काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक वर्षअघि सम्पन्न महाधिवेशनले आफ्नो पार्टीलाई विभाजन हुनबाट जोगाएको दाबी गरेका छन् । ४२ औँ पिस्कर सहिद स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै ओलीले नेपाली कांग्रेसमा अहिले सभापति शेरबहादुर देउवालाई हटाउन भइरहेको प्रयास र आफ्नो विगतको अवस्था उस्तै रहेको टिप्पणी गरे।
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले आपतकालिन सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । नर्भिकले गम्भीर तथा आकस्मिक स्वास्थ्य समस्यामा परेका बिरामीलाई अस्पतालसम्म आइपुग्न निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो । यो सेवा काठमाडौं रिङरोड भित्र गम्भीर तथा आकस्मिक अवस्थाका बिरामी तथा घाइतेका लागि मात्र लागु हुने जनाइएको छ ।
काठमाडौं । गोरखापत्र संस्थानका अध्यक्ष तोकिएका गोविन्दप्रसाद भण्डारी (अखण्ड) को पद विवादमा परेको छ । सरकारले मन्त्रिपरिषद्को बैठकबाट भण्डारीलाई गत पुस २८ गते गोरखापत्रको अध्यक्ष तोक्ने निर्णय गरेको थियो ।
काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधिसभा निर्वाचनको मनोनयन समयसीमा नजिकिएकाले पार्टीको विवरण चाँडो अध्यावधिक गर्न निर्वाचन आयोगसँग आग्रह गरेका छन् । बिहीबार दिउँसो सभापति थापा नेतृत्वको टोली निर्वाचन आयोग पुगेर कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई विशेष महाधिवेशनपछि भएका राजनीतिक र संगठनात्मक घटनाक्रमको विवरण बुझाएको हो ।
काठमाडौं । ट्रायम्फ नेपालले ललितपुरमा थ्रीएस (सेल्स, सर्भिस र स्पेयर) सुविधा अन्तर्गत सर्भिस र स्पेयर सहितको नयाँ आधिकारिक सेन्टर सञ्चालनमा ल्याएको छ । काठमाडौं उपत्यकाभित्र आफ्नो उपस्थितिलाई थप सुदृढ बनाउन कम्पनीले बाइकर डिपो प्रालिमार्फत मीनभवनमा नयाँ सर्भिस सेन्टर विस्तार गरेको हो ।
एजेन्सी । सशस्त्र कुर्दिश पृथक्तावादी समूहहरूले इराकबाट इरानको सीमा पार गर्ने प्रयास गरेको यस मामिलाका जानकार तीनवटा स्रोतहरूले रोयटर्स समाचार संस्थालाई बताएका छन् । यसले तेहरानविरुद्ध भइरहेको विरोध प्रदर्शनमाथि दिनहुँ भइरहेको कडा दमनपछिको अस्थिरताको फाइदा उठाउन विदेशी शक्तिहरूले सम्भावित प्रयास गरिरहेको संकेत गर्छ ।
एजेन्सी । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरेलगत्तै अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले इरानविरुद्ध कडा कारबाही गर्ने धम्की दिइरहेका छन् । ट्रम्प प्रशासनले फेडरल रिजर्भका अध्यक्षमाथि फौजदारी अनुसन्धान गरिरहेको छ र बैंक तथा संस्थागत लगानीकर्ताहरूको नाफाका प्रमुख स्रोतहरूलाई नै धम्की दिएर जीवनयापन सहजतामा अत्यन्तै आक्रामक नीति अपनाइरहेको छ ।
एजेन्सी । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई नियन्त्रणमा लिएर न्युयोर्क लगेपछि त्यस देशमा नयाँ सरकार निर्माणको सूक्ष्म व्यवस्थापन गरिरहेको छ । त्यसैक्रममा अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजसँग प्रत्यक्ष कुराकानी गरेका छन् । उनले यस कुराकानीलाई लामो र सकारात्मक भनेका छन् । उनले तेल, खनिज, व्यापार र सुरक्षाका बारेमा कुरा गर्छन् ।
काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस सभापति गगन थापा केन्द्रीय समिति अध्यावधिक गर्नका लागि निर्वाचन आयोग पुगेका छन् । बिहीबार दिउँसो अध्यक्ष गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा पदाधिकारी र नेता निर्वाचन आयोग पुगेका हुन् ।
एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बुधबार युक्रेन युद्धमा जारी गतिरोधका लागि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई दोष दिएका छन् । उनले झण्डै चार वर्षदेखि जारी र दशौं हजार मानिसको ज्यान लिएको यो द्वन्द्व समाधानका लागि जेलेन्स्की नै मुख्य बाधक भएको बताए ।
काठमाडौं । आजदेखि ५ लाख रूपैयाँ भन्दा बढी कारोबार नगदमा गर्न पाइँदैन । मन्त्रिपरिषदको निर्णय अनुसार १ पटकमा ५ लाखसम्मको वस्तु तथा सेवाको कारोबार मात्र नगदमा गर्न पाइने भएको हो ।
एजेन्सी । अमेरिकाको ह्वाइट हाउसको तथ्यपत्र (फ्याक्टशीट) अनुसार, राष्ट्रपति डोनल्ड ट्रम्पले बुधबार केही उन्नत कम्प्युटिङ चिपहरूमा २५ प्रतिशत भन्सार शुल्क लागू गरेका छन् । यसमा एनभिडियाको एच२०० चिप र एएमडीको एमआई३२५एक्स समावेश छन् । तर, अमेरिकी प्राविधिक आपूर्ति शृंखला निर्माणमा सहयोग पुर्याउन आयात गरिने चिपहरूलाई यसबाट छुट दिइनेछ ।
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई एकतावद्ध राख्ने प्रयास सफल हुन नसकेको स्वीकार गर्दै विभाजनका बाबजुद आसन्न निर्वाचनमा कांग्रेसको ऐतिहासिक जिम्मेवारी जोगाउन सबै नेता–कार्यकर्तालाई एकतामा फर्किन आह्वान गरेका छन् ।
काठमाडौं । नेपाली कांग्रेसले विशेष महाधिवेशनबाट सभापतिमा चयन भएका गगनकुमार थापासहित तीन नेताको नाम र तस्बिर पार्टीको आधिकारिक वेबसाइटबाट हटाएको छ । बिहीबार बिहानै कांग्रेसको वेबसाइटबाट थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरको नाम तथा तस्बिर हटाइएको हो । यसअघि पार्टीको वेबसाइटमा उपसभापतिको तल महामन्त्रीका रूपमा गगन थापा र विश्वप्रकाश शर्माको नाम राखिएको थियो ।
एजेन्सी । अमेरिकाले ५० करोड डलर बराबरको भेनेजुएलाली तेलको पहिलो बिक्री सम्पन्न गरेको सीएनएनले एक प्रशासनिक अधिकारीलाई उद्धृत गर्दै समाचार प्रकाशन गरेको छ । ती अधिकारीले आगामी दिन र हप्ताहरूमा तेलको थप बिक्री हुने अपेक्षा गरिएको पनि बताए ।
काठमाडौं । विशेष महाधिवेशन पक्षधर नेपाली कांग्रेसले देवराज चालिसेलाई पार्टीको प्रवक्ता नियुक्त गरेको छ। ललितपुरको कुपन्डोलस्थित एक पार्टी प्यालेसमा जारी केन्द्रीय समिति बैठकले चालिसेलाई प्रवक्ता नियुक्त गरेको हो । पार्टीको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो चरणको बैठकमा आगामी फागुन २१ मा तय गरिएको निर्वाचनको तयारीसहित विविध समसामयिक विषयमा छलफल हुने बताइएको छ।
एजेन्सी । बिहीबार बिहान इरान सरकारले कुनै स्पष्टीकरण बिना नै व्यापारिक विमानका लागि आफ्नो हवाई क्षेत्र बन्द गर्ने आदेश जारी गरेको छ । देशभर भइरहेका विरोध प्रदर्शनहरूमा तेहरानले गरेको रक्तपातपूर्ण दमनलाई लिएर अमेरिकासँग तनाव उच्च रहेकै बेला यो निर्णय आएको हो । अधिकारीहरूले हवाई क्षेत्र बन्द गर्ने निर्णयको कुनै कारण खुलाएका छैनन् ।
काठमाडौं । सरकारको आम्दानीभन्दा खर्च करिब एक खर्ब रुपैयाँ बढी देखिएको छ । अर्थ मन्त्रालय अन्तगर्तको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिना (साउन–पुुस)सम्ममा सरकारले ५ खर्ब ८८ अर्ब रुपैयाँ आम्दानी गरेको छ । यो अवधिमा सरकारले गरेको खर्च भने ६ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ ।
एजेन्सी । एक वर्षको भूराजनीतिक उथलपुथल, प्राविधिक रूपान्तरण र बहुपक्षीयता तथा यसका संस्थाहरूका चुनौतीहरू पछि सन् २०२६ मा नेताहरूले के अपेक्षा गर्न सक्छन् ?
झापा । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने तयारी थालेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको ‘गढ’ मानिने यस क्षेत्रमा बालेन चुनावी मैदानमा उत्रिने भएपछि राजनीतिक वृत्तमा नयाँ तरंग पैदा भएको छ ।