काठमाडौँ। नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले गगन थापा समूहलाई निर्वाचन आयोगबाट ५ मिनेटमा बाहिर निकाल्न चेतावनी दिएकाे छ । अहिले निर्वाचन आयोग कान्तिपथमा दुई समूहले धर्ना दिइरहेका हुन् । थापा समूह आयोग परिसरभित्र र देउवा समूह भने बाहिर धर्ना दिएकाे छ। बाहिर रहेका देउवा समूहले थापा समूहलाई बाहिर ननिकालिए आफूहरू भित्र पस्ने चेतावनी दिएका हुन्।
काठमाडौँ। नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादलाई लिएर निर्वाचन आयोग परिसर बाहिर तनावपूर्ण अवस्था सिर्जना भएको छ। गगनकुमार थापा र शेरबहादुर देउवा पक्षका नेता तथा कार्यकर्ताहरूले आयोगको गेटअगाडि छुट्टाछुट्टै समूह बनाएर नाराबाजी गरिरहेका छन्। पुस २७ देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन भएको थियो।
काठमाडाैँ । गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्प प्रतिरोधी संरचना निर्माणको अभियानलाई थप प्रभावकारी बनाएर लैजानुपर्ने आवश्यकता रहेको बताएका छन् । राष्ट्रिय भूकम्प दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले सरकारी निकाय, निजी क्षेत्र, गैरसरकारी संस्था, निर्माण व्यवसायी र समुदायस्तरमा पूर्वतयारी, प्रतिकार्य र पुनःनिर्माणको क्षमता अभिवृद्धि गर्न जरुरी रहेको उल्लेख गरे ।
चितवन । कृषि तथा पशुपन्छी मन्त्रालय बागमती प्रदेशका मन्त्री मदुसुदन पौडेलले कृषिजन्य व्यवसायिक उत्पादनको लागि विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्ने बताएका छन् । चितवन प्रर्दशनी केन्द्रमा आजबाट शुरु भएको आठौं एग्रीटेक इन्टरनेशनल एक्स्पोको उद्धघाटन गर्ने क्रममा उनले विदेशका प्रविधिहरु नेपालमा झिकाएर उत्पादनमा वृद्धि गर्नु पर्ने बताएका हुन् ।
काठमाडौँ। शेरबहादुर देउवाको नेतृत्वमा रहेको नेपाली कांग्रेसले निर्वाचन आयोगले मान्यता नदिए देशभर आन्दोलन गर्ने चेतावनी दिएको छ। पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्काले यस्तो चेतावनी दिएका हुन्। खड्काले निर्वाचन आयोग गलत निर्णयतर्फ जान्छ भन्ने विश्वास आफूहरूलाई नभए पनि केही आशङ्का भने रहेको बताए।
काठमाडौँ, – ‘सबै तहका सरकार, सबै नागरिकको तयारी : भूकम्प उत्थानशील नेपाल, अबको जिम्मेवारी’ भन्ने नारासहित आज काठमाडौँको नयाँ सडकस्थित भूगोल पार्कमा २८ औँ भूकम्प स्मृति सभा सम्पन्न भएको छ ।
सिन्धुली। सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ हायूटार बस्तीपुरमा रहेको नेपाल एसबिआई बैंकको शाखाबाट ठूलो परिमाणको नगद लुटपाट गर्ने घटनामा संलग्न नकाबधारी लुटेराहरूलाई प्रहरीले सार्वजनिक गरेको छ ।
काठमाडौँ। नेकपा (एमाले)ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारको नाम तय गर्न शनिबार दिउँसो १ बजे सचिवालय बैठक बोलाइएको एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख मीनबहादुर शाहीले जानकारी दिए । उनका अनुसार बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ ।
काठमाडौँ । नेपाल प्रहरीका १० जना प्रहरी उपरीक्षक (एसपी) लाई वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गर्ने निर्णय गरिएको छ । शुक्रबार गृहमन्त्री ओमप्रकाश अर्यालले पुस २४ गते बढुवा समितिले गरेको सिफारिसअनुसार एसएसपी बढुवाको निर्णय गरेका हुन् ।
