npl.977 Nepal News Stream

#मुख्य समाचार

News of Nepal logo News of Nepal

मुस्ताङमा मौन अवधिमै कांग्रेस वडाध्यक्षको गाडीबाट ३० लाख बरामद

न्युज अफ नेपाल | 8 minutes ago
लोमान्थाङ । लोमान्थाङ–५ का वडाध्यक्ष नवाकुङ्गा लामाले प्रयोग गर्दै आएको ग १ च ६५२४ नम्बरको गाडीबाट ३० बरामद भएको छ। प्रहरीका अनुसार मौन अवधिको समयमा लोमान्थाङतर्फ जाँदै गरेको उक्त गाडीलाई चराङ क्षेत्रमा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो। जाँचका क्रममा गाडीभित्र काँग्रेसको झण्डामा बेरिएको अवस्थामा ३० लाख नगद फेला परेको बताइएको छ।
News of Nepal logo News of Nepal

बैंकिङ ‘कालोसूची’को धक्का : धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी शाहको उम्मेदवारी खारेज

न्युज अफ नेपाल | 24 minutes ago
काठमाडौं । बैंकिङ कारोबारमा ‘कालोसूची’मा परेपछि धनुषा निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी शाहको उम्मेदवारी खारेज गरिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले बैंक तथा वित्तीय संस्थाको विवरणका आधारमा शाह कालोसूचीमा रहेको पुष्टि भएपछि उम्मेदवारी अयोग्य ठहर गर्दै खारेज गर्ने निर्णय गरेको जनाएको छ।
Taksar News logo Taksar News

एक खर्ब रूपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक

टक्सार न्युज | 2 hours ago
काठमाडौँ । मंगलबार नेपाल राष्ट्र बैंकले एक सय अर्ब रूपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बोलकबोलको माध्यमबाट ६ दिनको लागि निक्षेप संकलन गर्न लागेको हो । यसको सावाँब्याज राष्ट्र बैंकले २०८२ फागुन २५ गते भुक्तानी गर्ने जनाएको छ ।
Taksar News logo Taksar News

रक्षा सम्झौता अवसरवादी र लापरवाह रहेको ओपनएआईका सिइओ अल्टम्यानको स्वीकार

टक्सार न्युज | 2 hours ago
ओपनएआईका प्रमुख कार्यकारी अधिकृत (सिइओ) साम अल्टम्यानले कम्पनीले अमेरिकी रक्षा विभागसँग हतारमा सम्झौता गर्न नहुने बताएका छन् । उनले भने, “हालैको सम्झौतामा हतार गर्नु हुँदैनथ्यो र सम्झौतामा संशोधनहरूको रूपरेखा प्रस्तुत गर्नुपथ्र्यो ।” अल्टम्यानले सामाजिक सञ्जाल एक्समा आन्तरिक मेमोको पुनः पोस्टको रूपमा वर्णन गरेको कुरा सार्वजनिक गरे ।
Taksar News logo Taksar News

भारत र क्यानडा बिच आणविक ऊर्जा सम्झौता

टक्सार न्युज | 3 hours ago
भारत र क्यानडाले १० वर्षे आणविक उर्जा सम्झौता गरेका छन् । कूटनीतिक तनावका कारण भारत र क्यानडाको खस्किएको सम्बन्ध पुनस्र्थापित गर्न दिल्लीमा भेटेपछि १० वर्षे आणविक ऊर्जा सम्झौता सहित धेरै सम्झौताको घोषणा गरेका छन् ।
News of Nepal logo News of Nepal

मौन अवधिमा पनि मतदाता भेट्दै उम्मेदवार गजुरेल

न्युज अफ नेपाल | 3 hours ago
सिन्धुली । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मौन अवधि लागू भइसकेपछि पनि राष्ट्रिय स्वतन्त्र पार्टी का सिन्धुली–२ का उम्मेदवार आशिष गजुरेल मतदाता भेटघाटमा संलग्न भएको पाइएको छ । आज बिहान करिब १० बजे कमलामाई नगरपालिका–४ हिरापानी चेकपोस्ट नजिकै उम्मेदवार गजुरेल प्रत्यक्ष रूपमा मत माग्दै गरेको अवस्थामा भेटिएको हो ।
Taksar News logo Taksar News

