विश्वकप छनोटअघिको वार्मअफ म्याच: अमेरिकाले टस जित्यो, ब्याटिङ गर्दै नेपाल
काठमाडौं। नेपाली महिला क्रिकेट टोलीले अमेरिकाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ। आईसीसी टी-२० विश्वकप ग्लोबल छनोट अघिको वार्मअफ म्याचमा नेपालले टस हारेर पहिला ब्याटिङ गर्ने भएको हो। यसअघि पहिलो वार्मअफ म्याचमा आयरल्याण्डसँग ९९ रनको फराकिलो हार ब्यहोरेको नेपाल आजको खेलमा जित निकाल्दै क्वालिफायर अघि मोमेन्टम बनाउने लक्ष्यमा रहनेछ।
महिला विश्वकपको ग्लोबल क्वालिफायरमा १० टोलीमध्ये शीर्ष चारमा रहन सके नेपालले पहिलो पटक महिला विश्वकप खेल्न पाउनेछ।
खेल कीर्तिपुरस्थि त्रिवि क्रिकेट मैदान तथा माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुनेछन्। नेपाल रहेको समूहमा थाइल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड र जिम्बाब्वे छन्।
विश्वकप छनोटमा भने नेपालले थाइल्याण्डसँग माघ ४ र नेदरल्याण्ड्सँग माघ ८ गते खेल्नेछ। तेस्रो खेल माघ १० गते जिम्बाब्वेविरुद्ध र चौथो स्कटल्याण्डविरुद्ध १२ गते खेल्नेछ। नेपालले समूह चरणका आफ्ना सबै खेल त्रिवि क्रिकेट मैदानमा खेल्नेछ। नेपाल समूह ‘बी’मा छ।
प्रतियोगिताको समूह ‘ए’ मा बंगलादेश, आयरल्याण्ड, पपुवा न्युगिनी, नामिबिया र अमेरिका छन्।
The post विश्वकप छनोटअघिको वार्मअफ म्याच: अमेरिकाले टस जित्यो, ब्याटिङ गर्दै नेपाल appeared first on BIZMANDU.