साफ फुटसल च्याम्पियनसिप: सरोज तामाङको दोहोरो गोलमा श्रीलंकामाथि नेपालको पुनरामगन जित
Mukunda Ghimire
|
4 hours ago
काठमाडौं। साफ फुटसल च्याम्पियनमा नेपालले श्रीलंकालाई हराएको छ। थाइल्याण्डको बैङ्ककमा आज सम्पन्न खेलमा नेपालले श्रीलंकालाई २-१ गोलअन्तरले हरायो।
खेलको १० औँ मिनेटमा मोहम्मद साजनले श्रीलंकालाई अग्रता दिलाएका थिए। तर, १५ औँ मिनेटमा सरोज तामाङले गोल गर्दै खेल बराबरीमा ल्याए। २१ औँ मिनेटमा फेरि सरोजले नै गोल थप्दा नेपालले जित निकाल्न सफल भयो।
थाइल्याण्डमा जारी प्रतियोगितामा महिलातर्फ नेपालले माल्दिभ्सलाई हराउँदै श्रीलंकासँग बराबरी खेलेको थियो।
The post साफ फुटसल च्याम्पियनसिप: सरोज तामाङको दोहोरो गोलमा श्रीलंकामाथि नेपालको पुनरामगन जित appeared first on BIZMANDU.