भवानी प्रसाद पाण्डे
|
5 hours ago
अमेरिकाको ओहायो राज्यस्थित कोलम्बस सहरमा एक दम्पतीको हत्या गरेको आरोप लागेका व्यक्तिमाथि कानुनी प्रक्रिया अघि बढाइने भएको छ। उनलाई ओहायो फिर्ता ल्याएर मुद्दा चलाउने समयसीमा सुरु भइसकेको अधिकारीहरूले बताएका छन्। माइकल डेभिड म्याकीलाई इलिनोइस राज्यमा मोनिक टेपे र उनका पति स्पेन्सर टेपेको हत्या अभियोगमा पक्राउ गरिएको थियो। म्याकी मोनिकका पूर्व-पति हुन्।
भवानी प्रसाद पाण्डे
|
6 hours ago
अमेरिकाका मिनेसोटा र इलिनोइस राज्यका अधिकारीहरूले ट्रम्प प्रशासनको आप्रवासनसम्बन्धी कडा नीतिको कार्यान्वयन रोक्न माग गर्दै मुद्दा दायर गरेका छन्। यी मुद्दाहरू विशेषगरी ती राज्यहरूमा ‘इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट’ आइस र ‘बोर्डर प्याट्रोल’ एजेन्टहरूको परिचालनविरुद्ध लक्षित छन्। मुद्दाहरू अलग-अलग भए तापनि दुवै राज्यले अमेरिकी संविधानको १०औँ संशोधनलाई मुख्य आधार बनाएका छन्।
भवानी प्रसाद पाण्डे
|
6 hours ago
अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले एक पत्रकारको घरमा छापा मारेको छ। यसै हप्ता ‘वासिङ्टन पोस्ट’ की पत्रकार हान्ना नाटान्सनको घरमा एफबीआईले छापा मारेको हो। अधिकारीहरूका अनुसार, गोप्य सरकारी सूचना चुहाएको आरोप लागेका एक सरकारी ठेकेदारमाथिको अनुसन्धानका क्रममा यो छापा मारिएको हो।
किशोर पन्थी
|
16 hours ago
अमेरिकी विदेश मन्त्रालयले आगामी जनवरी २१ देखि लागू हुने गरी ७५ वटा देशका नागरिकहरूका लागि आप्रवासी भिसा प्रक्रियामा अस्थायी रोक लगाउने घोषणा गरेको छ। यो कदम आप्रवासीहरू अमेरिका आएपछि सरकारी सुविधामा निर्भर हुन सक्ने सम्भावनालाई रोक्न र सम्बन्धित कानुनहरूको कार्यान्वयनमा कडाइ गर्न चालिएको जनाइएको छ ।
खसोखास अमेरिका ब्यूरो
|
16 hours ago
इरानसँगको तनाव बढ्दै गएपछि अमेरिकी सेनाले सावधानी अपनाउँदै कतारस्थित ‘अल उदेद’ एयर बेसबाट केही गैर-अत्यावश्यक कर्मचारीहरूलाई अन्यत्र सार्न थालेको छ। इरानमा जारी प्रदर्शनहरूलाई लिएर राष्ट्रपति ट्रम्पले सैन्य कारबाही गर्नेबारे विचार गरिरहेका बेला यो कदम चालिएको हो।
किशोर पन्थी
|
16 hours ago
अमेरिकी सरकारको डिपोर्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले विदेशमा रहेका हजारौं धार्मिक कामदारहरूको प्रतिक्षा अवधि घटाउने नयाँ नियम लागू गरेको छ। यस अन्तर्गत अब उनीहरूलाई अमेरिकामा फर्किनुअघि अनिवार्य रूपमा एक वर्ष विदेशमा बस्नुपर्ने आवश्यकता हटाइएको छ। नयाँ नियम तत्काल लागू हुने गरी अन्तरिम अन्तिम नियमको रूपमा जारी गरिएको हो।
