npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

साफ महिला फुटसल: माल्दिभ्समाथि नेपालको जित, श्रीलंकासँग खेलेको थियो बराबरी

Mukunda Ghimire 13 hours ago

काठमाडौं। नेपाली महिला फुटसल टोलीले माल्दिभ्समाथि प्रभावशाली जित निकालेको छ। वैङ्ककमा जारी साफ महिला फुटसल च्याम्पियनसिपमा आज सम्पन्न खेलमा नेपाली महिला टोलीले माल्दिभ्सलाई ५-० गोलअन्तरले हराएको हो।

नेपालको जितमा जेनिफर रानाले दुई गोल गर्दा विमला चौधरी र मनिषा थापामगरले समान १ गोल गरे। एक गोल भने माल्दिभ्सकी फतिमा सइनाले आत्मघाती गरेकी थिइन्। नेपालले महिला फुटसलमा हात पारेको यो पहिलो अन्तर्राष्ट्रिय जित हो।

यसअघि नेपाली महिला टोलीले श्रीलंकासँग २-२ गोलको बराबरी खेलेको थियो।

‘हामीले आज राम्रो खेल्यो। पहिलो जितमा धेरै खुशी छु। अघिल्लो खेलमा ३ अंक बनाउन सकेनौँ,’ दुई गोल गरेकी जेनिफरले भनिन्, ‘आगामी खेलमा पनि जितको अपेक्षामा छौं। टिम युनिटी राम्रो भइरहेको छ। देशलाई प्रतिनिधित्व गर्दा गौरवान्वित छु।’

The post साफ महिला फुटसल: माल्दिभ्समाथि नेपालको जित, श्रीलंकासँग खेलेको थियो बराबरी appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category