npl.977 Nepal News Stream

Clickmandu logo Clickmandu

बहरीनस्थित एक अमेरिकी एयरबेसलाई ध्वस्त पारेको ईरानी सरकारी मिडियाको दाबी

क्लिकमान्डु 14 hours ago

एजेन्सी । इरानको आक्रमणबाट बहराइनमा अवस्थित एक अमेरिकी वायुसेना अड्डालाई क्षति पुगेको छ ।

इरानको रिभोल्युशनरी गार्ड कोरसँग सम्बन्धित फार्स समाचार संस्थाले सार्वजनिक गरेको दृश्य सामग्रीमा टाढाका ठेगानाहरूमा रकेट प्रहार भइरहेको देखिएको छ।

आईआरजीसीका मानव रहित विमान र क्षेप्यास्त्र आक्रमणमा बहराइनको शेख ईसा क्षेत्रमा रहेको अमेरिकी वायुसेना अड्डाको आदेश तथा कर्मचारी भवन ध्वस्त पारिएको छ र इन्धन ट्यांकीहरूमा विस्फोट भएको बीबीसीले उल्लेख गरेको छ।

यद्यपि यी आक्रमणबारे अहिलेसम्म अमेरिकातर्फबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन । यसअघि बहराइनस्थित अमेरिकी नौसैनिक अड्डाबाट धुवाँ उठिरहेको देखिएको थियो ।

यसअघि अमेरिकी विदेश मन्त्रालयले बहराइनसहित मध्यपूर्वका धेरै देशहरूमा बसोबास गरिरहेका आफ्ना नागरिकहरूलाई तुरुन्त त्यहाँबाट निस्कन निर्देशन दिएको छ ।

Read more news from Clickmandu

Explore by Source or Category