा बढी स्थानमा हमला

रमेश फुल्लेल | 2 days ago
अमेरिका र इजरायलले इरानमाथि सुरु गरेको भीषण सैन्य कारबाही ‘अपरेशन एपिक फ्युरी’ को दोस्रो दिन इरानका २,००० भन्दा बढी रणनीतिक ठेगानाहरूमा शक्तिशाली बमबारी गरिएको छ। यस संयुक्त कारबाहीको सबैभन्दा ठूलो सफलता इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको मृत्युलाई मानिएको छ, जसको पुष्टि इरानी राज्य नियन्त्रित सञ्चारमाध्यमहरूले समेत गरिसकेका छन्।

इरानको विद्यालयमा क्षेप्यास्त्र आक्रमण: मृतकको संख्या १५३ पुग्यो, अमेरिकाद्वारा अनुसन्धान भइरहेको जानकारी

भवानी प्रसाद पाण्डे | 2 days ago
इरानको एक विद्यालयमा भएको क्षेप्यास्त्र आक्रमणमा परी मृत्यु हुनेको संख्या १५३ नाघेको छ। दक्षिणी इरानमा अवस्थित एउटा बालिका विद्यालयमा भएको उक्त आक्रमणमा कम्तीमा १५३ जनाको ज्यान गएको इरानी अधिकारीहरूले बताएका छन्। मृतकहरूमा अधिकांश बालबालिका रहेका छन्। इरानले यस आक्रमणका लागि अमेरिका र इजरायललाई दोष दिएको छ।

यूएईमा भएको इरानी आक्रमणमा परी एक नेपाली नागरिकसहित तीन जनाको मृत्यु

सुरज घिमिरे | 2 days ago
संयुक्त अरब इमिरेट्स (युएई)मा भएको इरानी आक्रमणमा परी एक नेपाली नागरिकसहित तीन जनाको मृत्यु भएको छ । युएईको रक्षा मन्त्रालयका अनुसार फेब्रुअरी २८ (शनिबार) देखि सुरु भएको आक्रमणका विभिन्न घटनामा परेर एक नेपालीसहित एक पाकिस्तानी र एक बङ्गलादेशी नागरिकले ज्यान गुमाएका हुन्।

मध्यपूर्व क्षेत्रमा छन् १७  लाख बढी नेपाली, सकेसम्म घरभित्रै बस्न र सतर्क रहन अपिल 

खसोखास रिपोर्टर | 2 days ago
नेपाल सरकारले मध्यपूर्व क्षेत्रमा पछिल्लो विकसित घटनाक्रमपछि त्यहाँ रहेका १७ लाख बढी नेपालीलाई सम्बन्धित मुलुकको सुरक्षा निर्देशन पालना गरी सुरक्षित रहन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयमार्फत सरकारले त्यस क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षा उच्च प्राथमिकतामा रहेको जनाउँदै सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको हो ।

खामेनीको मृत्युपछि इरानमा कतै खुसी, कतै निराशा: अब नेतृत्व कसले गर्ला ?

भवानी प्रसाद पाण्डे | 3 days ago
अमेरिका र इजरायलले संयुक्त रूपमा गरेको सैन्य आक्रमणमा इरानका सर्वोच्च धार्मिक नेता आयातोल्लाह अली खामेनीको निधन भएपछि केही ठाउँमा खुसीयाली छाएको छ। शनिबार राति खामेनी मारिएको खबर सार्वजनिक भएपछि राजधानी तेहरानसहित देशका विभिन्न सहरहरूमा खुसीयालीका स्वरहरू सुनिएका छन्।

इरानका सर्वोच्च नेता खामेनी मारिएको पुष्टि, ४० दिनको राष्ट्रिय शोक घोषणा

भवानी प्रसाद पाण्डे | 3 days ago
इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी राजधानी तेहरानस्थित आफ्नै आवास परिसरमा मारिएको इरानी सरकारी सञ्चार माध्यमले जनाएका छन्। सरकारी समाचार संस्था ‘फार्स’ का अनुसार शनिबार बिहान भएको आक्रमणका क्रममा खामेनी आफ्नो कार्यालयमा नियमित जिम्मेवारी निर्वाह गरिरहेका बेला मारिएका हुन्। आक्रमणपछि उपग्रह (स्याटेलाइट) बाट खिचिएका तस्बिरहरूमा तेहरानस्थित नेताको आवास परिसरबाट कालो धुवाँ उठिरहेको देखिएको छ।

Explore news by Category