इन्द्र कमल रोक्का
|
27 minutes ago
गुल्मी। आगामी प्रतिनिधि सभा निर्वाचनका लागि गुल्मी जिल्लामा आवश्यक संख्यामा निर्वाचन प्रहरी नपुग्दा आवेदन दिने म्याद दुई दिन थप गरिएको छ। नेपाल प्रहरीअन्तर्गत जिल्लामा १ हजार ६९५ जना निर्वाचन प्रहरी आवश्यक परे पनि हालसम्म १ हजार १२८ जनाबाट मात्र आवेदन परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
इन्द्र कमल रोक्का
|
40 minutes ago
काठमाडौँ । नेपाली कांग्रेस संस्थापन पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । पत्रकार सम्मेलन दिउसो २ बजे केन्द्रिय कार्यालय सानेपामा हुनेछ । गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति घोषणा गरेपछि खड्काले पत्रकार सम्मेलन लागेका कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
इन्द्र कमल रोक्का
|
49 minutes ago
काठमाडौं । यूकेबाट स्नातक अध्ययन पूरा गरेकी प्रकृति ढकाल हाल ‘देश परिवर्तन संवाद यात्रा’ लिएर देशका विभिन्न गाउँ–सहरमा पुगेकी छन् । राजनीतिक संक्रमण, युवाको भूमिका र जनताको आवाज बुझ्ने उद्देश्यसहित सुरु गरिएको यो यात्रा अझै निरन्तर रहेको उनले बताइन् । केन्द्रविन्दुसँगको कुराकानीमा ढकालले भनिन्, ‘अहिले नेपाल राजनीतिक रूपमा ट्रान्जिसन फेजमा छ ।
इन्द्र कमल रोक्का
|
1 hour ago
एजेन्सी,काठमाडौँ। अमेरिकाले ग्रिनल्यान्ड आफ्नो नियन्त्रणमा लिन सक्ने संकेत दिएपछि युरोपेली देशहरू सतर्क बनेका छन्। फ्रान्ससहित नेटोका युरोपेली सदस्य राष्ट्रहरूले ग्रिनल्यान्डमा सैन्य उपस्थिति बढाउने तयारी गरेका छन्। डेनमार्क र ग्रिनल्यान्डका प्रतिनिधिहरूले अमेरिकासँग गम्भीर मतभेद रहेको सार्वजनिक गरेको भोलिपल्ट नै युरोपेली मुलुकहरूको यो कदम बाहिर आएको हो।
इन्द्र कमल रोक्का
|
1 hour ago
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र बागमती प्रदेशका सांसद रामेश्वर श्रेष्ठबीच भेटवार्ता भएको छ । बिहीबार ललितपुरको महालक्ष्मी नगरपालिका टिकाथलीस्थित निवासमा भएको भेटमा आगामी निर्वाचन र विकास निर्माणलगायत समसामयिक विषयमा कुराकानी भएको सञ्चारमन्त्री खरेलले जानकारी दिए ।
इन्द्र कमल रोक्का
|
1 hour ago
हुम्ला। हुम्लाको अदानचुली गाउँपालिका–२ स्थित ठूला खोला भन्ने ठाउँमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । अदानचुलीको ठूला खोला भन्ने ठाउँमा भे२त २०५५ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा सुम्ला घर भएका अन्दाजी ३० वर्षीय नगेस रावलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले जानकारी दिए ।
इन्द्र कमल रोक्का
|
1 hour ago
काठमाडौँ। नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट उपसभापतिमा निर्वाचित पुष्पा भुसालले पार्टी विधानअनुसार नै सबै प्रक्रिया पूरा भएकाले कुनै पनि अन्यथा निर्णय आउने कल्पना नगरेको बताएकी छन्। उपसभापति भुसालले विशेष महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको विवरण अद्यावधिक गर्न पार्टी नेतृत्वसहित निर्वाचन आयोग पुगेको जानकारी दिइन्।
इन्द्र कमल रोक्का
|
1 hour ago
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडाको मूल्य प्रकारअनुसार फरक–फरक रहेको छ । ठूलो भारतीय गोलभेँडा प्रतिकिलो रु १०५, सानो लोकल रु ६५, सानो टनेल रु ९५, सानो भारतीय रु ८५ र तराईको सानो गोलभेँडा रु ९० कायम गरिएको छ।
इन्द्र कमल रोक्का
|
1 hour ago
काठमाडौं । संघीय संसद अन्तर्गत शुक्रबार दुई संसदीय समितिको बैठक बस्दैछ । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्न लागेको हो । सिंहदरवारस्थित समितिको बैठक कक्षमा बिहान ११ः३० बजे विधायन व्यवस्थापन समितिको १५७ औं बैठक बस्दैछ ।