भवानी प्रसाद पाण्डे
|
1 day ago
भेनेजुएलामा थुनामा राखिएका कम्तीमा चार जना अमेरिकी नागरिकलाई त्यहाँको अन्तरिम सरकारले रिहा गरेको छ। निकोलस मदुरो पदच्युत भएपछि अमेरिकी बन्दीहरूलाई सार्वजनिक रूपमा रिहा गरिएको यो पहिलो घटना हो। उपराष्ट्रपति डेल्सी रोड्रिगेजको नेतृत्वमा रहेको अन्तरिम सरकारले दर्जनौँ राजनीतिक बन्दीहरूलाई रिहा गर्न सुरु गरेको सन्दर्भमा यो कदम चालिएको हो।
भवानी प्रसाद पाण्डे
|
1 day ago
इरानमा भइरहेको सरकार विरोधी प्रदर्शनलाई अमेरिकाले सहयोग गर्ने तयारी गरेको छ। पछिल्लो विरोध प्रदर्शनका क्रममा भएको दमनमा कम्तीमा २ हजार जनाको मृत्यु भएको तथ्य बाहिर आएपछि अमेरिकाले सहयोगको तयारी गरेको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी जनताका लागि सहयोग “आउँदैछ” भन्दै प्रतिबद्धता जनाएका छन्।
खसोखास अमेरिका ब्यूरो
|
1 day ago
किशोर पन्थी
|
1 day ago
अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको भिसा बुलेटिन अनुशार मार्चका लागि नेपालीहरुलाई ६ हजार ५ सय केस नम्बरको सिमाबन्दी लगाइएको छ । फेब्रुअरीका लागि डिभी विजेता नेपालीको केस नम्बर बढाएर ६५ सय बनाइएकोमा मार्चका लागि पनि सोही सिमाबन्दी कायम गरिएको छ ।
किशोर पन्थी
|
1 day ago
अमेरिकी सरकारको विदेश मन्त्रालयबाट जारी फेब्रुअरीको भिसा बुलेटिन अनुशार रोजगारमा आधारित तेश्रो श्रेणीमा ग्रीनकार्ड फाइल गर्ने र आप्रवासी भिसा पाउने मितिमा अग्रता कायम भएको छ ।
किशोर पन्थी
|
1 day ago
फेब्रुअरीमा पनि परिवारमा आधारित ग्रिनकार्डको प्राय सबै श्रेणीमा अमेरिकाभित्र हुनेले ग्रिनकार्ड आवेदन फाइल गर्ने र बाहिर हुनेले भिसा पाउने मितिमा स्थीरता कायम भएको छ । ग्रिनकार्डवाहकका अमेरिकाभित्रै हुने दम्पत्ति र २१ बर्ष अगाडिका बच्चाबच्चीलाई ग्रिनकार्ड फाइल गर्ने मितिमा एकमहिनाको अग्रता आएपनि अरु सबै श्रेणीमा ग्रिनकार्ड फाइल गर्ने र भिसा पाउने मिति टसमस भएको छैन ।
किशोर पन्थी
|
2 days ago
यस पटक ट्याक्स फाइल गर्दा आफ्ना बच्चाका लागि ‘ट्रम्प एकाउन्ट’ खोल्न चाहने अभिभावकहरूले विशेष ध्यान दिनुपर्नेछ। “वान बिग ब्यूटीफुल बिल एक्ट” अन्तर्गत ल्याइएको नयाँ व्यवस्थाअनुसार, अभिभावकहरूले सन् २०२५ को कर फाइल गर्दा आफ्ना नाबालिग बच्चाहरूका लागि ‘ट्रम्प एकाउन्ट’ दर्ता गर्न पाउने छन्। उक्त एकाउन्टमा संघीय सरकारले १ हजार डलर जम्मा गरिदिनेछ।
किशोर पन्थी
|
2 days ago
