npl.977 Nepal News Stream

KHASOKHAS logo KHASOKHAS

सीआईएको स्टेशनमा इरानी हमला, कतारमा १० इरानी जासुस पक्राउ

भवानी प्रसाद पाण्डे 5 hours ago

इरानले अमेरिकी गुप्तचर एजेन्सी (सीआईए) को एक स्टेशनमा ड्रोन आक्रमण गरेको छ। साउदी अरेबियाको राजधानी रियादस्थित अमेरिकी दूतावासभित्र रहेको सीआईएको प्रमुख स्टेशनलाई लक्षित गरी इरानले सो हमला गरेको हो।

अमेरिका र साउदी अरेबियाले रियादस्थित दूतावास परिसरमा दुईवटा ड्रोन प्रहार भएको पुष्टि गरेका छन्। तर, उक्त आक्रमणको निशाना सीआईएको गोप्य केन्द्र नै थियो वा थिएन भन्ने विषयमा अधिकारीहरूले स्पष्ट संकेत दिएका छैनन्।

यसैबीच, कतारले १० जना संदिग्ध जासूसलाई पक्राउ गरेको छ। कतारी सुरक्षा निकायका अनुसार इस्लामिक रिभोल्युसनरी गार्ड्स कोर्प्स (आईजीआरसी) का लागि काम गरिरहेका दुईवटा समूहलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ परेकामध्ये सात जनालाई देशका महत्वपूर्ण तथा सैन्य पूर्वाधारसम्बन्धी सूचना संकलन गर्ने जिम्मेवारी दिइएको थियो। त्यस्तै, अन्य तीन जनामाथि ड्रोन प्रयोगसम्बन्धी तालिम लिएको आरोप छ।

अनुसन्धानका क्रममा उनीहरूले आफ्नो सम्बन्ध इरानी रिभोल्युसनरी गार्डसँग रहेको स्वीकार गर्दै जासुसी तथा विध्वंसात्मक गतिविधि सञ्चालन गर्ने जिम्मेवारी पाएको बताएका छन्।

शनिबार अमेरिका र इजरायलको संयुक्त सैन्य हमलामा इरानी सर्वोच्च नेता खामेनीसहित ४० भन्दा बढी उच्चपदस्थ अधिकारीहरूको ज्यान गएपछि इरानले प्रत्याक्रमण गरिरहेको छ। इरानले हाल मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अखडाहरूमाथि लगातार हमला गरिरहेको छ।

Read more news from KHASOKHAS

Explore by Source or Category