npl.977 Nepal News Stream

Clickmandu logo Clickmandu

लाली दरबारमार्गको द पार्कमा, सौन्दर्य सामग्रीलाई प्रवर्द्धन गर्दै

क्लिकमान्डु 5 hours ago

काठमाडौं । सौन्दर्य तथा व्यक्तिगत हेरचाह ब्रान्ड लालीले दरबारमार्ग स्थित द पार्कमा आफ्नो फ्ल्यागशिप स्टोर ‘लाली स्टोर’ सञ्चालनमा ल्याएको छ।

यही फागुन १५ देखि सर्वसाधारणका लागि खुला गरिएको यो स्टोरले गुणस्तरीय, नेपालमै उत्पादन गरिएका सौन्दर्य सामग्रीलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने अभियानमा महत्त्वपूर्ण उपलब्धी थपेको छ।

टच अफ नेपालीको अवधारणामा स्थापित लालीले हिमाली परम्परागत ज्ञानलाई आधुनिक सौन्दर्य मापदण्डसँग संयोजन गर्दै कपाल र छाला हेरचाहका विविध समाधान प्रस्तुत गर्दै आएको छ।

शार्क ट्याङ्क नेपालमा सहभागितापछि ब्रान्डले उल्लेखनीय गति लिएको थियो, जसले क्याबिनेट श्रेष्ठ, हेमराज ढकाल, सलोनी राजभण्डारी तथा ब्रान्डको फेस प्रियङ्का रानी जोशीसहितको विज्ञ टोलीलाई अझ सुदृढ बनायो।

नेपालका प्राकृतिक स्रोतहरू विश्वस्तरका छन् भन्ने प्रमाणित गर्दै सौन्दर्य उद्योगमा नयाँ तरङ्ग ल्याइरहेको लालीले जारी गरेको एक प्रेस विज्ञप्तिमा उल्लेख छ । स्टोर केवल नयाँ उत्पादनहरूको थालनी मात्र नभएर नेपाली उद्यमशीलताको नयाँ ऊर्जा र पहिचानको प्रतीक समेत भएकाे पनि उल्लेख छ ।

लाली एक नेपाली व्यक्तिगत हेरचाह ब्रान्ड हो । जसले प्राकृतिक, अर्ग्यानिक र हस्तनिर्मित सौन्दर्य सामग्री उत्पादनमा आफूलाई समर्पित गरेको छ। स्थानीय कच्चा पदार्थको प्रयोगमार्फत उत्कृष्ट छाला तथा कपाल हेरचाह सामग्री उपलब्ध गराउँदै लालीले नेपाली मौलिकता र सम्पदालाई विश्वसामु परिचित गराउने लक्ष्य लिएको छ।

परम्परा र शिल्पकला उत्सवझैं मनाउँदै, अर्ग्यानिक र स्वदेशी सामग्रीप्रतिको प्रतिबद्धताका कारण लाली भिडभाडयुक्त बजारमा अलग पहिचान बनाउन सफल भएको छ।

Read more news from Clickmandu

Explore by Source or Category