नेपाल न्युज
|
30 minutes ago
काठमाडौँ। प्रतिनिधि सभा निर्वाचनको मौनअवधि सुरू भएकोसँगै राजधानी काठमाडौंको दुई स्थानमा आज बिहान दुई वटा गाडीमा आगजनी गरिएको छ। राजधानीको सुकेधारा र नैकापमा बिहान करिब ३ बजेतिर सो गाडीमा आगजनी गरिएको प्रहरीले जानकारी दिएको छ। आगजनी भएको गाडीमा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंको पर्चा समेत भेटिएको छ।
नेपाल न्युज
|
1 hour ago
काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार १ सय रुपैयाँले बढेर ३ लाख २८ हजार ६०० रुपैयाँमा कारोबार भएको छ। सोमबार सुनको मूल्य ३ लाख २६ हजार ५०० रुपैयाँमा कारोबार भएका थियो। त्यस्तै, आज चाँदीको मूल्य घटेको छ।
नेपाल न्युज
|
1 hour ago
तेहरान। इरानको नतान्जस्थित आणविक केन्द्रमा अमेरिका र इजरायलले पुनः दुईवटा भिषण आक्रमण गरेको इरानी आणविक एजेन्सीका प्रमुख मोहम्मद इस्लामीले दाबी गरेका छन्। इरानको अर्ध-सरकारी समाचार संस्था इसनाका अनुसार, इस्लामीले सोमबार अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका प्रमुख राफायल ग्रोसीलाई एक पत्र लेख्दै अमेरिका र इजरायलको पछिल्लो कदमलाई ‘अपराधिक शासनको क्रूर आक्रमण’ को संज्ञा दिएका छन।
नेपाल न्युज
|
1 hour ago
कास्की। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्की जिल्लाका ३६५ वटै मतदान केन्द्रमा निर्वाचन सामग्री पुगेको छ। प्रदेश निर्वाचन कार्यालय पोखराले सोमबार सबै केन्द्रका लागि मतपत्रसहितका निर्वाचन सामग्री पठाइसकिएको जनाएको छ। सम्बन्धित मतदान केन्द्रका मतदान अधिकृत र सहायक मतदान अधिकृतले निर्वाचन कार्यालयबाट मतदान सामग्री बुझेर गएको प्रदेश निर्वाचन अधिकारी नारायण ढकालले बताए।
नेपाल न्युज
|
2 hours ago
लुम्बिनी। यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मौन अवधिमा आचारसंहिता पालना गर्न रुपन्देही प्रशासनले आग्रह गरेको छ।
नेपाल न्युज
|
2 hours ago
गोपाल दाहाल
|
2 hours ago
नेपाल न्युज
|
2 hours ago
ट्रम्पले तेहरानको शासनलाई 'बिरामी र पापी' को संज्ञा दिँदै यो आक्रमण इरानलाई तह लगाउने अन्तिम र उत्तम अवसर भएको बताए। उनले आवश्यक परेमा अमेरिकाले अझै लामो समयसम्म बमबारी जारी राख्न सक्ने क्षमता राख्ने समेत उल्लेख गरे।
नेपाल न्युज
|
3 hours ago
रुपन्देही। रुपन्दहीको देवदहमा गए राति भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय देवदहका अनुसार बुटवलबाट काठमाडौँ जाँदै गरेको लुप्र०१–००१ख ०८१६ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको लु९२प ७९९० नम्बरको स्कुटरलाई देवदह–९ स्थित घोडाहा काँटा चोकमा ठक्कर दिएको थियो।
नेपाल न्युज
|
3 hours ago
काठमाडौँ। इरान विरुद्धको अमेरिकी सैन्य अभियान ‘अपरेसन एपिक फ्युरी’ मा ज्यान गुमाउने अमेरिकी सैनिकहरूको संख्या ६ पुगेको छ। हालसम्म १८ अमेरिकी सैनिकहरू घाइते भएका छन्। घाइतेहरूको अवस्थाबारे पेन्टागनले थप विवरण सार्वजनिक गरेको छैन।
नेपाल न्युज
|
3 hours ago
काठमाडौँ। सन् २०२६ फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरान विरुद्ध सुरु आक्रमणका कारण अमेरिकी रक्षा बजेटमा ठूलो चाप परेको छ। विज्ञहरूका अनुसार यो युद्धको कुल लागत कति हुन्छ भनेर अहिल्यै भन्न नसकिए पनि सुरुवाती केही दिनमै अमेरिकाले खर्बौँ नेपाली रुपैयाँ बराबरको धनराशी खर्च गरिसकेको छ।
नेपाल न्युज