अमेरिकी विदेश मन्त्रालयका अनुकार राष्ट्रपति डोनल्ड ट्रम्पले गत वर्ष कार्यभार सम्हालेयता हालसम्म १ लाखभन्दा बढीको भिसा रद्द गरिएको छ। ट्रम्प प्रशासनले अख्तियार गरेको कडा आप्रवासन नीतिका कारण यो संख्याले नयाँ रेकर्ड कायम गरेको मन्त्रालयले जनाएको छ।
गिरिजा अधिकारी
|
2 days ago
किशोर पन्थी
|
2 days ago
अमेरिकामा वैधानिक रूपमा बसोबास गरिरहेका ८३ जना आप्रवासीहरूको एक समूहले राष्ट्रियतामा आधारित नयाँ प्रतिबन्धका कारण आफ्नो ग्रीन कार्ड प्रक्रिया रोकिएको भन्दै आइतबार संघीय अदालतमा मुद्दा दायर गरेका छन्। मेरिल्याण्डको संघीय अदालतमा दायर गरिएको उजुरीमा वादीहरूले युएससीआईएसका निर्देशक जोसेफ एड्लोलाई रोकिएका ग्रिनकार्ड आवेदनहरू पुनः अघि बढाउन आदेश दिन माग गरेका छन्।
किशोर पन्थी
|
2 days ago
अमेरिकी बोर्ड अफ इमिग्रेशन अपिल्स (बीआईए) ले एउटा महत्वपूर्ण फैसला गर्दै ज्यान मार्ने धम्की मात्रलाई शरणको प्रयोजनका लागि ‘उत्पीडन’ मान्न नसकिने ठहर गरेको छ। बोर्डका अनुसार यस्ता धम्कीहरूले तब मात्र कानुनी मान्यता पाउनेछन् जब ती वस्तुगत रूपमा विश्वसनीय हुन्छन् र धम्की दिने व्यक्तिसँग उक्त धम्कीलाई तत्काल कार्यान्वयन गर्ने क्षमता भएको पुष्टि हुन्छ।
गिरिजा अधिकारी
|
3 days ago
न्युयोर्कका ठूला निजी स्वास्थ्य संस्थाहरू र नर्सहरूबीचको करार वार्ता निष्कर्षमा पुग्न नसक्दा सोमबारदेखि स्वास्थ्य सेवा ठप्प हुने अवस्था सिर्जना भएको छ। आइतबार रातिसम्म दुवै पक्षबीच सहमति नजुटिए १६ हजारभन्दा बढी नर्सहरूले एकसाथ कार्यक्षेत्र छोडेर आन्दोलनमा उत्रिने तयारी गरेका छन्। न्युयोर्क स्टेट नर्स एशोसिएसनले आइतबार प्रेस एड्भाइजरी जारी गर्दै वार्ताको पछिल्लो अवस्थाबारे जानकारी दिएको छ।
गिरिजा अधिकारी
|
3 days ago
अमेरिकास्थित नेपाली राजदुतावास वासिङ्टन डिसीमा सन् २०२५ को जनवरीदेखि डिसेम्बरसम्मको अवधिमा दुई पुरुष र एक महिलासमेत तीन जनाले नेपाली नागरिकता परित्यागका लागि निवेदन दिएका छन्। दुतावासको विवरण अनुसार अर्को मुलुकको नागरिकता ग्रहण गर्ने प्रक्रियासँगै ती नागरिकहरूले कानुनी रूपमा नेपाली पहिचान व्यवस्थापन गर्न नागरिकता त्याग्ने निर्णय गरेका हुन् ।
भवानी प्रसाद पाण्डे
|
4 days ago
अमेरिकामा ‘आइस’ एजेन्टद्वारा रेनी गुडको हत्या भएपछि आप्रवासन थुनुवा केन्द्रहरूमा कंग्रेस सदस्यहरूको अनुगमनमा नयाँ प्रतिबन्ध लगाइएको छ। मिनियापोलिसमा अमेरिकी आप्रवासन तथा भन्सार प्रवर्तन (आइस) का एक एजेन्टले रेनी गुडको गोली हानी हत्या गरेको केही दिनपछि, गृहमन्त्री क्रिस्टी नोएमले कंग्रेस सदस्यहरूको निरीक्षण भ्रमणमा नयाँ प्रतिबन्ध लगाउने आदेश गोप्य रूपमा जारी गरेकी छन्।