इन्द्र कमल रोक्का
|
2 hours ago
सिरहा। चुरे क्षेत्रको प्राकृतिक सौन्दर्य, जलसंरक्षण र स्थानीय रोजगारीलाई एउटै सूत्रमा बाँध्दै सिरहाको लहान नगरपालिका–१५ मा रहेको ‘गोसाइ डाँडा ताल’ अहिले आन्तरिक पर्यटकको नयाँ आकर्षण बन्दै गएको छ । झवाई खोल्सी क्षेत्रभित्र सामुदायिक वनको पहलमा निर्माण गरिएको यो तालले पर्यापर्यटनसँगै जलवायु अनुकूलन र स्थानीय आर्थिक उत्थानलाई एकैसाथ जोडेको छ ।
इन्द्र कमल रोक्का
|
2 hours ago
पाँचथर। माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको छ । फिदिम नगरपालिकाको आर्थिक सहयोग तथा नेपाल आदिवासी जनजाति महासङ्घको समन्वयमा नेपाल मगर सङ्घले आयोजना गरेको महोत्सव आज समापन हुनेछ । महोत्सवमा लिम्बू, राई, नेवार, तामाङ, गुरुङ, शेर्पालगायत जातिका मौलिक परिकार आगन्तुकलाई चाख्ने व्यवस्था मिलाइएको छ ।
इन्द्र कमल रोक्का
|
2 hours ago
गण्डकी। चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका कृषि विकास शाखाको आयोजनामा बिहीबार पोखरामा बृहत् कन्दमूल प्रदर्शनी गरिएको छ । युवा पुस्तालाई घर तरुल, वन तरुल, गिट्ठा भ्याकुुर, सिमल तरुल, सखरखण्ड, पिँडालु, ओललगायत कन्दमूलबारे जानकारी गराउने उद्देश्यका साथ पोखरा–१७ स्थित ढुुङ्गेसाँघुमा प्रदर्शनी आयोजना गरिएको हो । प्रदर्शनीमा २५ किसिमका कन्दमूल राखिएका थिए ।
इन्द्र कमल रोक्का
|
2 hours ago
काठमाडौँ। आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस दिवस हो । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिवस मनाउनुको उद्देश्य भूकम्पबारे चेतना फैलाउनु र तयारी बढाउनु हो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट जनधनको ठूलो क्षति भएको थियो ।
इन्द्र कमल रोक्का
|
2 hours ago
ढोरपाटन। यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछि स्थानीय बेँसी झरे । अस्थायी रूपमा बसोबास गर्ने र व्यवसायीमात्र यहाँ छन् । पाँच वर्ष अगाडिसम्म हिउँदमा ढोरपाटन सुनसान नै हुन्थ्यो ।
इन्द्र कमल रोक्का
|
2 hours ago
काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटेको छ । यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर एक रुपैयाँले घटेको छ ।
इन्द्र कमल रोक्का
|
2 hours ago
काठमाडौं । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समन्वय समितिको प्रथम बैठकले माघ ५ गते प्रत्येक संसदीय निर्वाचन क्षेत्रमा ‘बलिदानी दिवस’ मनाउने निर्णय गरेको छ ।
इन्द्र कमल रोक्का
|
3 hours ago
म्याग्दी। यहाँका एक जना किसानले एक सय २० मुरी धान फलाएका छन्। मङ्गला गाउँपालिका–२ सिमका किसान ध्रुव खत्रीले यस वर्ष उक्त परिणामको धान उत्पादन गनरेका हुन् । खत्री सम्भवतः जिल्लामा सबैभन्दा धेरै धान फलाउने किसान भएको दाबी गरिएको छ । खत्रीको दुईतले घरमा राखिएका भकारी धानले भरिएका छन् ।
इन्द्र कमल रोक्का
|
3 hours ago
काठमाडौाँ। हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु लाग्नेछ । महाशाखाका अनुसार कोशी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक रूपमा बादल लाग्ने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
इन्द्र कमल रोक्का
|
3 hours ago
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७८ पैसा तोकिएको छ ।
इन्द्र कमल रोक्का
|
3 hours ago
काठमाडौँ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा खटिइ जाने मतदान अधिकृतको काम, कर्तव्य के–कस्ता हुन्छन् भन्ने आममानिसमा चासो स्वाभाविक नै हुने गरेको छ । त्यसका लागि निर्वाचन आयोगले प्रष्ट रुपमा मतदान अधिकृतको काम, कर्तव्य र अधिकारसमेत निर्धारण गरेको छ ।