भवानी प्रसाद पाण्डे
|
1 hour ago
अमेरिकाको अष्टिन सहरमा भएको गोलीकाण्ड आतंकवादी घटना हुनसक्ने भन्दै संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले अनुसन्धान तीव्र बनाएको छ। एफबीआईले यस घटनामा आतंकवादसँग सम्बन्धित सम्भावित कोणबारे सूक्ष्म अध्ययन गरिरहेको जनाएको छ। शंकास्पद व्यक्तिको गाडी र घरबाट केही यस्ता सामग्री फेला परेका छन्, जसले “आतंकवादसँग सम्भावित सम्बन्ध” रहेको संकेत गर्ने अधिकारीहरूको भनाइ छ।
रासस (RSS)
|
10 hours ago
घरको आर्थिक अवस्था सुधार्न ४ वर्षअघि संयुक्त अरब इमिरेट्स (यूएई)को दुबई पुगेका थिए दिवस श्रेष्ठ । भीमसेन थापा गाउँपालिका–७ बोर्लाङ ठाँटीका २९ वर्षीय दिवस चामबहादुर र पवित्राको एकमात्र छोरा हुन् । दिवस गत वर्षको दशैँमा घर आएका थिए । गाउँकै सरस्वती माध्यमिक विद्यालयबाट एसइई उत्तीर्ण गरेका श्रेष्ठले काठमाडौँबाट ‘ओभरसियर’को अध्ययन पूरा गरेका थिए ।
खसोखास रिपोर्टर
|
13 hours ago
आसन्न प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि आज मध्यरातदेखि सकिँदैछ । निर्वाचन आयोगले दल तथा उम्मेदवारलाई यही फागुन ४ गतेदेखि आजराति १२ बजेसम्म प्रचारप्रसारको समय प्रदान गरेको छ ।
भवानी प्रसाद पाण्डे
|
1 day ago
इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी कसरी अमेरिका र इजरायलको सटिक निशानामा परे भन्ने चासो र चर्चा अहिले सर्वत्र चुलिएको छ। यस घटनामा अमेरिकी र इजरायली गुप्तचर निकायहरूले कसरी मजबुत सहकार्य गरे होलान् भन्ने प्रश्न पनि उब्जिएको छ। प्राप्त विवरण अनुसार, महिनौँदेखि इजरायल र अमेरिकाका गुप्तचर निकायहरूबीच यस विषयमा घनिभूत सहकार्य चलिरहेको थियो।
भवानी प्रसाद पाण्डे
|
1 day ago
इरानी हमलामा परी तीन जना अमेरिकी सैनिकको मृत्यु भएको छ भने अन्य पाँच जना गम्भीर घाइते भएका छन्। शनिबारदेखि अमेरिकाले इरानमाथि हवाई आक्रमण सुरु गरेयता अमेरिकी पक्षमा ठुलो क्षति भएको पुष्टि भएको यो पहिलो पटक हो।
किशोर पन्थी
|
1 day ago
अमेरिकाको टेक्सास राज्यस्थित अस्टिनमा आइतबार बिहान एक बारमा अन्धाधुन्ध गोली चल्दा आक्रमणकारीसहित तीन जनाको मृत्यु भएको छ। घटनामा अन्य १४ जना घाइते भएका छन्। अधिकारीहरूका अनुसार, यो घटना अस्टिनको पर्यटकीय क्षेत्र ‘सिक्स्थ स्ट्रिट’ मा रहेको लोकप्रिय बियर गार्डेन ‘ब्युफर्ड्स’ मा भएको हो।
रमेश फुल्लेल
|
1 day ago
अमेरिका र इजरायलले इरानमाथि सुरु गरेको भीषण सैन्य कारबाही ‘अपरेशन एपिक फ्युरी’ को दोस्रो दिन इरानका २,००० भन्दा बढी रणनीतिक ठेगानाहरूमा शक्तिशाली बमबारी गरिएको छ। यस संयुक्त कारबाहीको सबैभन्दा ठूलो सफलता इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको मृत्युलाई मानिएको छ, जसको पुष्टि इरानी राज्य नियन्त्रित सञ्चारमाध्यमहरूले समेत गरिसकेका छन्।
