विश्वकपको तयारीका लागि नेपाल टोलीलाई अस्ट्रेलियन बलिङ कन्सल्टेन्ट, इयान हार्भेलाई जिम्मेवारी
काठमाडौं। विश्वकपको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले बलिङ प्रशिक्षक पाएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले पूर्व अष्ट्रेलियन क्रिकेट खेलाडी तथा इंग्ल्यान्डको ग्लामोर्गन काउन्टी क्रिकेट क्लबका सहायक प्रशिक्षक इयान हार्भेलाई नेपाली टोलीको बलिङ कन्सल्टेन्टका रूपमा नियुक्त गरेको जनाएको हो।
नेपाली टोलीको मुख्य प्रशिक्षक पनि अस्ट्रेलियाकै छन्। नेपाल स्टुअर्ट ल को प्रशिक्षणमा विश्वकप खेल्ने तयारीमा छ। नेपालले यसअघि सन् २०२४ मा मोन्टी देशाइ र सन् २०१४ मा पुबुदु दासानायकेको प्रशिक्षणमा विश्वकप खेलेको थियो।
नेपाली टोली हाल प्रशिक्षणमा छ। नेपालले अब श्रीलंकामा गएर श्रीलंका ‘ए’ सँग र भारत गएर मुम्बई प्रेसिडेन्ट ११ सँग अभ्यास खेल खेल्ने तालिका छन्। विश्वकपमा नेपाल समूह ‘सी’ मा इङ्ग्ल्याण्ड, वेस्ट इण्डिज, बंगलादेश र इटलीसँग छ। नेपालले विश्वकपमा समूह चरणका आफ्ना सबै खेल मुम्बईस्थित वानखेडे स्टेडियममा खेल्ने तालिका छ।
The post विश्वकपको तयारीका लागि नेपाल टोलीलाई अस्ट्रेलियन बलिङ कन्सल्टेन्ट, इयान हार्भेलाई जिम्मेवारी appeared first on BIZMANDU.