२५ सय रूपैयाँले बढ्यो सुनको मूल्य

टक्सार न्युज | 4 hours ago
काठमाडौँ । मंगलबार छापावाल सुनको मूल्य २ हजार ५०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ३ लाख २६ हजार १०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार ३ लाख २८ हजार ६०० रूपैयाँ कायम भएको छ ।
News of Nepal logo News of Nepal

आज खण्डग्रास चन्द्रग्रहण लाग्दै

न्युज अफ नेपाल | 4 hours ago
काठमाडौँ। फाल्गुन शुक्ल पूर्णिमाका दिन मंगलबार बेलुका ग्रस्तोदित खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ ।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले ग्रस्तोदित खण्डग्रास ग्रहण अर्थात करिब आधा भाग ढाकिने चन्द्रग्रहण लाग्ने जनाएकाे हाे । चन्द्रग्रहण स्पर्श हुँदा खग्रास भए पनि नेपालमा चन्द्रोदय भएपछि भने खण्डग्रास देखिने समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले जानकारी दिए।
News of Nepal logo News of Nepal

काठमाडौँमा श्रृंखलाबद्ध आगजनी : नैकापमा सिप्रदी नजिक टोयोटा कार जलेको अवस्थामा भेटियो, महाराजगन्जमा मारुती भ्यानमा पनि अज्ञात समूहको आगो

न्युज अफ नेपाल | 4 hours ago
काठमाडौँ। राजधानी काठमाडौँका दुई फरक स्थानमा सोमबार राति शंकास्पद आगजनीका घटना सार्वजनिक भएका छन्। काठमाडौँको नैकाप र महाराजगन्ज क्षेत्रमा पार्किङ गरिएका दुई सवारीसाधन जलेको अवस्थामा भेटिएपछि स्थानीयवासी त्रसित बनेका छन्।
NepalWatch logo NepalWatch

मौन अवधि सुरु, केके गर्न पाइँदैन ?

Nepal Watch | 4 hours ago
काठमाडौं। बिहीबार हुने प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत मौन अवधि सुरु भएको छ। राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि आज मध्यरातदेखि सकिएको छ। निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई यही फागुन ४ गतेदेखि सोमबार मध्यरात १२ः०० बजेसम्म प्रचारप्रसारको समय दिएको थियो।
NepalWatch logo NepalWatch

तराईका जिल्लामा आज होली मनाइँदै

Nepal Watch | 5 hours ago
नवलपरासी। रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदैछ। हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा यो पर्व हर्षोल्लासपूर्वक मनाउन लागिएको हो।
Taksar News logo Taksar News

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव,आज कस्ताे रहनेछ माैसम ?

टक्सार न्युज | 6 hours ago
काठमाडौँ । नेपालमा हाल पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी भागमा मौसम सफा रहेको महाशाखाको अनुमान छ ।
News of Nepal logo News of Nepal

निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन प्रधानमन्त्रीको आग्रह

न्युज अफ नेपाल | 7 hours ago
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मुलुक विधिको शासन स्थापित गर्दै, संविधानको मार्गमा स्थिरताका साथ अघि बढ्न सफल भएको बताउँदै फागुन २१ गते हुने आम निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन सम्पूर्ण मतदातालाई आग्रह गर्नुभएको छ ।
News of Nepal logo News of Nepal

आजको मौसम : पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना

न्युज अफ नेपाल | 8 hours ago
काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ भने बाँकी भागमा मौसम सफा रहेको छ ।
News of Nepal logo News of Nepal