काठमाडौँ। काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले माघ ४ गतेदेखि लागू हुने गरी राजीनामा दिएको जानकारी दिएका हुन्। पाण्डेका अनुसार माघ ३ गतेसम्म उनी बहाल रहनेछन्। ‘माघ ४ गतेदेखि लागू हुने गरी राजीनामा दिएको हुँ,’ उनले भने।
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले १५.७८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । पुस ३० गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १२.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।
काठमाडाैँ । चालु आर्थिक वर्षको पछिल्लो महीनाहरुमा वैदेशिक लगानी प्रतिवद्धतामा वृद्धि हुँदै गएको छ । उद्योग विभागको तथ्यांकअनुसार साउनदेखि पुस मसान्तसम्म ४७५ वटा उद्योगमा ३९ अर्ब २३ करोड ६१ लाख ४४ हजार बराबरको लगानी प्रतिवद्धता आएको हो ।
काठमाडौँ । यतिबेला स्वास्थ्य बिमाको रकम भुक्तानी नभएपछि काठमाडौँका केही अस्पतालले सेवा बन्द गरेका छन् । अस्पतालहरूलाई ८ अर्ब भुक्तानी गर्नुपर्छ । बजेटमा उल्लेख भएअनुसार अर्थ मन्त्रालयले भुक्तानी दिएको छैन । कात्तिकको तेस्राे हप्ताभित्र बोर्डले भुक्तानीका लागि ७ अर्ब रुपैयाँ निकाशाको माग गर्दै पत्र पठायाे ।
काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा खटिइ जाने मतदान अधिकृतको काम, कर्तव्य के-कस्ता हुन्छन् भन्ने आममानिसमा चासो स्वाभाविक नै हुने गरेको छ। त्यसका लागि निर्वाचन आयोगले प्रष्ट रुपमा मतदान अधिकृतको काम, कर्तव्य र अधिकारसमेत निर्धारण गरेको छ।
काँक्रेविहार– चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता आधारमा स्रोत सुनिश्चित गरेको जनाएको छ। चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले १०९ वटा आयोजनाको स्रोत सुनिश्चितका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयमा बिल पठाए पनि हालसम्मा ८५ वटा आयोजनाले मात्र बजेट पाएका छन् ।
काठमाडौं -फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि निर्वाचन आयोगले देशभरका सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने भएको छ। आयोगका अनुसार आजदेखि १ सय ६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आउने बताएको छ। निर्वाचन व्यवस्थापनलाई प्रभावकारी बनाउन आयोगले प्रत्येक निर्वाचन क्षेत्रका लागि आवश्यक जनशक्ति समेत तोकेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही उन्नत कम्प्युटिङ चिप्सको आयातमा २५ प्रतिशत अतिरिक्त महसुल लगाउने आदेश दिएका छन् । याे बिहीबारदेखि लागू भएको छ । ह्वाइट हाउसको वेबसाइटमा प्रकाशित एक घोषणापत्रमा ट्रम्पले यो कार्य स्पष्ट रूपमा घटाइएको, परिमार्जन गरिएको वा खारेज नगरिएसम्म प्रभावकारी रहने बताइएको छ ।
काठमाडौँ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा ७०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार प्रतितोला २ लाख ७६ हजार ५०० रूपैयाँ रहेको छापावाल स्ुनको मूल्य शुक्रबार २ लाख ७७ हजार २०० रूपैयाँ कायम भएको छ । यस्तै, चाँदीको मूल्य प्रतितोला १६० रूपैयाँले बढेर ५ हजार ६४५ रूपैयाँ कायम भएको छ ।
संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकहरूको आप्रवासी भिसा (ग्रिन कार्ड) प्रक्रिया अनिश्चितकालका लागि रोक्का गरेको छ । विदेश मन्त्रालयले ‘पब्लिक चार्ज’ अर्थात राज्यको स्रोतसाधनमाथि भार पर्नसक्ने जोखिमलाई मुख्य कारण देखाउँदै यो निर्णय गरेको हो । सन् २०२६ जनवरी १४ मा गरिएको घोषणा अनुसार यो प्रतिबन्ध जनवरी २१ देखि लागू हुनेछ ।