npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रायोजकमा एक्स्ट्रिम इनर्जी, वर्षको ८० लाख दिने सम्झौता

Mukunda Ghimire 6 hours ago

काठमाडौं। राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रायोजकका रुपमा एक्स्ट्रिम इनर्जी ड्रिङ्क्स भित्रिएएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले महिला राष्ट्रिय टोलीको प्रमुख प्रायोजकका रूपमा एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सलाई भित्र्याएको हो।

क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार दुई वर्षका लागि प्रायोजन सम्झौता गरिएको हो। सम्झौता अनुसार कम्पनीले वार्षिक ८० लाख रुपैयाँ दिनेछ।

क्यानले न्यूनतम ६० लाख रुपैयाँ तोकेर बिडिङ खोलेको थियो।

यसअघि पुरुष राष्ट्रिय टोलीको मुख्य प्रायोजकमा क्यानले वार्षिक २ करोड ३६ लाख रुपैयाँ पाउने गरी नासा सेक्युरिटिजलाई भित्र्याएको थियो।

नेपाली महिला टोलीले आइतबारबाट काठमाडौंमा विश्वकपको ग्लोबल क्वालिफायर खेल्दैछ। जहाँ १० देश आमनेसामने हुँदैछन्। शीर्ष चार देशले यही वर्ष इङ्गल्याण्ड र वेल्समा हुने टी-२९ महिला विश्वकपमा स्थान बनाउने छन्।

The post राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रायोजकमा एक्स्ट्रिम इनर्जी, वर्षको ८० लाख दिने सम्झौता appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category