नेपाल न्युज
|
20 minutes ago
काठमाडौँ। आर्सनलले लिगकपको पहिलो लेगको सेमिफाइनलमा बुधबार चेल्सीलाई ३–२ ले हराएको छ । यो जित हात पार्दै फाइनल प्रवेशको नजिक पुगेको छ। चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा खेलको सातौं मिनेटमा नै आर्सनलले बेन ह्वाइटको गोलबाट अग्रता लिएको थियो। ४९ औं मिनेटमा भिक्टर ग्योकेरेसले गोल थप्दै आर्सनलको अग्रता दोब्बर पारे।
उद्धव थापा
|
34 minutes ago
नेपालन्युज
|
38 minutes ago
थाइल्यान्ड । थाइल्यान्डमा चीन समर्थित उच्च गतिको रेल परियोजनामा बुधबार एउटा क्रेन यात्रुवाहक रेलमा खस्दा भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या कम्तीमा ३२ पुगेको अधिकारीले बताएका छन्। राजधानी बैङ्ककको उत्तरपूर्वमा रहेको नाखोन रत्चासिमा प्रान्तमा दर्जनौँ उद्धारकर्ताले क्षतिग्रस्त रेलका डिब्बामा बेपत्ता व्यक्तिको खोजी गरिरहेका छन् ।
नेपाल न्युज
|
39 minutes ago
काठमाडौँ। न्युजिल्याण्डले दोस्रो एकदिवसीय खेलमा भारतलाई ६ विकेटले पराजित गरेको छ। यससँगै तीन खेलको शृङ्खला १-१ को बराबरी भएको छ। राजकोटमा भएको खेलमा भारतले दिएको २ सय ८५ रनको लक्ष्य न्युजिल्यान्डले १५ बल बाँकी छदै ३ विकेट गुमाएर पूरा गर्यो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ८४ रन बनाएको थियो।
नेपाल न्युज
|
52 minutes ago
बाँके। बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ । बाँकेमा दुई दिनसम्म भएको जलपन्छी गणनाका क्रममा सो अवस्था देखा परेको हो । नेपालमा हरेक वर्ष जनवरीको पहिलो हप्तादेखि जल पन्छी गणना हुँदै आएको छ ।
नेपालन्युज
|
1 hour ago
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी तीन वर्षको आयव्यय प्रक्षेपण गरेको छ । आज कामपाको उपप्रमुख एवं राजस्व परामर्श समितिका संयोजक सुनिता डङ्गोलको अध्यक्षतामा बसेको बैठकले, आन्तरिक आयका स्रोत, राजस्वको क्षेत्र र दायरा तथा खर्चको लेखाजोखा गर्दै आयव्यय प्रक्षेपण गरेको हो ।
नेपालन्युज
|
1 hour ago
काठमाडौँ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले कांग्रेस फुटमा पुगेपछि दु:ख व्यक्त गरेका छन्। मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस फेरि विभाजित भएसँगै भण्डारीले दु:ख व्यक्त गरेका हुन्। उनले कांग्रेसलाई ठुलो क्षति भएको बताएका छन्। पार्टी फुटेपछि मिलेको विगतमा अनुभव आफूहरूसँग रहेको भन्दै उनले अथक प्रयास गर्दा पनि विभाजन रोक्न नसकेको जिकिर गरे।
नेपाल न्युज
|
1 hour ago
पर्वत। पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ। गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारी चालकले सास्ती खेप्दै आएका थिए। सडक डिभिजन कार्यालय, पोखराले कास्की र पर्वतको सिमाना नयाँपुलदेखि पर्वतको मालढुङ्गासम्म मर्मतसम्भार र कालोपत्रको काम सुरु गरेको जानकारी दिएको छ।
नेपाल न्युज
|
1 hour ago
काठमाडौँ। राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिने विचार व्यक्त गरेकी छन्। माघी पर्वका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले देशका मौलिक संस्कृति जोगाउने कर्तव्य सबैको भएको उल्लेख गरेकी छन्। उपाध्यक्ष घिमिरेले भनेकी छन्, ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त सुन्दर मुलुक हो।
नेपालन्युज
|
1 hour ago
काठमाडौँ । काठमाडौं सुन्धारास्थित जगन्नाथ देवल कारागारमा १० वर्ष कैद सजाय भुक्तान गरिरहेका तीन कैदीबन्दी ‘हेडमास्टर’ को परिचय बनाएर फर्कंदै छन्। त्यहाँस्थित महिला बन्दी विकास आधारभूत विद्यालय, भद्रबन्दी विकास आधारभूत विद्यालय र केन्द्रीय कारागारमा सञ्चालित जगन्नाथ माध्यमिक विद्यालयका प्रधानाध्यापकको जिम्मेवारीमा रहेका तीन कैदीबन्दी केही समयपछि कैदमुक्त हुँदै छन्।
नेपाल न्युज
|
1 hour ago
