npl.977 Nepal News Stream

Clickmandu logo Clickmandu

बैंकको कालोसूचीमा रहेको प्रमाणपछि रास्वपा उम्मेदवार साहको उम्मेदवारी खारेज

क्लिकमान्डु 2 hours ago

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधि सभा उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गरिएको छ।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीका अनुसार धनुषा क्षेत्र नम्बर १ का उम्मेदवार साहको उम्मेदवारी खारेज गरिएको हो । बैंक तथा वित्तीय संस्थामा कालोसूचीमा भएको प्रमाण प्रस्तुत भएपछि उम्मेदवारी खारेज भएको हो ।

यस क्षेत्रमा नेकपा एमालेबाट रामचन्द्र मण्डल, नेपाली कांग्रेसबाट राम पलटन साह, र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट मातृका प्रसाद यादव रहेका छन् । बिहीबार निर्वाचन हुने तय भएको छ ।

Read more news from Clickmandu

Explore by Source or Category