भवानी प्रसाद पाण्डे
|
1 day ago
इरानको एक विद्यालयमा भएको क्षेप्यास्त्र आक्रमणमा परी मृत्यु हुनेको संख्या १५३ नाघेको छ। दक्षिणी इरानमा अवस्थित एउटा बालिका विद्यालयमा भएको उक्त आक्रमणमा कम्तीमा १५३ जनाको ज्यान गएको इरानी अधिकारीहरूले बताएका छन्। मृतकहरूमा अधिकांश बालबालिका रहेका छन्। इरानले यस आक्रमणका लागि अमेरिका र इजरायललाई दोष दिएको छ।
सुरज घिमिरे
|
1 day ago
संयुक्त अरब इमिरेट्स (युएई)मा भएको इरानी आक्रमणमा परी एक नेपाली नागरिकसहित तीन जनाको मृत्यु भएको छ । युएईको रक्षा मन्त्रालयका अनुसार फेब्रुअरी २८ (शनिबार) देखि सुरु भएको आक्रमणका विभिन्न घटनामा परेर एक नेपालीसहित एक पाकिस्तानी र एक बङ्गलादेशी नागरिकले ज्यान गुमाएका हुन्।
खसोखास रिपोर्टर
|
1 day ago
नेपाल सरकारले मध्यपूर्व क्षेत्रमा पछिल्लो विकसित घटनाक्रमपछि त्यहाँ रहेका १७ लाख बढी नेपालीलाई सम्बन्धित मुलुकको सुरक्षा निर्देशन पालना गरी सुरक्षित रहन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयमार्फत सरकारले त्यस क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षा उच्च प्राथमिकतामा रहेको जनाउँदै सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको हो ।
भवानी प्रसाद पाण्डे
|
1 day ago
अमेरिका र इजरायलले संयुक्त रूपमा गरेको सैन्य आक्रमणमा इरानका सर्वोच्च धार्मिक नेता आयातोल्लाह अली खामेनीको निधन भएपछि केही ठाउँमा खुसीयाली छाएको छ। शनिबार राति खामेनी मारिएको खबर सार्वजनिक भएपछि राजधानी तेहरानसहित देशका विभिन्न सहरहरूमा खुसीयालीका स्वरहरू सुनिएका छन्।
भवानी प्रसाद पाण्डे
|
2 days ago
इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी राजधानी तेहरानस्थित आफ्नै आवास परिसरमा मारिएको इरानी सरकारी सञ्चार माध्यमले जनाएका छन्। सरकारी समाचार संस्था ‘फार्स’ का अनुसार शनिबार बिहान भएको आक्रमणका क्रममा खामेनी आफ्नो कार्यालयमा नियमित जिम्मेवारी निर्वाह गरिरहेका बेला मारिएका हुन्। आक्रमणपछि उपग्रह (स्याटेलाइट) बाट खिचिएका तस्बिरहरूमा तेहरानस्थित नेताको आवास परिसरबाट कालो धुवाँ उठिरहेको देखिएको छ।
रमेश फुल्लेल
|
2 days ago
इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमले आधिकारिक रूपमा पुष्टि गरेका छन्। आइतबार बिहानै इरानी टेलिभिजनमार्फत खामेनीको मृत्युको खबर सार्वजनिक गरिएको हो। अमेरिका र इजरायलले शनिबार इरानको राजधानी तेहरान र अन्य रणनीतिक स्थानहरूमा गरेको भीषण हवाई आक्रमणका क्रममा उनको ज्यान गएको हो।
रमेश फुल्लेल
|
2 days ago
इरानको दक्षिणी क्षेत्रमा अवस्थित एक विद्यालयमा भएको शक्तिशाली विस्फोटमा कम्तीमा १०८ जनाको ज्यान गएको स्थानीय अभियोजकले पुष्टि गरेका छन्। विस्फोटका कारण विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने मृतकमध्ये अधिकांश विद्यार्थी र सर्वसाधारण नागरिक रहेको आशंका गरिएको छ। हर्मोजगान प्रान्तको मिनाब सहरमा रहेको उक्त विद्यालयमा तीनवटा क्षेप्यास्त्र प्रहार भएको बताइएको छ।