सोमबार मध्यरातदेखि मौन अवधि सुरु: मौन अवधि उल्लंघन रोक्न आयोगको विशेष निगरानी

न्युज अफ नेपाल | 8 hours ago
–सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नपाइने –उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नपाइने –निर्वाचनका समयमा प्रवाह हुने मिथ्या, भ्रामक सूचना, घृणास्पद अभिव्यक्ति निरुत्साहित र नियन्त्रण गर्न प्रभावकारी अनुगमन हुने काठमाडौं।
News of Nepal logo News of Nepal

मतदाता परिचयपत्र छैन ? यी ५ कागजातमध्ये एक लैजानुस्

न्युज अफ नेपाल | 8 hours ago
–नागरिकताको प्रमाणपत्र –राष्ट्रिय परिचयपत्र –राहदानी –जग्गाधनी प्रमाणपुर्जा –सवारी चालक अनुमति काठमाडौं। दुई दिनपछि हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा यी कागजात भएका मतदाताले मतदान गर्न पाउने भएका छन् । आयोगले मतदाता परिचयपत्र उपलब्ध गराउन नसकेको र परिचयपत्र हराएका मतदाताले मतदान गर्न पाउने भएका छन् ।
Taksar News logo Taksar News

मंगलबार कुन राशिको भाग्य कस्तो छ ?

टक्सार न्युज | 9 hours ago
२०८२ फागुन १९ गते मंगलबारको राशिफल मेष मेष राशि भएकाहरूका आज पनि समय राम्रो रहनेछैन । आमा तथा आफन्तसँग मनमुटाव बढ्ने तथा गलत आश्वासन बाँढ्नाले समस्या आउन सक्छ । सवारी साधन चलउँदा ख्याल गर्नुहोला । वृष वृष राशि भएकाहरूका लागि आज समय खराब छ प्रतिस्पर्धीहरु हरेक क्षेत्रमा हावी हुनेछन् ।
NepalWatch logo NepalWatch

कतारमा रहेका नेपालीलाई दूतावासले भन्यो- घरभित्रै बस्नू, झ्याल र बार्दलीछेउ नजानू

Nepal Watch | 14 hours ago
काठमाडौं । कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरूलाई कतारको आधिकारिक निकायबाट आएका सूचना र निर्देशनबमोजिम सजग रहन आग्रह गरेको छ । अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि मध्यपूर्वामा बढेको तनावका बीच सोमबार विशेष अनुरोध जारी गर्दै दूतावासले यस्तो आग्रह गरेको हो ।
NepalWatch logo NepalWatch

दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी

Nepal Watch | 16 hours ago
गोरखा – घरको आर्थिक अवस्था सुधार्न चार वर्षअघि संयुक्त अरब इमिरेट्सको दुबई पुगेका थिए दिवस श्रेष्ठ। भीमसेन थापा गाउँपालिका–७ बोर्लाङ ठाँटीका २९ वर्षीय दिवस चामबहादुर र पवित्राको एकमात्र छोरा हुन्। दिवस गत वर्षको दशैँमा घर आएका थिए। गाउँकै सरस्वती माध्यमिक विद्यालयबाट एसइई उत्तीर्ण गरेका श्रेष्ठले काठमाडौँबाट ‘ओभरसियर’को अध्ययन पूरा गरेका थिए।
NepalWatch logo NepalWatch

दल र उम्मेदवारका प्रचार सामग्री आज रातिदेखि सञ्चारमाध्यमबाट हटाउन अनुरोध

Nepal Watch | 19 hours ago
काठमाडौँ -विज्ञापन बोर्डले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारसम्बन्धी सामग्री आज मध्यरातिदेखि हटाउन सञ्चारमाध्यमलाई अनुरोध गरेको छ। बोर्डले आज सूचना जारी गर्दै अनलाइन सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा राखिएका मतदाता शिक्षासम्बन्धी निर्वाचन आयोग नेपाल र विज्ञापन बोर्डले प्रदान गरेका विज्ञापनबाहेकका अन्य विज्ञापन राति १२ः०० बजेदेखि हटाउन आग्रह गरेको हो।

Explore by Source or Category