|
3 hours ago
भोजपुर। रामप्रसादराई गाउँपालिका–३ भुल्केमा लामो समयदेखि रहँदै आएको खानेपानीको समस्या अन्त्य भएको छ। पुस्तौँदेखि पिउने पानीको अभाव झेल्दै आएका यहाँका स्थानीय अहिले प्रत्येक घरमा धारा जडान भएपछि राहत महसुस गरिरहेका छन्। गाउँका ४ सय ६८ घरमा ‘एक घर, एक धारा’ अभियानमार्फत पिउने पानी वितरण गरिएपछि स्थानीय बासिन्दा उत्साहित भएका छन् ।
नेपाल न्युज
|
3 hours ago
भैरहवा। रुपन्देहीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका रु आठ लाखभन्दा बढी मूल्यका विभिन्न सामान प्रहरीले बरामद गरेको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तथा जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहतबाट खटिएको प्रहरी टोलीले पछिल्लो २४ घण्टामा विभिन्न स्थानमा जाँचका क्रममा अन्दाजी रु आठ लाख ४० हजारबराबरका सामान नियन्त्रणमा लिएको जनाएको छ।
नेपाल न्युज
|
3 hours ago
सुर्खेत। यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मौन अवधिमा निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गरिएको छ । यही फागुन १८ गते राति १२ः०० बजेपश्चात् सुरु भएको मौन अवधिमा निर्वाचन आयोग नेपालले जारी गरेको निर्वाचन आचारसंहिता २०८२ पालना गर्न दलका उम्मेदवार, भ्रातृ सङ्गठनलगायत सम्बन्धित सबैलाई आग्रह गरिएको हो ।
नेपाल न्युज
|
3 hours ago
काठमाडौँ। रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदै छ। हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा यो पर्व हर्षोल्लासपूर्वक मनाउन लागिएको हो ।
नेपाल न्युज
|
3 hours ago
बागलुङ। बागलुङका दुई हजार ३०२ जना किशोरीले पाठेघरको मुखको क्यासरविरुद्वको(एचपिभी) खोप लगाएका छन्। अघिल्लो वर्षबाट दिन थालिएको उक्त खोप यस वर्ष कक्षा ६ देखि १० सम्म अध्ययनरत र विद्यालय बाहिरका किशोरीले खोप लगाएका हुन् ।
नेपाल न्युज
|
4 hours ago
पर्सा। जिल्ला प्रशासन कार्यालयले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सोमबार मध्यरातदेखि लागू हुनेगरी भारतसँग सीमा जोडिएको अन्तर्राष्ट्रिय नाका ७२ घण्टा बन्द गरेको छ । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले पर्सा जिल्लासँग जोडिएको भारतको विहार राज्यअन्तर्गतका पूर्वी चम्पारण र पश्चिम चम्पारण जिल्लाका सीमानाका निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै बन्द गरेको जानकारी दिए ।
नेपाल न्युज
|
4 hours ago
काठमाडौँ। बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत मौन अवधि सुरु भएको छ। राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि आज मध्यरातदेखि सकिएको छ। निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई यही फागुन ४ गतेदेखि सोमबार मध्यरात १२:०० बजेसम्म प्रचारप्रसारको समय दिएको थियो ।
नेपाल न्युज
|
4 hours ago
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ छ पैसा र बिक्रीदर १४६ रुपैयाँ ६६ पैसा तोकिएको छ ।
नेपाल न्युज
|
4 hours ago
म्याड्रिड। स्पेनले आफ्नो भूमिमा रहेका सैन्य अड्डाहरू इरानविरुद्धको आक्रमणका लागि प्रयोग गर्न अमेरिकालाई अनुमति दिन इन्कार गरेको छ। स्पेन सरकारले ‘रोटा’ र ‘मोरोन’ मा रहेका आफ्ना संयुक्त सैन्य अड्डाहरू इरानविरुद्धको जारी हमलामा प्रयोग गर्न नदिने निर्णय गरेपछि अमेरिकालाई सामरिक धक्का लागेको छ।