भवानी प्रसाद पाण्डे
|
2 days ago
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएको दाबी गरेका छन्। अमेरिका र इजरायलले गरेको संयुक्त सैन्य आक्रमणमा खामेनी मारिएको दाबी ट्रम्पले गरेका हुन्। ट्रम्पका अनुसार, यो सैन्य कारबाही यस हप्ताभरि तीव्र बमबारीसहित जारी रहनेछ। यद्यपि, इरानले भने आफ्ना नेताहरू सुरक्षित र सकुशल रहेको जनाउँदै ट्रम्पको दाबीलाई अस्वीकार गरेको छ।
सुरज घिमिरे
|
2 days ago
अमेरिका र इजरायलले इरानमाथि सैन्य आक्रमण गरेपछि मध्यपूर्वमा उत्पन्न नयाँ तनावका विषयमा संयुक्त राष्ट्र सुरक्षा परिषद्को शनिबार आकस्मिक बैठक बस्ने भएको छ। संयुक्त राष्ट्रका कूटनीतिज्ञहरूका अनुसार १५ सदस्यीय परिषद्को बैठक न्यूयोर्कमा स्थानीय समयअनुसार दिउँसो ४ बजे (२१०० जीएमटी) बस्नेछ। यस महिनाको परिषद् अध्यक्षता गरिरहेको बेलायतले बैठकको अध्यक्षता गर्नेछ।
खसोखास रिपोर्टर
|
2 days ago
इजरायलस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई इजरायली अधिकारी र होम फ्रन्ट कमान्डद्वारा जारी सुरक्षा सल्लाह र निर्देशन कडाइका साथ पालना गर्न अनुरोध गरेको छ । दूतावासले आज सुरक्षा सचेतनासम्बन्धी सूचना जारी गर्दै अनावश्यक यात्रा नगर्न र नियमित सम्पर्कमा रहन त्यहाँ रहेका सबै नेपालीलाई आग्रह गरेको हो ।
भवानी प्रसाद पाण्डे
|
2 days ago
अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमाथि सैन्य आक्रमण सुरु गरेका छन्। उनीहरूले इरानका विभिन्न सहरहरूमा सैन्य हमला गरेका हुन्। राजधानी तेहरानसहित देशका विभिन्न भागमा शक्तिशाली विष्फोट भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक भिडियो सन्देशमार्फत अमेरिका र इजरायलले इरानविरुद्ध संयुक्त सैन्य अभियान सुरु गरेको पुष्टि गरेका छन्।
भवानी प्रसाद पाण्डे
|
2 days ago
अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टनले जेफ्री एप्स्टिनसँग आफ्नो सम्बन्ध केवल “छोटो चिनजान” मात्र रहेको बताएका छन्। उनले एप्स्टिनका अपराधहरूबारे आफूलाई कुनै जानकारी नभएको दाबी गरे। एप्स्टिन अदालतबाट दोषी प्रमाणित यौन अपराधी हुन्, जसको हिरासतमा मृत्यु भइसकेको छ।
डी. ढुंगाना
|
2 days ago
अमेरिकाबाट एकैपटक डिपोर्ट गरिएका ९५ जना नेपाली चढेको विमान स्थानीय समयअनुसार शुक्रबार बिहान साढे ७ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। डिपोर्ट हुने सबै ९५ जना नेपालीले दलाललाई १ करोड नेपाली रुपैयाँसम्म बुझाएर मेक्सिकोको सीमाक्षेत्र हुँदै विनाभिसा अमेरिका प्रवेश गरेको अध्यागमन स्रोतले जानकारी दिएको छ। ९५ जनामध्ये ३ जना महिला रहेका छन्।