चितवन। माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा दिएका छन्। जिल्ला प्रशासन कार्यालय चितवनको सक्रियतामा प्याप्सनको सहयोगमा देवघाट जाने–आउने भक्तजनहरुलाई निःशुल्क बस सेवा सुरु गरिएको हो। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार आज बिहान ६ः३० बजेदेखि भरतपुर महानगरपालिका–१ आँपटारीबाट बसहरुले सेवा दिन सुरु गरेका हुन।
नेपालन्युज
|
2 hours ago
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसभित्र देखिएको नेतृत्व परिवर्तनलाई पुराना राजनीतिक दलहरूको समयानुकूल रूपान्तरणको महत्वपूर्ण संकेतका रूपमा व्याख्या गरेका छन्। बिहीबार बिहान सामाजिक सञ्जालमार्फत् कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा तथा उनको टिमलाई बधाई दिँदै भट्टराईले यस परिवर्तनले समग्र राजनीतिक प्रणालीलाई नै अग्रगामी दिशातर्फ धकेल्ने विश्वास व्यक्त गरेका छन्।
नेपाल न्युज
|
2 hours ago
म्याग्दी। म्याग्दीमा बसोबास गर्ने मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति पर्वको रौनक छाएको छ । जिल्लामा बाहुलता रहेको मगर समुदायले माघेसङ्क्रान्ति र साउनेसङ्क्रान्तिलाई विशेष महत्वका साथ मनाउने गर्दछन् । अल्पसङ्ख्यक छन्त्याल समुदायले माघेसङ्क्रान्तिलाई सबैभन्दा ठूलो पर्वका रूपमा मनाउने गर्दछन् ।
नेपालन्युज
|
2 hours ago
नवलपुर । पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको बुधबार साँझदेखि नै घुइँचो लागेको छ । तीर्थालुको सुविधाका लागि गैँडाकोटबाट कालीगण्डकी नदीमा निःशुल्क डुङ्गाको व्यवस्था गरिएको छ ।
नेपालन्युज
|
2 hours ago
वासिङ्टन । अमेरिकाको विदेश मन्त्रालयले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने घोषणा गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले ती देशका नागरिकहरू अमेरिकामा आएर सरकारी सहायतामा निर्भर हुन सक्ने जोखिम देखिएको भन्दै यस्तो कदम चालेको समाचार एजेन्सी एपीले उल्लेख गरेको छ ।
नेपाल न्युज
|
2 hours ago
चितवन। केही महिनाअघि अमेरिकन आमाछोरी भरतपुरको होटल ग्लोबल परिसरमा बसिरहेका थिए। एकदिन छाडा छोडिएको एउटा कुकुर उनीहरू नजिकै पुग्यो। पाहुनालाई कुकुरले टोक्ला भनेर सुरक्षा गार्ड दगुर्दै त्यहाँ आइपुगे। हतारिदैँ चोट लाग्ने गरी लखेटे। त्यो देखेर ती आमाछोरीलाई नरमाइलो लाग्यो। दुवैका आँखा रसाए। उनीहरूले भगाइसकेको कुकुर खोज्न सुरक्षा गार्डलाई आग्रह गरे।
नेपालन्युज
|
2 hours ago
तनहुँ । तनहुँ, चितवन र नवलपुरको संगमस्थल देवघाट धाममा माघे संक्रान्ति मेला भर्न भक्तजनको चहलपहल सुरु भएको छ । देवघाट धाममा बुधबार रातिदेखि नै भक्तजन आउन थालेका हुन् । बुधबार दिउँसो वेणीसंगममा लिंगो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको थियो ।
नेपालन्युज
|
3 hours ago
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति जस्ता पर्वले सम्पूर्ण नेपालीबीच बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुताको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।
नेपाल न्युज
|
3 hours ago
काठमाडौँ। सभामुख देवराज घिमिरेले माघे सङ्क्रान्ति जस्ता हाम्रा चाडपर्वले आपसी मेलमिलाप, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई मजबुत बनाउँदै लोकतान्त्रिक मूल्य र सहअस्तित्वको भावनालाई थप सुदृढ पार्ने विश्वास व्यक्त गरेका छन्।
नेपाल न्युज
|
3 hours ago
सिरहा। सिरहाको लहान नगरपालिकाले मातृ–शिशु स्वास्थ्यलाई प्राथमिकता दिँदै सुत्केरी र नवजात शिशुको घरदैलोमै पुगेर स्वास्थ्य जाँच गर्ने अभियान सुरु गरेको छ। नगरप्रमुख महेशप्रसाद चौधरीले बुधबार यहाँका १२ वटा स्वास्थ्य केन्द्रलाई बिपी सेट, स्टेथिस्कोप र मेडिकल झोलालगायत उपकरण हस्तान्तरण गर्दै अभियानको सुरुआत गरेका हुन्।