टुरिजमफेस काठमाडौं । विभिन्न खेलको कला प्रदर्शनमा २१ पटकका गिनिज वल्र्ड रेकर्ड राख्न सफल दिनेश सुनारलाई अमेरिकामा खेल विज्ञानमा मानार्थ विद्यावारिधि प्रदान गरिएको छ ।
काठमाडौं। साफ फुटसल च्याम्पियनमा नेपालले श्रीलंकालाई हराएको छ। थाइल्याण्डको बैङ्ककमा आज सम्पन्न खेलमा नेपालले श्रीलंकालाई २-१ गोलअन्तरले हरायो। खेलको १० औँ मिनेटमा मोहम्मद साजनले श्रीलंकालाई अग्रता दिलाएका थिए। तर, १५ औँ मिनेटमा सरोज तामाङले गोल गर्दै खेल बराबरीमा ल्याए। २१ औँ मिनेटमा फेरि सरोजले नै गोल थप्दा नेपालले जित निकाल्न सफल भयो।
काठमाडौं। राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रायोजकका रुपमा एक्स्ट्रिम इनर्जी ड्रिङ्क्स भित्रिएएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले महिला राष्ट्रिय टोलीको प्रमुख प्रायोजकका रूपमा एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सलाई भित्र्याएको हो। क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार दुई वर्षका लागि प्रायोजन सम्झौता गरिएको हो। सम्झौता अनुसार कम्पनीले वार्षिक ८० लाख रुपैयाँ दिनेछ।
काठमाडौं। नेपाली महिला क्रिकेट टोलीले अमेरिकाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ। आईसीसी टी-२० विश्वकप ग्लोबल छनोट अघिको वार्मअफ म्याचमा नेपालले टस हारेर पहिला ब्याटिङ गर्ने भएको हो। यसअघि पहिलो वार्मअफ म्याचमा आयरल्याण्डसँग ९९ रनको फराकिलो हार ब्यहोरेको नेपाल आजको खेलमा जित निकाल्दै क्वालिफायर अघि मोमेन्टम बनाउने लक्ष्यमा रहनेछ।
काठमाडौं। नेपाली महिला फुटसल टोलीले माल्दिभ्समाथि प्रभावशाली जित निकालेको छ। वैङ्ककमा जारी साफ महिला फुटसल च्याम्पियनसिपमा आज सम्पन्न खेलमा नेपाली महिला टोलीले माल्दिभ्सलाई ५-० गोलअन्तरले हराएको हो। नेपालको जितमा जेनिफर रानाले दुई गोल गर्दा विमला चौधरी र मनिषा थापामगरले समान १ गोल गरे। एक गोल भने माल्दिभ्सकी फतिमा सइनाले आत्मघाती गरेकी थिइन्।
काठमाडौं। विश्वकपको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले बलिङ प्रशिक्षक पाएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले पूर्व अष्ट्रेलियन क्रिकेट खेलाडी तथा इंग्ल्यान्डको ग्लामोर्गन काउन्टी क्रिकेट क्लबका सहायक प्रशिक्षक इयान हार्भेलाई नेपाली टोलीको बलिङ कन्सल्टेन्टका रूपमा नियुक्त गरेको जनाएको हो। नेपाली टोलीको मुख्य प्रशिक्षक पनि अस्ट्रेलियाकै छन्। नेपाल स्टुअर्ट ल को प्रशिक्षणमा विश्वकप खेल्ने तयारीमा छ।
काठमाडौं। एन्फा राष्ट्रिय लिगमा बिहीबार दुई खेल सम्पन्न भएका छन्। आज सम्पन्न पहिलो खेलमा सातदोबाटो युथ क्लब र संकटा बराबरीमा रोकिँदा जावलाखेल युथ क्लब लालिगुराँस एसोसिएसन क्लबसँग पराजित भएको छ। पहिलो खेलमा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दुई शीर्ष डिभिजन क्लब गोलरहित बराबरीमा रोकिएका थिए।
काठमाडौं। प्रो गल्फर निरज तामाङले लगातार दोस्रो दिन पनि अग्रता बनाउन सफल भएका छन्। सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनमा नेपाल नम्बर एक प्रो गल्फर तामाङले दोस्रो दिन पनि अग्रता बनाएका हुन्।