npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

राष्ट्रिय लिग: जावलाखेल लालिगुराँससँग पराजित, बराबरीमा रोकिए सातदोबाटो र संकटा

Mukunda Ghimire 13 hours ago

काठमाडौं। एन्फा राष्ट्रिय लिगमा बिहीबार दुई खेल सम्पन्न भएका छन्। आज सम्पन्न पहिलो खेलमा सातदोबाटो युथ क्लब र संकटा बराबरीमा रोकिँदा जावलाखेल युथ क्लब लालिगुराँस एसोसिएसन क्लबसँग पराजित भएको छ।

पहिलो खेलमा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दुई शीर्ष डिभिजन क्लब गोलरहित बराबरीमा रोकिएका थिए। दोस्रो खेलमा भने मोफसलको लालिगुराँस क्लबले शीर्ष डिभिजन क्लब जावलाखेललाई १-० गोलले निराश बनायो। लालिगुराँसको जितमा राज भुषालले खेलको दोस्रो मिनेटमै गरेको गोल निर्णायक बन्यो।

शुक्रबार दशरथ रंगशालामा हुने खेलमा मछिन्द्र क्लब र न्युरोड टिम (एनआरटी) भिड्नेछन्। यो खेल साँझ ७ बजे सुरु हुनेछ।

The post राष्ट्रिय लिग: जावलाखेल लालिगुराँससँग पराजित, बराबरीमा रोकिए सातदोबाटो र संकटा appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category